• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

सबै उस्तै छ, जिन्दगी बाहेक

कथा
क्षितिज समर्पण आइतबार, फागुन २, २०७७  २३:१६
1140x725

चुरोटले चस्स पोलेपछि झस्किएँ। 

त्यसपछि नै हो, अघिदेखिको एकोहोरोपनबाट वर्तमानमा फर्किएको। 

दुई पफ मात्र तानेको चुरोट सल्किँदै, सक्किँदै फेदसम्म आइसकेछ। 

अर्को चुरोट सल्काउन खल्तीबाट बट्टा निकालेँ। बट्टामा देखाइएको छिया छिया फोक्सो र ‘ध्रुमपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने अक्षर हेरेर फिस्स हाँसे। 

यहाँ मान्छेको मुटु छिया छिया छ! जाबो फोक्सो!

घाम डुबेको केहीबेर भइसकेको छ। जब अँध्यारो बढेर जाँदैछ, फेवाताल किनारका रेष्टुरेन्टहरूमा बजिरहेका गीत र संगीतको ध्वनी पनि चर्को हुँदै गइरहेको छ। 

डुंगा खियाइरहेकाहरू ओझेल परिसके। अघि जाल थाप्दै गरेकी दिदी पनि गइसकिछन्। उनले थापेको पासोमा भोलि बिहान कति माछा भेटिएलान्?
मान्छेको जिन्दगी पनि माछाको जस्तै रहेछ। कसले कतिखेर कहाँनेर कस्तो जाल थाप्छ पत्तै नहुने।

‘दिदी, एउटा चिया!’

Ncell 2
Ncell 2
nimb
nimb

सडक किनारमा चिया, चटपटे र पानीपुरी बेच्न बसेकी दिदीलाई फेरि दुःख दिएँ। आज उनीसँग मात्र ३ कप चिया खाइसकेँ। अब अहिलेको खेपलाई नै अन्तिम गर्नुपर्ला।

कुनै दिन यसैगरी फेवाताल किनारमा बसेर उसले र मैले यसरी नै चिया पिएका थियौं। पानीपुरी र चटपटे खाएका थियौं। 

ढल्किँदै गरेको दिन। अस्ताउँदै गरेको घाम। फेवातालमा आगोको फिलिंगो जस्तो देखिने घामको अनुहार। छेऊका रेष्टुरेन्टहरूमा मधुर बजिरहेको संगीत।
ओहो ! कति रोमाञ्चक थिए ती पल। कति रोमाञ्चक थियो समय। कति रोमाञ्चक थियो साँझ। 

 

मैले उसको निधारमा गहिरो चुम्बन गर्दै भनेथेँ- फेवाको किनारमा बसेर तिलिचो भन्दा पनि गहिरो चुम्बन तिमीलाई! 

ऊ पनि के कम। आफ्ना ओठलाई मेरा गालामा जोडेपछि भनेकी थिई- फेवाको किनारमा बसेर रारा भन्दा पनि विशाल मायाको निशानी तिम्रो गालामा!

०००

आरआर क्याम्पसको क्यान्टिन। सबै टेबुल भरिभराउ छन्। सागर र म चना चपाइरहेका छौं। क्याम्पस आउन थालेको एक महिनापछि यही क्यान्टिनमा चिनजान भएको थियो ऊसँग। दोस्ती बढ्दै गयो। हामी साथी भयौं। बेला बेला एकअर्काको कोठा आउने-जाने चलिरहन्थ्यो।

तीन जना केटीहरू हल्ला गर्दै क्यान्टिनमा आइपुगे। यताउता हेरे। हामी बसेको टेबुलको अर्को बेञ्च खाली थियो। उनीहरू यतै आए। तीनमध्ये दुई जना हल्का मोटी थिए। त्यति धेरै पनि होइन। तीनै जना एउटै बेञ्चमा बस्न खोजे। साँघुरो भयो सायद, धकेलाधकेल गर्दै खितखित हाँस्न थाले। 
छेऊमा बसेकी झण्डै लडिन।

‘तपाईंहरूलाई अप्ठेरो भएजस्तो छ। एक जना यता बस्दा पनि भयो नि’, सागरलाई भित्तापट्टी सार्दै आफूपट्टी थोरै ठाउँ खाली गरेँ।
ओई ! तँ जा। 

मोटीमध्येकी एउटीले अलि दुब्लीवालीलाई भनी। ऊ आएर मेरो छेउमा बसी। उसको शरीरबाट पर्फ्यूमको मीठो वास्ना आयो। निधारबाट लर्किएका कपालका केही धर्सा मिलाई। हल्का गाजल लगाएकी थिई। त्यसैमा आइब्रोले झन् सुन्दर देखिएका थिए, उसका आँखा।

अर्कोपट्टी बसेकी दुईटीले भेज र उसले अण्डा चाउमिन मगाई।

‘दाई! दुईटा चिया..’

