• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

माथिल्लो कर्णाली विवाद : संवैधानिक इजलासले खोल्ला त आयोजनाको बाटो?

64x64
नेपाल लाइभ बुधबार, चैत २२, २०७९  १५:२३
1140x725

काठमाडौं- माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ। 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भइरहेको छ। पछिल्लो पटक सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि उक्त आयोजना ठप्प रहेको छ। 

२०७९ असार ३१ मा सरकारले माथिल्लो कर्णाली आयोजनामा भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) लाई वित्तीय व्यवस्थापन गर्न दुई वर्ष म्याद थप्ने निर्णय गरेपछि सर्वोच्चमा नयाँ मुद्दा दायर भएको थियो । रतन भण्डारीले २०७९ कात्तिक ४ गते सर्वोच्चमा म्याद थप गर्ने निर्णय विरुद्ध रिट दायर गरेका थिए। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारको म्याद थप्ने निर्णय औचित्यपूर्ण नभएको भन्दै  कात्तिक १७ गते अन्तरिम आदेश जारी गरेको थियो। 

अन्तरिम आदेश खारेज (भ्याकेट) को निवेदन लिएर लगानी बोर्ड फेरि सर्वोच्च पुगेको थियो। न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले भ्याकेटमाथि सुनुवाइ त गर्‍यो तर अन्तरिम आदेश खारेज गरेन। उक्त इजलासले यसमा संवैधानिक व्याख्या हुनुपर्ने भन्दै पुस १८ गते संवैधानिक इजलासमा पठाइदियो। पुस १८ गते संवैधानिक इजलासमा मुद्दा पुगेपछि आयोजनाको सम्पूर्ण काम ठप्प छ। 

सर्वोच्च अदालतले कुनै पनि काम अघि नबढाउनु भनेकाले जिएमआर चुप लागेर बसेको छ। 

सरकारको भ्याकेटमाथि निवेदन पटक-पटक पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदै आएको छ। यसरी पटक-पटक पेसी तोकिने अनि सुनुवाइ नहुने हुँदा आयोजना निर्माणको कार्यमा बाधा भइरहेको सरकारको दाबी छ।  

अन्तरिम आदेशले काम रोकिएको र यसले विकासको काममा अपूरणीय क्षति पुग्ने भएकाले अन्तरिम आदेश खारेज हुनुपर्छ भन्ने सरकारको जिकिर गरेको थियो। 

१६ वर्षदेखि जीएमआरको कब्जामा 
माथिल्लो कर्णाली आयोजना २०६४ सालमा  तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा सुरु भएको थियो। कोइराला नेतृत्वको सरकारले अछामको भैरवस्थानमा विद्युत् गृह रहने गरी जीएमआरसँग निर्माणको सम्झौता गरेको थियो। त्यतिबेला ७ वर्षमा काम सक्ने सम्झौता भएको थियो। तर अहिलेसम्म गान्धी मल्लिकार्जुन राव (जीएमआर)ले वित्तीय स्रोत जुटाउन सकेको छैन। त्यही स्रोत जुटाउन नसकेपछि पटक-पटक म्याद थप माग्दै आएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

जीएमआरसँग माथिल्लो कर्णाली आयोजनाबाट ९०० मेगावाट बिजुली र २५ वर्षसम्म सञ्चालन गर्न स्वीकृति दिएवापत नेपालले उक्त कम्पनीमा बिनालगानी २७ प्रतिशत स्वामित्व र १२ प्रतिशत बिजुली पाउने सम्झौता भएको थियो। 

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा २०७१ सालमा उक्त आयोजनाको परियोजना विकास सम्झौता (पीडीए)मा पुनः हस्ताक्षर भएको थियो। त्यस सम्झौतामा २०७३ असोज ३ गतेभित्र आयोजनाका लागि आवश्यक लगानी जुटाइसक्ने उल्लेख थियो। तर, जीएमआरले त्यतिबेला पनि लगानी जुटाउन सकेन।

यता, सरकार माथिल्लो कर्णाली आयोजनाबाट उत्पादन भएको बिजुली भारत र बंगलादेशमा बेच्ने तयारीमा लागेको थियो। जीएमआरले बंगलादेशसँग विद्युत् बिक्रीका लागि सम्झौता (पीपीए)सम्म गरेको थियो।

