complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
संघर्षलाई सफलतामा बदलेका नासुको कथा:

जो लोक सेवाको १८औं परीक्षा दिएपछि पोस्टिङ भए

64x64
क्षितिज समर्पण शनिबार, चैत २५, २०७९  १३:४९
1140x725

काठमाडौं- गत फागुन २० गते जाजरकोटको भेरी नगरपालिका-७ का २६ वर्षीय नेप्लाइज विश्वकर्माका मनमा छटपटी थियो। उनले यस्ता कयौं छटपटी, धैर्य र सास्ती खेपिसकेका थिए। लोक सेवा आयोगको तयारी थालेको ८ वर्ष यता उनले कयौंपटक ‘मुखैमा’ आएको जागिर गुमाउनुपर्‍यो।  

तर, जसरी पनि लोक सेवामा नाम निकाल्ने अठोटका साथ अविचलित पढिरहेका नेप्लाइजको जीवनमा फागुन २० गते खुशीको घाम उदायो। सपनाको एउटा गुराँस फक्रियो। लोक सेवा आयोगको बुटवल कार्यालयको सिफारिस सूचीमा उनको नाम दोस्रो नम्बरमै देखियो। नेप्लाइजले सन्तोषको स्वास फेरे।

‘लामो प्रतीक्षापछि प्राप्त सफलतामा खुशी नहुने कुरै भएन’, उनी भन्छन्। 

नतिजा आउने दिन भएको हुनाले त्यो दिन नेप्लाइज छटपटिएका थिए। तर, उनलाई यसपटक जसरी पनि सिफारिस हुन्छु भन्ने लागेको बताउँछन्। यद्यपि, सामान्य प्रशासन वा न्याय सेवामध्ये कुनमा सिफारिस होइएला भन्ने चाहिँ लागिरेहको थियो। किनकी दुवै सेवातर्फ लिखितमा उनले खुलातर्फ नाम निकालेका थिए। उनी न्याय समूहतर्फ पोस्टिङ भए। हाल प्युठान जिल्ला अदालतमा कार्यरत उनी लोक सेवा पढ्नेहरूका लागि धैर्य र प्रेरणाको उदाहरण बनेका छन्।

१८ वटा परीक्षापछि मिलेको सफलता
नेप्लाइज २०७२ साउन १३ गते लोक सेवा आयोगको तयारीका लागि जाजरकोटबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत झरे। जिल्लामा लोक सेवाको तयारी गराउने शैक्षिक केन्द्र नभएपछि उनी सुर्खेत झर्नुपरेको थियो। 

नेप्लाइजका अनुसार उनले हालसम्म लोक सेवाका विभिन्न परीक्षाका लागि २१ पटक परीक्षा फारम भरेका थिए। तर, १८ वटा परीक्षामा मात्र सहभागी हुन पाए। त्यसमध्ये एउटा परीक्षामा प्रिटेस्ट पास भएनन्। १७ वटा परीक्षामा प्रिटेस्ट पास गरेका उनी ८ वटामा लिखित पास भए।

२०७४/०७५ को खरिदार परीक्षामा लिखित पास गरेपनि उनी सिफारिस भएनन्। उनको नाम सिपारिस सूचीको वैकल्पिकतमा पर्‍यो। त्यसअघि ९ वटा परीक्षामा लिखितमा ‘फेल’ भएका उनले बल्ल बल्ल लिखित चरण पार गर्दा पनि सिफारिस हुन नपाएको दु:ख लाग्नु त स्वाभाविक नै भइहाल्यो। तर, उनले हरेश खाएनन्। निरन्तर पढाईमा लागिररहे।

उनी २०७५/०७६ मा नायब सुब्बामा पनि वैकल्पिकमा परे। २०७६ मा सुर्खेतबाट स्थानीय तह पाँचौं तहको अस्थायी सूचीमा परे। 

