• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘मलाई नेपाली गीत गाउने रहर छ’ : गायक अमित पल

64x64
नेपाल लाइभ शनिबार, चैत २५, २०७९  १७:१४
1140x725

काठमाडौं– सन् २००७ मा गायनमा आधारित ‘रियालिटी शो’ ‘इन्डियन आइडल’ का दर्शक नेपालमासमेत बढेका थिए। किनकी उक्त ‘शो’ मा नेपाली मूलका गायक प्रशान्त तामाङ सहभागी थिए। त्यसअगाडि त्यस किसिमको सहभागिता नभएकाले गायक तामाङका कारण कार्यक्रम नेपालमा लोकप्रिय भइरहेको थियो। नेपालीले विश्वभरबाट भोट गरेर गायक तामाङलाई विजेता बनाउन सफल भए। त्यही शोको उपविजेता थिए अमित पल।

गायनमा अब्बल पलले गायक तामाङसँगै विश्वका विभिन्न देशमा कन्सर्ट गरे। ‘इन्डियन आइडल’ को अन्तिम तीनमा परेका सबैले एकसाथ कार्यक्रम गरेपछि सामीप्यता बढ्यो। गायक पललाई नेपाली चलचित्र ‘दीपशिखा’ बाट गायनको प्रस्ताव आएपछि गीत गाए। उनी नेपालमा काठमाडौँसँगै पोखरा, चितवनलगायतका स्थानमा आयोजित कार्यक्रममा सहभागिता जनाए। 

‘मैले बाल्यकालमा धेरै नेपाली गीत सुनेको छु। ‘कान्छी रे कान्छी रे’, ‘रातो रानी फूले झैँ साँझमा’ लगायतका गीत सुनेर खाना खान्थेँ। कन्सर्टमा घुमेपछि अझै नेपालीलाई बुझ्ने मौका पाएँ’, गायक पलले भने, ‘नेपाली गीत प्रस्ताव हुँदा गाएँ। साङ्गीतिक कार्यक्रम प्रस्ताव हुँदा नेपाल आएँ। नेपाल र नेपालीबाट पाएको मायालाई व्यक्त गर्ने शब्द मसँग छैन।’

गायक पल केही दिनअघिदेखि नेपालमा छन्। प्राय साङ्गीतिक कार्यक्रमको लागि नेपाल आउने गायक पल यसपटक गायन र नृत्यको एक ठूलो रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा सहभागी प्रतियोगीलाई हौसला दिन यहाँ आएका हुन्। उनीसँगै ‘सारेगमपा सिङ्गिङ सुपरस्टार’ का प्रतियोगी गायक कर्मा शेर्पा पनि काठमाडौंमा छन्। 

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हाल काठमाडौंमा भइरहेको शोले विश्वभरका नेपालीलाई एउटै मालामा उन्न सफल भएको गायक पलले बताए। ‘ठूलो धनराशि त छ नै साथै अवसर पनि छ। विजेताले विश्व भ्रमण गर्न पाउनुहुनेछ। पाश्र्व गायनको अवसर छ। यसले प्रतिभालाई अगाडि बढाउन मदत गर्छ’, गायक पलले भने, ‘हाम्रो समयमा यस्ता सुविधा थिएनन्। त्यसैले हामीले बुझ्दा बुझ्दै समय गयो। तर यो शो हेर्दा नेपाली गायनमा धेरै प्रतिभा उदाउने देखेको छु। यसका आयोजकहरु वास्तवमै धन्यवादका पात्र हुन्।’

‘मेरो भ्वाइस युनिभर्स’ को केही अडिसन र प्रतियोगीसँगको साक्षात्कारपछि उनले निर्णायकलाई छान्न मुस्किल हुने देखेका छन्। उनले भने, ‘प्रतिभा निकै छन्। उनीहरूमा कसलाई राख्ने र निकाल्ने निर्णय लिन सहज छैन किनकी गायन उस्तै छ।’ आफू झैँ गायन वा नृत्यमा भविष्य देख्नेका लागि निर्माण भएको मञ्चकै कारण गायक पल हौसला प्रदान गर्न नेपाल आएका हुन्। 

उनले गायन र नृत्यमा छानिने पचास/पचासलाई मञ्चअनुसार तयार गर्न सुझावसमेत दिएका छन्। ‘स्टेजमा गाउनेले नाच्न सक्नुपर्छ। नाच्नेले अभिनय गर्न सक्नुपर्छ। उहाँहरू गायक र नृत्य कलाकार मात्र नभई पर्फमर हुनुपर्छ’, गायक पलले भने। 