सागरले हाम्रा लागि चिया मगायो। 

खाजा खाएर निस्कियौं। 

-क्षितिज समर्पण

भोलिपल्ट फेरि उसैगरी ती केटीहरूसँग क्यान्टिनमै भेट भयो। अघिल्लो दिन परिचय गरेका थिएनौं। भोलिपल्ट भने यो औपचारिकता पूरा गर्‍यौंँ।
नमस्ते ! म समीर।

-म सन्ध्या।

दुईजना भन्दा पातलीवालाको नाममा अलि ध्यान दिएँ। 

किन किन ऊप्रति आकर्षण बढिरहेको थियो। राम्री लागिरहेकी थिई। 

थाहा छैन, कोही मान्छे किन यसै यसै राम्रो लाग्छ। किन आत्मीय लाग्छ। 

पहिलो नजरमै किन कोही मन पर्छ।

उसले थाहा नपाउने गरी एकपटक उसको शिरदेखि पाउसम्म नियालेँ। 

कस्सम ! मन पर्‍यो। 

एउटै कलेज। एउटै सिफ्ट। भेटघाट बाक्लिँदै गयो। खाजाका लागि क्याम्पसको क्यान्टिनमा मात्र सीमित रहेनौँ। कहिले काठमाडौं मोडल हस्पिटल छेऊ पुग्न थाल्यौँ, कहिले शंकरदेव क्याम्पस अगाडिसम्म। कहिले पानीपुरीका लागि भृकुटीमण्डप छिर्न थाल्यौं।

सन्ध्याहरूको संगतले हामी पनि पानीपुरी मन पराउने भइसकेका थियौं। 

जति हिमचिम बढ्दै गयो, उति प्रिय लाग्न थाली सन्ध्या। उसका आँखा। उसका ओठहरू। सबै प्रिय लाग्न थाले। के प्रेमको पहिलो विन्दु कसैको आवरण हो? कसैप्रतिको आकर्षण हो? थाहा छैन। तर, ऊ प्रिय लागिरही। उसको बोल्ने शैली मन पर्‍यो। मान्छे मन पर्न थालेपछि सायद उसका हरेक हर्कत प्रिय लाग्दो हो।

सन्ध्याको पहिलेको घर सुर्खेत। अहिले त यहीँ भक्तपुरको गठ्ठाघरतिर घर बनाएका रहेछन्। सुर्खेत नगएको दुई वर्ष भयो भन्दै थिइ। सुर्खेतको छिन्चु भएरै जाजरकोट जानुपर्छ भन्दैथियो सागर। सागरको चाहिँ जाजरकोट। दुवै जना एउटै भूगोलको भएपछि मलाई सागरसँग सन्ध्याप्रतिको फिलिङ्स शेयर गर्न सजिलो भयो।

सन्ध्या आफूलाई मन परेको कुरा सागरलाई भनेँ। उसले जिस्काउन थाल्यो।

‘तिमीहरूको जोडी त गज्जब मिल्छ यार। आँट्ने हो त?’, एकदिन भृकुटीमण्डपमा पानीपुरी खाँदै गर्दा सागरले भन्यो। 

सन्ध्या केही बोलिनँ। आँखा ठूला पारेर सागरतिर हेरी।

सन्ध्याका साथीहरू खितखित गर्दै हाँस्न थाले।

‘ह्या मुला ! जे पायो त्यही भन्छस् ?’

सागरलाई हपारेजस्तो गरेँ। भित्रभित्र चाहिँ आज केटोले ठीक भन्यो भन्ने लागिरहेको थियो। 

०००

माघ अन्तिम साता कजेलबाट पिकनिकका लागि धुलिखेल जाने कुरा भयो। स्ववियुले यसको व्यवस्थापनको जिम्मा लियो। पिकनिकमा सहभागी हुने हरेक विद्यार्थीले ५०० रुपैयाँ तिर्नुपर्ने भनियो। 

-पिकनिक जाने हो सन्ध्या ?

उसलाई सोधेँ। उसले जादिनँ होला भनि। 

-अनि, तिमी ?

-तिमी नजाने भए म पनि किन जानु र !