Ncell 2
Ncell 2
nimb
nimb

२०७६/०७७ उनी फेरि खरिदारमा वैकल्पिकमा परे। २०७७/०७८ मा नायब सुब्बा वैकल्पिक, २०७९ मा कर्णाली प्रदेश चौंथो तह वैकल्पिकमा परे। २०७७/०७८ को कार्यक्रम अन्तर्गत नायब सुब्बाको सामान्य प्रशासन र नायब सुब्बाको लिखित परीक्षा उत्तीर्ण गरेका उनी अन्तत: फागुन २० गते लोक सेवा आयोगको बुटवल कार्यालयको सिफारिस सूचीमा न्याय सेवातर्फ खुला दुई नम्बरमै सिफारिस भए। मिहिनेतले सफलता पाउँदा खुशीको बेग्लै क्षण हुने उनी बताउँछन्। 

ज्योतिषीले भनेका थिए- पास हुँदैनस्
पटक–पटक वैकल्पिक सूचीमा परिरहन थालेपछि उनी एकदिन ज्योतिषीकहाँ पनि पुगे। तर, ज्योतिषीको कुरा उनलाई ऊर्जा थप्ने खालको थिएन। ज्योतिषीले ‘सरकारी सेवामा भाग्य छैन, पास हुँदैनस्’ भन्दिए।

तर, नेप्लाइजले मिहिनेत गर्न छाडेनन्। एकदिन जरुर सरकारी जागिर गर्छु भन्ने उठोटले उनमा आउन खोज्ने हतास र निराशालाई ‘प्रिटेस्ट पास’ हुनै दिएनन्। अहिले उनी ज्योतिषीलाई ‘भ्रम’ ठान्छन्।  

पटक–पटक वैकल्पिकमा पर्दा आफूमा के कमजोरी छ, कहाँनेर चुकेँ भनेर केलाउँथे, उनी।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कमजोर पक्षहरूलाई खोज्थेँ। कमजोर पक्षलाई सुधार गर्न कोसिस गर्थेँ’, नेपाल लाइभसँग उनले भने, ‘मैले असफल हुँदा बिचमै छाडेको भए, आज यो स्थानमा आउने थिइनँ होला। धैर्य नै ठूलो कुरा रहेछ भन्ने लाग्छ।’

उनी जीवनमा संघर्ष र धैर्यता दुवै महत्त्वपूर्ण मान्छन्। सफल हुनका लागि संघर्ष सँगसँगै धैर्यता पनि उत्तिकै अपरिहार्य रहेको उनको अनुभव छ।

बहिनी र श्रीमती पनि लोक सेवा पढ्दै
नेप्लाइज उनको बाआमाको एक्लो छोरा हुन्। उनका एक दिदी र तीन बहिनी छन्। बाआमा सामान्य खेतिकिसानी र ज्याला मजदुरी गर्छन्। यसरी नै उनीहरूले आफ्ना सन्तानलाई लेखपढ गराए। नेप्लाइजलाई लोक सेवा पढाए। 

अहिले नेप्लाइजका बहिनी र श्रीमतीले पनि लोक सेवा पढिरहेका छन्। पढाइका लागि उनैले प्रेरित गरिरहेका छन्। नेप्लाइजका एक छोरी र एक छोरा छन्। साना सन्तान हुर्काउँदै उनकी श्रीमतीले पढाइमा समय दिइरहेकी छन्। नेप्लाइज आफैंलाई पनि अब छिट्टै प्रशासन सेवाको अधिकृत हुन मन छ। त्यसपछि जति सकिन्छ निमाजती सेवाको उपल्लो तहमा पुग्ने सपना संगालेका छन्।  

‘सिफारिस भएपछि अलि खुला महसुस भएको छ। यसअघि पढाइ बाहेक अन्यत्र ध्यान दिइन्ँ। बन्द कोठामा पढिरहँदा बाहिरी वातावरणसँग खासै ध्यान थिएन’, उनी भन्छन्, ‘अहिले साँच्चै खुला र स्वतन्त्र महसुस भएको छ। अब यसपछिको अध्ययनलाई पनि सहज हुन्छ होला। टेक्ने एउटा आधार बनेको छ।’

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
क्षितिज समर्पण
लेखकबाट थप
जो लोक सेवाको १८औं परीक्षा दिएपछि पोस्टिङ भए
कविता : सिमान्त मान्छे
सबै उस्तै छ, जिन्दगी बाहेक
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्