• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रविको मुद्दामा सत्ताको सौदाबाजी भयो: निवेदक, यो चुनावी फण्डा मात्रै हो: रविका वकिल

64x64
नेपाल लाइभ बुधबार, चैत २२, २०७९  १६:४६
1140x725

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगको प्रकरणमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयको रिट माथिको सुनुवाइका क्रममा पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नो दलिलहरु पेस गरेका छन्। 

रिट निवेदक पक्षका कानुन व्यवसायीले सत्ताको सौदाबाजी गरेर लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय भएको टिप्पणी गरेका छन्। 

लामिछानेको तर्फबाट प्रतिरक्षा बहसमा उत्रिएका कानुन व्यवसायीले अहिले चुनावी फण्डाको रुपमा लामिछानेको राहदानी प्रकरणलाई ब्यूँताइएको जिकिर गरेका छन्। 

रिट निवेदकका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीले संसद्‌बाट विश्वासको मत लिने दिन नै लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय भएको भन्दै त्यसमा सत्ताको सौदाबाजी भएको दाबी गरे। उनले लामिछानेको मुद्दा सत्तासँग साटिएको समेत जिकिर गरे। 

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन लामिछानेको मुद्दा स्थगित गर्न रास्वपाका नेताहरु महान्यायाधिवक्ताको कार्यालयमा पुगेको विषय सार्वजनिक भएको दाबी पनि भण्डारीले गरे। 

लामिछानेले दोहोरो राहदानी प्रयोग गरे पनि अमेरिकी राहदानी त्यागेको निस्सा कतै नदिएको पनि भण्डारीले दाबी गरे। अमेरिकी राहदानी त्यागेको निस्सा नदिइ लामिछानेले कसरी नेपाली नागरिकता प्राप्त गरे? भन्दै भण्डारीले प्रश्न गरे। 

रिट निवेदक पक्षका कानुन व्यवसायीले नेपाली वा अमेरिकी राहदानी रद्द गर्दैमा दोहोरो राहदानी प्रयोगको कसुरबाट उन्मुक्ति पाइने वा मुद्दा नलाग्ने भन्ने नहुने समेत जिकिर गरे। दोहोरो राहदानी प्रयोग गर्ने रविको कार्यमा आपराधिक मानसिकता देखिएन भनेर भन्न नमिल्ने पनि निवेदक पक्षका कानुन व्यवसायीले जिकिर गरे। 

निवेदक पक्षका कानुन व्यवसायी राधिका खतिवडाले बयानका क्रममा नै लामिछानेले दोहोरो राहदानी प्रयोग गरेको विषय स्वीकारेकाले त्यो विषय तथ्यका रुपमा स्थापित भइसकेको सकिने बताइन्। तथ्यहरु भएको अवस्थामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन नमिल्ने भनेर निर्णय गर्न नमिल्ने उनको भनाइ छ। 

nimb
nimb
Ncell 2
Ncell 2

रिट निवेदकका पक्षबाट भण्डारी र खतिवडासहित कानुन व्यवसायीहरु नवराज पाण्डे, लोक बहादुर चन्द, बासुदेव शर्मा र योगेश डंगोलले बहस गरे। 

लामिछानेको तर्फबाट सुनिल पोखरेल र नरेन्द्र गौतमले प्रतिरक्षा बहस गरे। 

प्रतिरक्षा बहसका क्रममा अधिवक्ता गौतमले लामिछानेविरुद्ध अहिले राहदानी प्रयोगको मुद्दा ब्यूँताइनु चुनावी फण्डा मात्रै भएको टिप्पणी गरे। 

वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकै दिन लामिछानेविरुद्ध मुद्दा दर्ता हुनुले यो चुनावी फण्डा मात्रै भएको अधिवक्ता गौतमको टिप्पणी छ। 

रिट निवेदक पक्षका कानुन व्यवसायीले उठाएको ‘निस्सा पेस नगरेको’ भन्ने प्रश्नको जवाफमा अधिवक्ता गौतमले सर्वोच्चको यसअघिको (नागरिकता प्रकरणको) फैसलाले नै सबै विषय सम्बोधन गरेकाले फेरि निस्सा पेस गर्नु आवश्यक नभएको बताए। फेरि निस्सा पेस गर्नु सर्वोच्चको फैसलाको अपमान हुने गौतमको भनाइ छ।

प्रतिरक्षा बहस गरेका अर्का अधिवक्ता सुनिल पोखरेलले लामिछानेको दोहोरो राहदानीको प्रकरणमा कोही पनि पीडित (भिक्टिम) नभएको उल्लेख गर्दै भिक्टिमलेस भएको अवस्थामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउन नमिल्ने निर्णय गर्नसक्ने बताए। 

मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय गर्ने कुरा महान्यायाधिवक्ताको अधिकारक्षेत्र भित्रको विषय भएकाले सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयको अधिकारक्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने पोखरेलले जिकिर गरे। 

लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै अधिवक्ता युवराज पौडेल (सफल)ले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। महान्यायाधिवक्ताको कार्यालयको निर्णय खारेज गर्न माग गरिएको उक्त रिटमाथि बुधबार प्रारम्भिक सुनुवाइ सुरु भएको हो। 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामु... बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्... बुधबार, जेठ १३, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्। मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्