उसको मन चोर्ने कोशिस गरेँ। 

भोलिपल्ट उसले आफू पिकनिक जाने कुरा सुनाइ। 

मन निकै चंगा भयो। ऊ जाने भएपछि म नजाने कुरै थिएन। स्ववियुको सचिवालयमा गएर नाम टिपायौं। उसले एक हजारको नोट झिकेर दिइ। म पाँच सय निकाल्दै थिएँ। दुई जनाको है भनिदिई। र, मेरो पाँच सय राख्न संकेत गरी। 

हामी पिकनिक पुग्यौं। पकाउनका लागि क्याटरिङ लगिएको थियो। त्यसैले पनि हामी सबै विद्यार्थी आ–आफ्नै धुनमा भयौं। कोही नाँच्न थाले। कोही विभिन्न खेल खेल्न थाले। सन्ध्या र म अलि पर गयौं। 

‘सन्ध्या ! म कस्तो लाग्छ तिमीलाई ?’

म्युजिकको भोल्युमभन्दा पर पुगेपछि धेरै दिनदेखि मनमा परिरहेको गाँठो फुकाएँ।

उसले छोटो जवाफ दिई– ‘खै के भन्ने। नराम्रो छौ जस्तो त लाग्दैन।’

‘यसको मतलब म राम्रो लाग्छु ?’

मेरो प्रतिप्रश्नमा उसले केही भनिनँ। 

‘सन्ध्या तिमीलाई एउटा कुरा भन्नु थियो। धेरै दिनदेखि भन्छु भनिरहेको थिएँ। तर, सकिरहेको थिइनँ। थाहा छैन, तिमी किन मन पर्न थाल्यौ। किन तिमीप्रतिको आशक्ति यति धेरै बढ्यो। सायद, दैनिकको हाम्रो निकटताले पनि हो कि! 

सुन्दर सपना देख्न थालेको छु, तिमी र म एउटै गोरेटोमा हिँडेको। एउटै थालीमा खाएको। एउटै छानोमुनि ओत लागेको। यति एकहोरो भइसकेको छु कि लाग्छ हामी वर्षौंदेखि प्रेममा छौं। के तिमीलाई त्यस्तो लाग्दैन सन्ध्या? यदि, मैले प्रेमको प्रस्ताव राखेँ भने मेरो प्रेम स्वीकार्य छ तिमीलाई? म तिमीलाई माया गर्छु सन्ध्या। लभ यू!’

अलिक बेरको कुराकानीपछि मनमा आँट जम्मा गरेर एकै वाक्यमा यत्ति भनेँ। भित्र कतै गढेको खिल निकाले झैं हलुंगो भो मन। बडेमानको भारी बिसाएझैं आभाष भो। 

उसले मेरा आँखामा हेरी। मेरा आँखा झन् डगमगाउन थाले। ओठ थर्थराउन थाले। सुख्खा भए। धड्कन बढ्न थाल्यो। निधारमा हल्का पसिना आएजस्तो आभाष भयो।
ओहो ! मनभित्रको कुरा भन्दा पनि यत्रो सकस ?
आफैंलाई प्रश्न गरेँ। आफैंलाई सम्झाउने कोशिस गरेँ। आफूलाई जति सक्यो सामान्य बनाउन थालेँ। 
तर, उसले फेरि पनि केही भनिनँ। 
केहीबेरको मौनतापछि सोधेँ– ‘किन केही बोलिनौं सन्ध्या? तिमीलाई मेरो कुरा मन परेन हो?
‘कति कुरा समयले नै सोध्दोरहेछ समीर। र, सायद उत्तर पनि समयले नै दिन्छ होला।’
उसले यत्ति भनी। उसको जवाफ केही बुझ्नै सकिनँ। थप सोध्ने आँट पनि आएन।

ओई तिमीहरू यहाँ पो ! उता खोजिराछन्। के हो...। 
सन्ध्याको साथी सम्झना आइपुगी। शंकामिश्रित भावमा प्रश्न गरी। तर, हामीसँग उत्तर थिएन। सन्ध्यासँग थियो कि ! मसँग चाहिँ थिएन।
कस्सम !

०००

टिङ टिङ !
अलार्म बज्नुभन्दा पहिल्यै बजेको मेसेजको ट्युनले ब्युझिएँ। यति बिहानै कसले ग
र्‍यो मेसेज? अल्छि मान्दै टेबुलमा भएको मोबाइल झिकेँ। 

तर, थाहा थिएन यो बिहान यत्रो ठूलो खुशी बोकेर आउला भनेर। यदि, थाहा हुँदो हो त रातभरी ननिदाएर यही बिहानको प्रतीक्षामा जाग्राम बस्दो हुँ। यही बिहानको मिठो कल्पनामा कल्पिदो हुँ-रातभर। तर, कस्सम ! अप्रत्याशित रुपमा आएको खुशीले मन यति चंगा भयो कि यसलाई म शब्दमा व्यक्त गर्नै सक्दिनँ। अल्छिपना त कहाँ हरायो, हरायो। म आतुर भइसकेँ, आजको घाम हेर्न। कसरी उदाउला आजको घाम? झ्यालको पर्दा खोलेर बाहिर हेरेँ, उज्यालो मिर्मिरे पनि भइसकेको छैन। 

