• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डीएसपी बनेर ठगेका चापागाईं यो पटक बने मन्त्रालयका अधिकृत, बिनापरीक्षा सरकारी जागिर भन्दै ठगे ५० लाख

64x64
नारायण अधिकारी बिहीबार, चैत २३, २०७९  १६:०६
1140x725

काठमाडौं- अर्थ मन्त्रालयको कर्मचारी बनेर ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ। मन्त्रालयकै कर्मचारी जस्तो देखिने गरी कर्मचारी पोशाक, परिचयपत्र समेत लगाएर आफू मन्त्रालयको कर्मचारी भएको परिचय दिँदै सर्वसाधारणलाई विश्वासमा पारेर लाखौं ठगी भएको पाइएको हो।

यसरी ठगी गर्ने गिरोहमा पाँच जना संलग्न भएको पाइएको छ। तीमध्ये दुई जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ। तीन जना भने फरार छन्।

पक्राउ पर्नेहरुमा काठमाडौंको तारेकेश्वर नगरपालिका–८ घर भएका ५१ वर्षीय रमेश थापा भनिने राजकुमार चापागाईं, रामेछापको मन्थली नगरपालिका–११ घर भई भक्तपुर, थिमी, बोडे बस्ने २९ वर्षीय सागर विश्वकर्मा छन्।

फरार हुनेहरुमा भने नुवाकोटको ककनी गाउँपालिका–२ घर भई मध्यपुर थिमी–९ बस्ने २३ वर्षीया रितिका सुनार, नुवाकोटको पन्चकन्या गाउँपालिका–२ घर भई ललितपुर बस्ने २१ वर्षीया रेजिना सुनार र सप्तरीको राजविराज नगरपालिका–१३ घर भएका ३४ वर्षीय रमेशप्रसाद साह छन्।

अर्थ मन्त्रालयको अधिकृत, विज्ञापन नखुलाई नियुक्ति भन्दै ठगी
पक्राउ परेकामध्ये चापागाईंले आफू अर्थ मन्त्रालयको अधिकृत भन्दै सर्वसाधारणलाई परिचय दिने गरेका थिए। विश्वास दिलाउन उनले मन्त्रालयको परिचयपत्र समेत देखाएको पीडितहरुले बताएका छन्। उनले विभिन्न सरकारी कार्यालयहरुमा करारमा कर्मचारी चाहिएको र त्यसका लागि विज्ञापन नखुलाई आफूले भर्ना गर्न सक्ने भन्दै विश्वासमा पारेका थिए। 

सुरुमा करारमा भर्ना र पछि स्वतः स्थायी हुने भन्दै प्रलोभनमा पारेर त्यसका लागि उनले रकम उठाउने गरेको पाइएको छ। चापागाईंको विश्वासमा परेर केही व्यक्तिहरुले उनलाई ५० लाख रुपैयाँसमेत बुझाएका थिए।

पैसा बुझेपछि परीक्षा तथा अन्तर्वार्ता दिनु नपर्ने गरी च्यानल मिलाउँदैछु भनेर झुलाउने गरेका थिए। पछि च्यानल मिलिसक्यो अब त्यसका लागि थप शुल्क लाग्ने भयो भन्दै रकम असुल्न थालेका थिए। 

यति मात्रै होइन, यो गिरोहले विश्वासमा पार्नका लागि हाल पक्राउ परेका सागर विश्वकर्माले आफ्नै साली रेजिना सुनार अर्थ मन्त्रालयको नासुमा र श्रीमती रितिका सुनार अर्थ मन्त्रालयकै खरिदारमा नियुक्तसमेत भइसकेको भन्दै उनीहरुलाई कर्मचारीको पोशाक लगाउने लगाएर त्यसको फोटो र परिचपपत्र समेत देखाएको पीडितहरुले बताएका छन्।

Ncell 2
Ncell 2

कर्मचारीको पोशाक, परिचयपत्र र एक महिनाको तलब आएको विवरण समेत देखाएपछि सर्वसाधारणले विश्वास गरेर यो गिरोहलाई पैसा बुझाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

पैसा असुलेपछि रमेशप्रसाद साहलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहायक पाँचौं पदमा नियुक्त भएको भन्दै परिचयपत्र समेत बनाएर दिएको, पुनिताकुमारी यादव, कृष्णनारायण साहलाई शिक्षा मन्त्रालयमा नियुक्ति भएको भन्दै परिचयपत्र बनाएर दिएको देखिएको छ।

त्यस्तै, प्रकाश कार्कीलाई डोली शिक्षण अस्पतालमा, नानुदेवी रायमाझीलाई सिंहदरबारभित्र कार्यालय सहायोगीमा, अन्जना हुमागाईंलाई नासुमा काम पाउने गरी मिलाएको भन्दै परिचयपत्र समेत बनाएर दिएको खुलेको छ। 