२०७६ पुस २ गते बंगलादेशको मन्त्रिपरिषद् बैठकले जीएमआर प्रवर्द्धन रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय गरेको थियो। तर लगानी जुटाउन नसकेकै कारण उक्त आयोजना अगाडि बढेन। 

यता, लामो समयदेखि आयोजना ‘होल्ड’ गरेको भन्दै माथिल्लो कर्णाली बचाउ अभियान संघर्ष समिति नै गठन गरेर आन्दोलनका कार्यक्रम हुँदै आएका छन्। जीएमआरले तोकिएको थप समयसम्म लगानी जुटाउन नसकेपछि सम्झौता नवीकरण नगर्न दबाब दिँदै बेलाबखत विरोध कार्यक्रमसमेत हुने गरेका छन्। 

माथिल्लो कर्णाली उत्पादन लागतका हिसाबले निकै सस्तो आयोजना मानिन्छ। त्यसैले, उक्त आयोजनालाई जलविद्युत क्षेत्रमा ‘श्रीपेचको हिरा’ पनि भन्ने गरिन्छ। 

संवैधानिक इजलासले खोल्ला त बाटो? 
संवैधानिक इजलासले २०७९ माघ २५ गतेदेखि हेर्दा हेर्दै सुनुवाइ गरिरहेको छ। उक्त दिन बहस नसकिएपछि बुधबारका लागि निरन्तर पेसी राखिएको थियो। सर्वोच्चले आज सुनुवाइ सकेर आदेश सुनाउने तयारी गरेको छ। यसअघि उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हालका गृहमन्त्री नारायणकाजी श्रेष्ठले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भेटेर विकास आयोजनाका मुद्दाहरुलाई प्राथमिकता दिन आग्रह गरेका थिए। 

विकास निर्माण सम्बन्धी मुद्दा लामो समयसम्म रोकिँदा देशको विकासमै बाधा परेको भन्दै श्रेष्ठले यस्ता मुद्दाहरुलाई प्राथमिकता दिन आग्रह गरेका थिए। ठूला विकासको आयोजना विरुद्ध परेका मुद्दाहरु लामो समयम रोकिँदा भेरियसन मूल्यदेखि डलरको मूल्य वृद्धि र लागत नै दोब्बर हुने भएकाले यसमा अलग्गै सुनुवाइको व्यवस्था गरिदिन उनले माग गरेका थिए।  

जवाफमा कामु प्रधानन्यायाधीश कार्कीले न्यायाधीश अभावका कारण सुनुवाइमा समस्या भइरहेको भन्दै सकेसम्म अग्राधिकार दिने वचन दिएका थिए।

माथिल्लो कर्णाली विरुद्ध २०७० सालमा सर्वोच्च अदालतमा पहिलो मुद्दा दायर भएको थियो। ९ वर्षसम्म सर्वोच्चमा एकपछि अर्को इजलासमा यो मुद्दा विचाराधीन हुँदै आएको छ। सर्वोच्चले आज फैसला सुनाएमा भने यो विवाद समाप्त हुनेछ।

सम्बन्धित समाचार
माथिल्लो कर्णाली मुद्दाले सुनुवाइको पालो नै पाएन, मुद्दा विचाराधीन हुँदा आयोजना अन्योलमा
माथिल्लो कर्णालीको म्याद थप गर्ने सरकारको निर्णयलाई सर्वोच्चले लगायो रोक 
 

 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
बीमा प्राधिकरणको नेतृत्व चयन प्रक्रिया अघि बढ्यो, सात दिनभित्र आवेदन दिन आग्रह समितिले सार्वजनिक सूचना प्रकाशित गर्दै निर्धारित योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन पेश गर्न अनुरोध गरेको हो । बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ पक्राउ पर्नेमा चुइचुम्मा– ४ बतासेका २८ वर्षीय हेमन परियार, छितापोखरीका २५ वर्षीय दीपक श्रेष्ठ र उमेर नखुलेका बतासेकै दीपक राई रहेका... बुधबार, जेठ १३, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी अनुगमन कार्यालयले बुधवार सार्वजनिक सूचना जारी गर्दै ११ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ताको विवरण सार्वजनिक गरेको हो । बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्