फेरि मेसेज हेरेँ। खुशीले बुरुक्क उफ्रिएँ। 

मेसेज सन्ध्याले गरेकी थिइ- समीर ! आजको घामभन्दा पहिले तिमीलाई स्पर्श गर्न आइपुगेकी छु। बिहानीको चिसो भन्दा पहिल्यै न्यानो खबर लिएर आएकी छु। आज भ्यालेन्टाइन डे। मैले आफ्नो भ्यालेन्टाइनका रुपमा तिमीलाई रोज्ने निर्णय गरेकी छु। अस्ति धुलिखेलमा तिमीले सोधेको प्रश्नको उत्तर पनि यही हो। र, आज नै उपयुक्त समय हो तिम्रो प्रश्नको उत्तर दिने। भनेकी थिएँ नि, कुनै उत्तरहरू समयले नै दिन्छन् भनेर।

जिन्दगीमा खुशीहरू आइरहन्छन्। तर, आजको जस्तो खुशी र प्रफुल्लित यसअघि सायदै भएको थिएँ।

सन्ध्यालाई फोन गरेँ। साँझ भृकुटीमण्डपमा भेट्ने योजनासहित छुट्टियौं। 

साँझ ढल्किँदै थियो। सडकछेऊका बत्तीहरू बलिसकेका थिए। भृकुटीमण्डपबाट फर्किएका हामी भद्रकाली आइपुगेका छौं। टेलिकमको भवनको विपरीत भृकुटीमण्डतर्फ सडकछेऊ राखिएका बेञ्चमा बसिरहेका छौं। क्याम्पसमा दैनिक भेट भइरहने सन्ध्यासँगको आजको भेट निकै विशेष लागिरहेछ। ऊ झन् प्रिय लागिरहेकी छे। 

‘मेरो मनको कुरा बुझिदिएकोमा, मेरो हृदयको आवाज सुनिदिएकोमा तिमीलाई भूगोलभरीको धन्यवाद सन्ध्या!’

मैले यसो भनेपछि उसले भनी– ‘यो धन्यवाद भन्नुपर्ने विषय हो र !?’

अनि, सोधी– ‘कस्तो लाग्यो मेरो सरप्राइज ?’

‘हाम्रो पहिलो भेटमा तिम्रो शरीरबाट आएको पर्फ्यूमको बास्ना भन्दा पनि सुगन्धित!’ 

जिस्किएँ। 

उसले कुइनाले मेरो पेटमा हिर्काइ। मेरो कुममा टाउको राखी। मैले उसको कपाल चलाउन थालेँ। हामी मौन भयौं केहीबेर। के कुरा गर्ने, कुरै आइरहेको छैन। खुशीमा समय यस्तो पनि आउँदो रहेछ। बोल्ने शब्द हराउँदो रहेछ। भन्ने कुरा बिर्सिँदा रहेछन्। 

०००

कुकुर बेस्सरी कराउन थाले। 

एउटा रेस्टुरेन्ट छेऊमा अघिदेखि दुई जना विदेशी पुरुष र एकजना नेपाली महिला बियर लिइरहेका थिए। उनीहरू बसेको टेबुलअघि बियरका ११ वटा खाली बोत्तल थिए। छेऊमा एउटा कुकुर बसिरहेको थियो। जसलाई अधवैंशे विदेशी पुरुष बेला बेला सुम्सुम्याइरहन्थ्यो। कुकुर जिब्रो निकालेर आफ्नै ओठमुख चाट्थ्यो। 

कताबाट आइपुगेका दुईटा कुकुरले उसलाई झम्टिन खोजेछन्। अधवैंशे विदेशी भनिरहेको थियो– ‘नो नो ! प्लिज नो !’

उसको हर्कत देखेर सन्ध्या हाँस्न थाली। 

दिउँसो फेवातालमा बोटिङ, चमेरे र महेन्द्र गुफा, डेभिड फल्स, गुप्तेश्वर गुफाको अवलोकन र सेतो गुम्बासम्म पुगेर फेरि फेवा किनार आइपुगेका थियौं हामी। फेवाकिनारमा लहरै अवस्थित रेष्टुरेन्टको बाहिर बाटोछेउ पानीपुरी, चटपटे र चिया बेचिरहेका दिदीहरू थिए। कोही मकै पोलिरहेका थिए। साँझ ढल्किँदै थियो। हामीले पानीपुरी र चटपटे खायौँ। 

पोखरा आफैंमा सुन्दर ठाउँ। झन् साथमा ऊ हुँदा बेग्लै आनन्द थियो। जसरी फेवा किनार झुमिरहेको थियो संगीतको सुरमा, उसैगरी रोमाञ्चित भइरहेको थिएँ, उसको साथमा। 

