काठमाडौं– विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याज पीडितहरूले बुधबार बानेश्वरमा प्रदर्शन गरेका छन्। मिटरब्याज पीडितको दुई समूहले प्रदर्शन र धर्ना कार्यक्रम गरे।
सम्पूर्ण मिटरब्याज पीडित एक हौं भन्दै उनीहरूले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर मार्चका नाममा धर्ना दिएका हुन्।
सरकारले सोमबार उनीहरूकै माग सम्बोधनका लागि उच्चस्तरीय न्यायिक आयोग समेत गठन गरेको छ। विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन भएको आयोगले जनकपुर पुगेर अध्ययन गर्ने कार्यादेश पाएको छ। मन्त्रिपरिषद्ले उनलाई नियुक्ती दिएपछि काम सुरु हुने छ।
सरकारले आयोग गठन गरेपनि पीडितहरू भने अझै पनि आन्दोलनमा छन्। सरकारकी प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले सरकारले आयोग गठन गरेकाले पीडितहरूलाई घर फर्किन आग्रह पनि गरेकी छन्।
सरकार न्याय दिने कार्यमा लागेकाले काठमाडौंमा भन्दा घर फर्कन उनले पीडितहरूलाई आग्रह गरेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।