काठमाडौं– नयाँ बानेश्वरको खरीबोट प्रयाग चोकमा गोली चलेको छ। गोली चलेको प्रारम्भिक जानकारीका आधारमा प्रहरी घटनास्थल पुगेको काठमाडौं प्रहरीका प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो। गोली लाग्नासाथ गौचनलाई मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।