• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘मलाई नेपाली गीत गाउने रहर छ’ : गायक अमित पल

64x64
नेपाल लाइभ शनिबार, चैत २५, २०७९  १७:१४
1140x725

काठमाडौं– सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमासमेत बढेका थिए। किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए। त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो। नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल भए। त्यही शोको उपविजेता थिए अमित पल।

गायनमा अब्बल पलले गायक तामाङसँगै विश्वका विभिन्न देशमा कन्सर्ट गरे। ‘इन्डियन आइडल’ को अन्तिम तीनमा परेका सबैले एकसाथ कार्यक्रम गरेपछि सामीप्यता बढ्यो। गायक पललाई नेपाली चलचित्र ‘दीपशिखा’ बाट गायनको प्रस्ताव आएपछि गीत गाए। उनी नेपालमा काठमाडौँसँगै पोखरा, चितवनलगायतका स्थानमा आयोजित कार्यक्रममा सहभागिता जनाए। 

‘मैले बाल्यकालमा धेरै नेपाली गीत सुनेको छु। ‘कान्छी रे कान्छी रे’, ‘रातो रानी फूले झैँ साँझमा’ लगायतका गीत सुनेर खाना खान्थेँ। कन्सर्टमा घुमेपछि अझै नेपालीलाई बुझ्ने मौका पाएँ’, गायक पलले भने, ‘नेपाली गीत प्रस्ताव हुँदा गाएँ। साङ्गीतिक कार्यक्रम प्रस्ताव हुँदा नेपाल आएँ। नेपाल र नेपालीबाट पाएको मायालाई व्यक्त गर्ने शब्द मसँग छैन।’

गायक पल केही दिनअघिदेखि नेपालमा छन्। प्राय साङ्गीतिक कार्यक्रमको लागि नेपाल आउने गायक पल यसपटक गायन र नृत्यको एक ठूलो रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा सहभागी प्रतियोगीलाई हौसला दिन यहाँ आएका हुन्। उनीसँगै ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’ का प्रतियोगी गायक कर्मा शेर्पा पनि काठमाडौंमा छन्। 

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हाल काठमाडौंमा भइरहेको शोले विश्वभरका नेपालीलाई एउटै मालामा उन्न सफल भएको गायक पलले बताए। ‘ठूलो धनराशि त छ नै साथै अवसर पनि छ। विजेताले विश्व भ्रमण गर्न पाउनुहुनेछ। पाश्र्व गायनको अवसर छ। यसले प्रतिभालाई अगाडि बढाउन मदत गर्छ’, गायक पलले भने, ‘हाम्रो समयमा यस्ता सुविधा थिएनन्। त्यसैले हामीले बुझ्दा बुझ्दै समय गयो। तर यो शो हेर्दा नेपाली गायनमा धेरै प्रतिभा उदाउने देखेको छु। यसका आयोजकहरु वास्तवमै धन्यवादका पात्र हुन्।’

‘मेरो भ्वाइस युनिभर्स’ को केही अडिसन र प्रतियोगीसँगको साक्षात्कारपछि उनले निर्णायकलाई छान्न मुस्किल हुने देखेका छन्। उनले भने, ‘प्रतिभा निकै छन्। उनीहरूमा कसलाई राख्ने र निकाल्ने निर्णय लिन सहज छैन किनकी गायन उस्तै छ।’ आफू झैँ गायन वा नृत्यमा भविष्य देख्नेका लागि निर्माण भएको मञ्चकै कारण गायक पल हौसला प्रदान गर्न नेपाल आएका हुन्। 

उनले गायन र नृत्यमा छानिने पचास/पचासलाई मञ्चअनुसार तयार गर्न सुझावसमेत दिएका छन्। ‘स्टेजमा गाउनेले नाच्न सक्नुपर्छ। नाच्नेले अभिनय गर्न सक्नुपर्छ। उहाँहरू गायक र नृत्य कलाकार मात्र नभई पर्फमर हुनुपर्छ’, गायक पलले भने। 

गायक शेर्पाले यस्ता शोमार्फत् अवसर पर्खिरहेकाले गन्तव्य पाउने बताए। ‘मैले निकै सङ्घर्ष गरेर सारेगमपा सिङ्गिङ सुपरस्टारसम्म पुगेको थिएँ। मैले पाइरहेको असफलतालाई खुड्किलो बनाएर सफलतासम्मको यात्रा तय गरेको हुँ। त्यसैले नेपाल आएर सहभागी प्रतियोगीलाई हौसला दिइरहेको छु’, गायक शेर्पाले भने, ‘निरन्तरता दिनेलाई यो मञ्चले पहिचान दिनेमा विश्वत छु। छिटै उहाँहरू सपनाको उडान भर्नु हुनेछ।’ नेपाल आएर काठमाडौँ घुमघामसँगै सङ्गीतकर्मीसँग भेटघाटसमेत बढेको छ गायक पलको।

Ncell 2
Ncell 2
nimb
nimb

केही समय सङ्गीतभन्दा पनि व्यापारमा बढी सक्रिय गायक पलले नेपाली गीतको तयारी गरिरहेका छन्। उनी नेपालमै गीत तयार गर्ने तयारीमासमेत छन्। ‘मैले नेपाली भाषा पनि सिक्दैछु, बोल्दैछु। म यही गीत गाउने र भिडियो बनाउने तयारीमा छु। मैले सोचेजस्तो भयो भने नेपालीलाई छिटै उपहारस्वरूप नेपाली गीत दिनेछु’, गायक पलले भने, ‘मलाई अहिले पनि नेपाली गीत गाउने रहर छ। यहाँबाट प्राप्त मायालाई कदर गर्दै गाउने गीत एउटा मात्र नभई सङ्ग्रह नै हुनेछ। तर अहिले एउटाको मात्र तयारी छ।’

अझै केही दिन नेपालमै रहने गायक पल पशुपतिनाथ र बौद्ध पुगे। नेपालमा उनलाई थकाली खाना एकदमै मन पर्छ। नेपाली खाना र संस्कृतिसँग अझै नजिक आउन गायक शेर्पाले मद्दत गरिरहेका छन्। गायक पल र शेर्पा आशावादी भएको शो ‘मेरो भ्वाइस युनिभर्स’ को यतिखेर ‘साइटलेस’ अडिसन चलिरहेको छ। 

पचासबढी देशबाट छानिएका एकसय ४० मध्येबाट पचास प्रतियोगी छान्न हाल अडिसन काठमाडौंमा जारी छ। यसपछि ‘मेरो डान्स युनिभर्स’ मा सहभागी प्रतिस्पर्धीबाट पनि पचास सोही प्रक्रियामार्फत छानिने छन्। नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए। ‘मेरो भ्वाइस युनिभर्स’ को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन्।

यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई छन्। त्यस्तै कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो। गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन्। नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ।

सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए। 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कस्तो छ आजको मौसम?
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्