तर, मन भारी पनि भइरहेको थियो। केही समयपछि सन्ध्या अष्ट्रेलिया जाँदै थिइ। यो बीचमा हामीले धेरै सुखदुःख बाँडेका छौं। प्रेमको गाँठोलाई झन् कसिलो पारेका छौं। काठमाडौंका कयौं गल्लीहरूमा राति अबेरसम्म टहलिएका छौं। बानेश्वरको कफी, अनामनगरको किम्ची, बबरमहलको हटलेमन, थापागाउँको मट्का चिया, असनको मःमः, बागबजारको ससेज। के के साक्षी भएनन् हाम्रो प्रेमको! आरआरबाट हिँड्दै हिँड्दै जडीबुटी पुगेका छन्, कयौंदिन पैतालाहरू। सिटी सेन्टर, जय नेपाल, सिभिल मल, सिटीसी मल, सिटी म्याक्सलगायत थुप्रै हल पुगेका छौं यो दुई वर्षमा। 

यी सबै सबै सम्झनाको बुढो हवेली हुँदै थिए। ऊ अष्ट्रेलिया गइ भने म रित्तो हुनेछु। र, बिराना हुनेछन् बाटाहरू। तर, यसो भन्दैमा मैले उसको रहर र चाहनालाई मार्नु पनि हुँदैनथियो। उसले धेरै समयदेखि कोशिस गरेकी थिइ। अष्ट्रेलिया उसको सपना हो। 

अनि म ?

म पनि उसको सपना हो। ऊ मेरो सपना हो। एउटा मान्छेसँग एउटा मात्रै सपना कहाँ हुन्छ र! 

सागरलाई भिसा नलागेको भए थाहा छैन, सन्ध्याको अष्ट्रेलिया सपना कहिले पूरा हुन्थ्यो। 

सागरलाई भिसा लागेपछि सन्ध्याकै अनुरोधमा मैले डिपेन्डेन्टको कुरा चलाएको थिएँ। भिसा अप्लाईका लागि सागर र सन्ध्याको नक्कली बिहे गराउन बाध्य भएको थिएँ। जीवनमा कैयौँ बाध्यताहरू यस्ता हुन्छन्, जसलाई पन्छाउन नसकिदो रहेछ।

सुरुमा त सागरले पनि कहाँ मान्नु! भन्थ्यो- ‘तेरो गर्लफ्रेन्डसँग मैले बिहे गर्नु र !?’

-‘साँच्चिकै गर्न लागेको होस् र? एउटा प्रयोजनका लागि गरिने औपचारिकता पो त!’

-‘त्यसपछि मैले साँच्चिकै दाबी गरेँ भनेँ?!’

-‘नजिस्के न यार।’

अन्ततः सागर राजी भयो। मेरो प्रियसीको खुशीका लागि ठूलो योगदान गर्‍यो। बिहेका लागि आएका प्रस्ताव लत्याउँदै मेरी सन्ध्यासँग नक्कली बिहे गर्न राजी भयो।

मेरी सन्ध्याको अष्ट्रेलिया सपना पूरा गर्ने भयो।

थ्यांक यू सागर !

समीर के भयो ? कता हराएको ?

सन्ध्याले घच्घच्याएपछि झसंग भएँ। एउटा सानो ढुंगा टिपेर फेवाको पानीमा फालेँ। पानी तरंगित हुँदै पर परसम्म पुग्यो। मनभित्र पनि यस्तै अनेकौं तरंगहरू थिए। 

तर, सामान्य हुने कोशिस गर्दै भनेँ– ‘केही होइन, सन्ध्या।’ 

मैले यसो भनेपनि कहाँ पत्याउँथी र उसले। म दुःखी छु भन्ने उसले बुझिसकेकी थिइ। 

‘थाहा छ समीर, तिमी दुःखी छौ। तर, म तिमीलाई सँधैका लागि छोडेर जान लागेको पनि त होइन। अष्ट्रेलिया मेरो सपना थियो। तिमीलाई थाहा छ त। पछि म तिमीलाई उतै बोलाउँछु समीर। यदि, तिमीलाई उता बोलाउन मिलेन भनेपनि म छिट्टै फर्किनेछु। केही वर्षको कुरा त हो नि। त्यसपछि हाम्रो आफ्नै संसार हुन्छ। हाम्रो आफ्नै जिन्दगी हुन्छ।’ 

म केही बोलिनँ। बोल्न शब्दहरू खै कता हराइगए।

‘केही लिने?’

