काठमाडौं– चाबहिल चुच्चेपाटीस्थित के एल मोबाइल हबले सञ्चालन गरेको ‘अफर भित्रको अफर’ सहितको मोबाइल मेलाको समय थप भएको छ। ग्राहकहरुको सहभागिता बढेपछि समय थप गरिएको आयोजकले जनाएको छ।
मेला अवधिभर सामासुङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गरी जुनसुकै स्मार्ट फोनसँग ग्यालेक्सी नोट ९ साट्न पाइने सुविधा समेत थप गरिएको छ। के एल मोबाइल हबले आफ्नो पहिलो वार्षिकोत्सवको अवसर पारेर ‘अफर माथिको अफर’ सहित मोबाइल मेला सञ्चालन गरेको हो।
‘एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा’ पाइने योजनाले मेलाको आकर्षण बढेको आयोजकले जनाएको छ। मोबाइल मेला भदौ १६ गतेसम्म सञ्चालन हुनेछ। मेलामा ९ सय ९९ रुपैयाँदेखि एक लाख ५९ हजार ९ सय ९९ रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइल उपलब्ध रहेका छन्।
यसैगरी मोबाइल मेलामा जुनसुकै ब्राण्डका मोबाइल खरिदमा शून्य प्रतिशत डाउन पेमेन्टका साथै शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए। ग्राहकले मोबाइलको ब्राण्ड र मूल्य अनुसार ६ महिना, १ वर्ष र १८ महिना अवधिको किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्नेछन्। केही ब्रान्डका मोबाइलहरु शून्य प्रतिशत डाउन पेमेन्टमा समेत किन्न सकिन्छ।
यसैगरी ‘एउटा किन्दा अर्को सित्तैमा’ योजना अन्तर्गत लेनोभोको के फाइभ नोट २९ हजार ९ सय ९९ र २ वटा भिआर जेटिई एस सेभेन २० हजार ९ सय ९९ र २ वटा जेटीई आई फाइभ ९ हजार ९ सय ९९ मा बाई वान गेट वान फ्रिमा अरु थप मोबाइलहरु रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।