काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलोज नगरी अजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन्।
बिहीबार फेसबुकमा पोस्ट गर्दै वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुन गइरहेको र धेरैजसो उम्मेदवारहरूमा नयाँ र युवा अनुहार देखिरहेकाले यो खुसीको कुरा भएको बताए।
उनले गत निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवालाई बहसमा आउन आह्वान गरेका थिए। स्टाटसमा उनले त्यसलाई पनि स्मरण गरेका छन्।
'मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन', उनले लेखेका छन्, 'अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ। चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना!'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।