गायक शेर्पाले यस्ता शोमार्फत् अवसर पर्खिरहेकाले गन्तव्य पाउने बताए। ‘मैले निकै सङ्घर्ष गरेर सारेगमपा सिङ्गिङ सुपरस्टारसम्म पुगेको थिएँ। मैले पाइरहेको असफलतालाई खुड्किलो बनाएर सफलतासम्मको यात्रा तय गरेको हुँ। त्यसैले नेपाल आएर सहभागी प्रतियोगीलाई हौसला दिइरहेको छु’, गायक शेर्पाले भने, ‘निरन्तरता दिनेलाई यो मञ्चले पहिचान दिनेमा विश्वत छु। छिटै उहाँहरू सपनाको उडान भर्नु हुनेछ।’ नेपाल आएर काठमाडौँ घुमघामसँगै सङ्गीतकर्मीसँग भेटघाटसमेत बढेको छ गायक पलको।

nimb
nimb
Ncell 2
Ncell 2

केही समय सङ्गीतभन्दा पनि व्यापारमा बढी सक्रिय गायक पलले नेपाली गीतको तयारी गरिरहेका छन्। उनी नेपालमै गीत तयार गर्ने तयारीमासमेत छन्। ‘मैले नेपाली भाषा पनि सिक्दैछु, बोल्दैछु। म यही गीत गाउने र भिडियो बनाउने तयारीमा छु। मैले सोचेजस्तो भयो भने नेपालीलाई छिटै उपहारस्वरूप नेपाली गीत दिनेछु’, गायक पलले भने, ‘मलाई अहिले पनि नेपाली गीत गाउने रहर छ। यहाँबाट प्राप्त मायालाई कदर गर्दै गाउने गीत एउटा मात्र नभई सङ्ग्रह नै हुनेछ। तर अहिले एउटाको मात्र तयारी छ।’

अझै केही दिन नेपालमै रहने गायक पल पशुपतिनाथ र बौद्ध पुगे। नेपालमा उनलाई थकाली खाना एकदमै मन पर्छ। नेपाली खाना र संस्कृतिसँग अझै नजिक आउन गायक शेर्पाले मद्दत गरिरहेका छन्। गायक पल र शेर्पा आशावादी भएको शो ‘मेरो भ्वाइस युनिभर्स’ को यतिखेर ‘साइटलेस’ अडिसन चलिरहेको छ। 

पचासबढी देशबाट छानिएका एकसय ४० मध्येबाट पचास प्रतियोगी छान्न हाल अडिसन काठमाडौंमा जारी छ। यसपछि ‘मेरो डान्स युनिभर्स’ मा सहभागी प्रतिस्पर्धीबाट पनि पचास सोही प्रक्रियामार्फत छानिने छन्। नृत्यतर्फ एक सय २० नेपाली प्रतिभा फिल्ड अडिसनबाट छनोटमा परेका थिए। ‘मेरो भ्वाइस युनिभर्स’ को निर्णायकमा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, पुष्पन प्रधान, गायिका अञ्जु पन्त र सुजाता वर्मा छन्।

यसैगरी नृत्यतर्फ निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की, नरमान राई छन्। त्यस्तै कार्यक्रमका प्रस्तोतामा अभिनेत्री रिमा विश्वकर्मा, कलाकार सन्दीप क्षेत्री, सञ्चारकर्मी नरेश भट्टराई र सुनिता गुरुङ छन्। 

नेपालमा आयोजना गरिएको यो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो। गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन्। नेपाली मूलका भुटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको फाउण्डेसनले विश्वमा बसोबास गरिरहेका नेपालीबीच सांस्कृतिक एकता कायम गर्न उक्त गायन र नृत्य प्रतियोगिताको आयोजना गरेको जनाइएको छ।

सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपालीलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट पुस्तौँपुस्तासम्म जोड्नका लागि नेपालमै सो प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए। 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो]
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा
सम्बन्धित सामग्री
तीजको रौनक थप्दै ‘एक एक जोड्दा दुई भाछ’ सार्वजनिक गीतको शब्द तथा संगीत स्वयं छत्र तारामी मगरकै रहेको छ भने संगीत संयोजन याम थापा मगरले गरेका छन्। रेकर्डिङ रमेश खड्का र मिक्सिङ तथा मा... मंगलबार, साउन १९, २०८३
ऋणको पीडालाई यथार्थ रूपमा चित्रण गर्ने ‘ऋणै ऋणमा डुबे आमा’ गीत चर्चामा नेपाली समाजले भोगिरहेका आर्थिक संकट, ऋणको बोझ र त्यसबाट उत्पन्न हुने पारिवारिक तथा मानसिक पीडालाई यथार्थपरक ढंगले प्रस्तुत गरिएकाले... शनिबार, साउन १६, २०८३
दुर्गेश थापा र प्रियंका कार्कीको नयाँ गीत ‘मास्टर्नी’ प्रति शिक्षक महासंघको आपत्ति, प्रदर्शन र प्रयोग रोक्न माग महासंघले गीतमा महिला शिक्षकलाई लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको तथा त्यसले शिक्षक र शिक्षण पेसाको गरिमा र मर्यादामाथि गम्भी... शुक्रबार, साउन १, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतले कांग्रेसबारे हात हालेकोमा पार्टी उपसभापति विश्वप्रकाश के भन्छन् [हेरौं भिडियो] शुक्रबार, साउन २२, २०८३
लाइसेन्सको लाइन समस्या समाधान भएको सरकारको दाबी, नयाँ ईडीएल र भीआरएस प्रणाली लागू शुक्रबार, साउन २२, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व, को कहाँ नियक्त भए शुक्रबार, साउन २२, २०८३
सामाजिक सञ्जालमा लागेको आरोपपछि महासंघ झापाका अध्यक्ष गिरीको सार्वजनिक स्पष्टीकरण (भिडियो) शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्षसहित १५ जनाविरुद्ध जिल्लाबाट पक्राउ अनुमति, सर्वोचद्वारा तत्काल पक्राउ नगर्न अन्तरिम आदेश बिहीबार, साउन २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्