उसले कुरालाई बिचमै रोक्दै पिउने संकेत गरी। साँझ मदमोहक बनिरहेको थियो। खुशी र दुःख कक्टेल भइरहेको पल थियो। उसको प्रस्ताव सितन बनेर आइदियो। छेऊको रेष्टुरेन्ट पुगेर दुई/दुई पेग ह्वीस्की लियौं। 

रात छिपिँदै जान थाल्यो। फेवाताल किनारमा बलिरहेका बत्तीले रोमाञ्चकता थपिरहेका थिए। हामी आफू बसिरहेको होटेल फर्किन थाल्यौं। हिँड्दै हिँड्दै आयौं। ह्वीस्कीले विस्तारै आफ्नो छनक दिइरहेको थियो।

‘सन्ध्या ! हामी फेरि यसैगरी यो सडकमा कहिले हिँडौला?’

अलि बढी नै भावुक भइरहेको थिएँ, सायद। 

‘धेरै भावुक हुने होइन ल मिस्टर भावुक !’

ह्वीस्की लागेछ मोरीलाई। ऊ मलाई बेला बेला मिस्टर भावुक भन्थी। खासगरी ह्वीस्की लागेको बेला। उसलाई लाग्न थाल्यो भन्ने छनक म त्यसरी पनि पाउँथे।

‘सन्ध्या केही थप्ने?’

होटेल पुगिसकेपछि सोधेँ।

उसले एक पेग ह्वीस्की थप्ने मन गरी। एक/एक पेग ह्वीस्की मगायौं।

काठमाडौं हुँदा हामीले तीनपटक सँगै ह्वीस्की पिएका थियौं। एकपटक उसको बर्थडेमा। एकपटक मेरो बर्थडे र अर्कोपटक सागरको बर्थडेमा।

ह्वीस्की लिइसकेपछि हामी कोठामा फर्कियौँ। दिनभरीको थकानले पनि होला ह्वीस्कीले झ्याप्पै समात्यो।

दुईवटा बेड भएको रुम लिएका थियौं। ठूलोवाला बेडमा पल्टिँदै सन्ध्याले मलाई सानो बेडमा सुत्न इसारा गरी। आफ्नो टिशर्ट खोलेर फाली। र, भनी- ‘गुड नाइट मिस्टर भावुक। मलाई ह्वीस्की लागेको मौका छोप्ने होइन नि, भन्द्‌याछु।’

मैले सहमतिमा टाउको हल्लाएँ। तर, उसले देखिनँ। 

०००

माहोल अलि भावुक नै बन्यो। सन्ध्याका बुवाआमासहित आफन्तहरू पनि एअरपोर्ट आइपुगेका थिए। सागरको घरबाट भने कोही आउन पाएनन्। उनीहरूलाई अष्ट्रेलियाका लागि विदा गर्दै थियौं। सन्ध्याका आँखा राता र ठूला भइरहेका थिए। हिजो रातभरी फोनमा रोएकी थिइ। उसका बाआमालाई थाहा थियो हाम्रो सम्बन्धका विषयमा। त्यसकारण कुनै अप्ठेरो मान्नुपर्ने स्थिति थिएन। बोर्डिङ पास गर्नुअघि सन्ध्याले मलाई अंगालो हालेर सुँकसुँक गर्न थाली। 
‘नरोऊ न मिस रुन्ची’. सानो स्वरमा भनेँ, ‘मिसेस रुन्ची नै पो भनौं कि!?’

मैले यसो भनेपछि ऊ हल्का हाँसी। सलले आँशु पुछि। कुर्ता सुरुवालमा निकै सुन्दर देखिन्थी सन्ध्या।

‘समीर, हामी क्वालालाम्पुर एअरपोर्टमा छौं है।’

काठमाडौंबाट उडेको चार घण्टापछि सन्ध्याले भिडिओ कल गरेर भनी, ‘यहाँ ट्रान्जिट छ। अब फ्यूल भरेर उड्ने रे।’

मलेसियाबाट उडेको ८ घण्टापछि उसले फेरि भिडिओ कल गरी।

‘समीर, हामी सिड्नी पुग्यौं है।’

ऊ साथमा नभएको न्यास्रो त थियो नै। अब चाहेको बेला भेट्न सकिने भएन। समुन्द्र पारी पुगिसकी मोरी। अब भद्रकालीको सडकमा हात समाउँदै हिँड्ने हात छुटेको थियो। कोटेश्वर, जडीबुटीसम्म सँगै हिँड्ने पाइला छुटेका थिए। 

जिन्दगीभर सँगै हिँड्नु नै छ। केही वर्ष त हो भनेर मन बुझाउने कोशिस गरिरहेँ। र, यसमानेमा पनि खुशी थिएँ- ‘मेरी प्रिय सन्ध्या उसको सपनाको देश पुगी!’

