काठमाडौं– नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याउने हुँदै स्थगित भएको छ।
काठमाडौं जिल्ला अदालतमा विचराधीन मुद्दा बुधबार अन्तिम नम्बरमा पेसी रहेको थियो। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी थियो। ६ नम्बरमा पेसी परेको भएपनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको अदालतले जनाएको छ।
नाबालिकलाई बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध २०७९ असोज १७ गते मुद्दा दायर भएको थियो। गौशाला २६ (परिवर्तित नाम) लाई जबरजस्ती करणी गरेको अभियोगमा उनी पूर्पक्षका लागि थुनामा गएका थिए।
उच्च अदालतले शर्तसहित धरौटीमा रिहा गरेको थियो। सर्वोच्चले उच्चकै निर्णय पनि सदर गरेपछि उनी थुना बाहिर रहेर मुद्दा लडिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।