उनीहरुमध्ये रमेशप्रसाद साहलाई तपाईंले काम गर्ने कार्यालय यही हो भन्दै हेटौंडास्थित सरकारी कार्यालयमा लगेर घुमाएको समेत पाइएको छ। त्यसपछि उनीहरुले सागर विश्वकर्माको ग्लोबल आईएमई बैंकको खाता नम्बरमा ४९ लाख ८० हजार रकमसमेत जम्मा गरेको अनुसन्धानबाट खुलेको छ।

चार पटक जेल जाँदा पनि खुलेन हुमागाईंको चेत
ठगीका मुख्य योजनाकार भनिएका चापागाईं पटकपटक जेल बसेर छुटेका व्यक्ति रहेको खुलेको छ। सुरुमा उनी २०६८ सालमा ठगी मुद्दामा पक्राउ परेका थिए। त्यसपछि ३ वर्षसम्म ठगी मुद्दामा कैद बस्दै उनी २०७१ सालमा कैद मुक्त भएका थिए।

२०७२ सालमा पुन: उनी ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका व्यक्ति रहेको खुलेको छ। त्यतिबेला उनी ४ वर्ष जेल बस्दै २०७६ माघमा रिहा भएका थिए। त्यसपछि पनि उनी पुनः ठगी मुद्दामा पक्राउ परेर जेल गएको खुलेको छ। मुना पाण्डेले ठगी सम्बन्धीको कसुरमा उजुरी दिएपछि उनी २०७७ सालमा पक्राउ परेका थिए।

२०७७ जेठ २७ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि उनी कारागार चलान भएका थिए।

उनी कैद भुक्तान गरेर रिहा भएको तीन महिना अहिले फेरि ठगी मुद्दामा पक्राउ परेका हुन्। पटकपटक जेल चालन हुँदा चेत नखुलेका हुमागाईंले ललितपुरमा ओमकृष्ण ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक सागर विश्वकर्माकोमा सुनको औंठी राखेर रकम निकालेका थिए।

339097287_738343327928546_151081932722460058_n1680771256.jpg
यसअघि पक्राउ पर्दा बरामद भएका डीएसपीका परिचयपत्र सहितका कागजात ।

त्यसपछि उनीहरुबीच चिनजान भएको थियो। पछि उनैलाई प्रयोग गरेर ठगी गरेको देखिएको छ। उनी यसअघि सशस्त्रको डीएसपी भन्दै ठगी गरेको पाइएपछि पक्राउ परेका थिए। उनीबाट डीएसपीको परिचयपत्र समेत प्रहरीले बरामद गरेको थियो।

ठगी र लिखतसम्बन्धी कसुरको मुद्दा
पक्राउ परेकाहरुलाई ठगी र लिखतसम्बन्धी कसुरको मुद्दा चलाइएको छ। उनीहरुले ठग्नका लागि विश्वासमा पार्न विभिन्न मन्त्रालयका नक्कली कागजात बनाउने, स्ट्याम्प तयार पार्ने, परिचयपत्र समेत बनाउने गरेको पाइएकाले लिखतसम्बन्धीको कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै चैत २१ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। 

त्यस्तै ५० लाख ठगी गरेकाले ठगीको कसुरमा पनि मुद्दा चलाइएको छ। यस मुद्दामा प्रतिवादी बनाइएकी रितिका सुनारसमेत यही गिरोहबाट पीडित भएकोसमेत अनुसन्धानबाट खुलेको छ। विश्वासमा पार्न रितिकालाई कर्मचारीको पोशाक लगाउन लगाउनेदेखि परिचयपत्र समेत भिर्न लगाएर यो गिरोहले फोटो खिचाएको थियो। त्यही फोटो अन्य व्यक्तिलाई देखाएर विश्वासमा पार्ने काम भएको भन्दै उनीविरुद्ध पनि मुद्दा चलाइएको छ। 

तर, उनी स्वयं यो गिरोहबाट ठगिएकी छिन्। उनले पनि जागिरका लागि भनेर १२ लाख रुपैयाँ बुझाइएको पाइएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो त्यसलगत्तै सुनसरीका साहयक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी चन्द्रबहादुर खड... शुक्रबार, पुस १८, २०८२
एम्बुलेन्सबाट ५२१ किलो गाँजा बरामद आइतबार राति केराबारी गाउँपालिका–५ मा प्रहरीले ५ सय २१ किलो गाँजा बरामद गर्नुका साथै तस्करीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको हो। सोमबार, पुस १४, २०८२
७५० केजी गाँजासहित दुई जना पक्राउ को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले बताए । शनिबार, पुस १२, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्