भिडिओ कलमा सन्ध्या मधुरो देखिन थाली। आँखा मिचेँ। ऊ झन् धमिलो नै देखिइ। कतै टाढाबाट बोलेझैं लाग्न थाल्यो उसको आवाज। छेऊमा सागर हाँसिरहेछ। त्यति नै खेर ठूलो हुरी चल्यो। सागर पनि देखिन छाड्यो। सन्ध्या यताउता हेरेर अत्तालिन थाली। ऊ भएको ठाउँ वरपरका घरहरू हल्लिन थाले। एउटा ठूलो ट्रेन हर्न बजाउँदै सन्ध्या भएकोतिर आयो। झन् झन् नजिक आउन थाल्यो। ट्रेन सन्ध्या नजिकै आयो। नजिक आउँदा ट्रेनको अगाडिको भाग त मानिसजस्तो पो देखिन थाल्यो। 

लौ कस्तो अचम्म! 

यो त समीरको जस्तो पो अनुहार छ त!

उसले मुख आँ गर्‍यो। लामा लामा दाँत देखिए। उसले स्वाट्ट श्वास भित्र तान्यो। सन्ध्या त्यही श्वासँगै भित्र पो पसी। ऊ बेस्सरी चिच्याइ।

यता म बेस्सरी आत्तिन थालेँ। सन्ध्यालाई बेस्सरी बोलाउन थालेँ। 

तर, सुन्ने कसले !

झसङ्ग ब्युझिएँ।

सन्ध्या बेडमा थिइन। टाउको बेस्सरी दुखिरहेको रहेछ। एक गिलास पानी पिएँ। 

कस्तो नमिठो सपना !

रेस्टरुम, छत, गार्डेन। सन्ध्या कतै पनि थिइन। उज्यालो राम्ररी भइसकेको छैन। मलाई नभनेर कहाँ गई ?

होटलको पछाडिको ढोकाबाट बाहिर जान मिल्ने रहेछ, मुल ढोका बन्द हुँदा पनि।

कतै त्यहीँबाट बाहिर पो निस्किइ कि ?

आखिर गई चाहिँ कहाँ ?

वनमा फैलिएको डढेलो जस्तो सनसनीपूर्ण खबर फैलिएर आइपुग्यो– ‘फेवातालमा एउटा युवतीको शव भेटियो!’

मन चिसो भयो। टाउको भनन्न घुम्न थाल्यो। शरीर लल्याकलुलुक भयो।

कतै सन्ध्या ...!?

हे भगवान ! त्यस्तो केही नहोस्।

हतार–हतार घटनास्थल पुगेँ। 

जुन दृश्य देखेँ। त्यसले खङ्ग्रङ भएँ। हातखुट्टा गलेर फत्रक्क भए। एकैपटक ठूलो भूकम्प गएझैं भयो। कसैले टाउकोमै बजारेजस्तो भयो। आँखा तिरमिर तिरमिर भए। 

सन्ध्याका ओठ हल्का खुलेका थिए। शरीर फुलेको थियो। कपालका केही धर्सा अनुहारतिर लत्रिएका थिए।

पहिलोपटक आरआरको क्यान्टिनमा भेट्दा यसरी नै लत्रिएको कपाल हछाडीतिर हटाएकी थिई। तर, आज ऊ सपाट छे। हलचलविहीन। 

गएर ग्वाम्म अंगालो हाल्न मन भएपनि सकिनँ।

वडा प्रहरी कार्यालय, बैदामका असईले हातमा एउटा कागज समाएका थिए। शव मुचुल्काको तयारी हुँदै गर्दा उसले सोध्यो– ‘यी युवतीलाई कसैले चिन्नुहुन्छ?’

‘खोई ! नयाँ नयाँ लाग्छ। यस्तो मान्छे त देखेका थिएनौं।’

भीडबाट कोही बोल्यो।

-म चिन्छु असई सा’ब!

असई नजिक गएर भनेँ।

-तपाईँं उहाँको ?

-हामी रिलेसनमा..।

वाक्य फुट्दै फुटेन।

-अनि नाम ?

प्रहरीले फेरि सोध्यो।

-समीर।

-ए। अनि, सागरलाई चिन्नुहुन्छ ?

-किन नचिन्नु असई सा’ब। चिन्छु नि। मेरो साथी हो। हामी सँगै पढेका। तर, किन असई सा’ब? 

उसले आफ्नो हातमा भएको चिर्कटो मलाई थमायो।

लेखिएको थियो :
सरी, समीर! मैले अरु केही सोच्नै सकिनँ। र, यो निर्णयमा पुगेँ। तिमीलाई समेत भन्ने अवस्था रहेन, मभित्र के गुज्रिरहेको छ भनेर। यदि, मैले तिमीसँग सबै कुरा भनेको भए उसले मलाई मारिदिन्थ्यो। भनेको थियो- यो कुरा कसैलाई भनिस् भने मारिदिन्छु। म किन अरुको हातबाट मर्नू? 

मलाई मार्ने धम्की कसले दिएको थियो थाहा छ? उही तिम्रो साथी सागरले। उसले पछिल्ला दिनमा धेरै नै टर्चर दिइरहेको थियो। भन्थ्यो, अष्ट्रेलिया जानका लागि गरेको नक्कली बिहेलाई सक्कली बनाऔं। 

त्यति मात्र होइन समीर, सबैभन्दा ठूलो धोका त्यो दिन भयो जुन दिन मलाई डकुमेन्ट मिलाउने भनेर उसले घरमा बोलायो। घरमा कोही नभएको मौका पारेर उसले मलाई जबर्जस्ती गर्‍यो। कति रोएँ। कति चिच्याएँ। तर, सुन्ने कसले? उसले मलाई बर्बाद बनायो समीर।

उसले गरेको अपराधबारे मैले तिमीलाई भनेँ तिमीलाई पनि मारिदिन्छु भन्यो। 

अनि, कसरी भन्नु मैले? अपराध उसले गरेको थियो। ज्यान जोखिममा तिम्रो थियो। 

मलाई तिमीलाई गुमाउनु थिएन समीर। तिमीलाई गुमाउनु भन्दा बरु आफैं यो धरतीबाट विदा लिने निर्णयमा पुगेँ।

सरी, समीर ! मैले तिमीसँग यी सब कुरा भन्नै सकिनँ। मलाई माफ गरिदेऊ। मैले अन्तिम निर्णय यही लिएँ। 

प्रिय समीर ! कुनै न कुनै रुपमा म तिमीसितै बहिरहनेछु। गुड बाइ समीर !

सन्ध्याको सुसाइड नोटपछि थर्थर काँप्न थालेँ। रिस र आक्रोशले दाँत किटकिट हुन थाले। मनभित्र दनदन आगो बल्न थाल्यो। रगत भलभल उम्लिन थाल्यो। दुई जना प्रहरी आएर मलाई सम्हाले। केही प्रहरीले सन्ध्याको शवलाई पोस्टमार्टमका लागि हस्पिटल लिएर गए।

०००

जीवनको एउटा अँध्यारो पाटो बोकेर हिँडेको छु। आफ्नै साथीले यसरी खुशी लुट्ला भनेर कल्पनासम्म गरेको थिइनँ। थाहै नदिइ मेरो जिन्दगी बर्बाद बनाइदियो। सोचेको थिइनँ, आफ्नो साथीविरुद्ध उजुरी बोकेर प्रहरीकोमा पुग्नुपर्ला। तर, यस्तै भयो।

सन्ध्याले पनि आफूमाथि यति ठूलो बज्रपात पर्दा पनि मलाई भन्न सकिनँ। उसँग यत्ति गुनासो छ। र, उसले यो गुनासो अब कहिल्लै सुन्न सक्ने छैन। 

सागर अहिले जेलमा छ। ढिलोचाँडो ऊ बाहिर निस्किनेछ। अब, यत्ति कामना छ- ऊसँग जिन्दगीमा भेट नहोस्! उसको अनुहार हेर्नै नपरोस्!

सन्ध्यालाई गुमाएपछिका हरेक वर्ष यही सिजनमा पोखरा पुग्ने गरेको छु। उसैगरी फेवातालको किनार पुग्छु। फेवातालमा पर्दापित अस्ताउँदै गरेको घाममा सन्ध्याको चेहरा देख्छु। सन्ध्याले कुइनाले हिर्काएजस्तो लाग्छ। उसैले कुममा टाउको राखेजस्तो लाग्छ। झस्किरहन्छु। 

रेष्टुरेन्टहरूमा माहोल उस्तै छ। फेवातालको पानी उस्तै छ। उसैगरी बेचिरहेका छन् फेवा किनारमा मकै, पानीपुरी, चटपटे र चिया। सब उस्तै उस्तै लाग्छ।
उस्तै छैन त केवल मेरो जिन्दगी। 

मेरी प्रिय सन्ध्या यो संसारमै छैन। भौतिक रुपमा साथमा नभएपनि उसका सम्झनाहरू बोकेर बाँचिरहेको छु। 

बाँचुञ्जेल यसरी नै बाँचिरहनेछु।

लभ यू सन्ध्या!
@DearKshitiz

प्रकाशित मिति: आइतबार, फागुन २, २०७७  २३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जो लोक सेवाको १८औं परीक्षा दिएपछि पोस्टिङ भए
कविता : सिमान्त मान्छे
सबै उस्तै छ, जिन्दगी बाहेक
सम्बन्धित सामग्री
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
मंसिरमा २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने देउवा समूहको प्रस्ताव बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्