काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत साविक विजेता गुजरात टाइटन्सले लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति दिल्लीको घरेलु मैदान अरुण जेट्ली स्टेडियममा भएको खेलमा गुजरातले दिल्ली क्यापिटल्समाथि ६ विकेटको जित निकालेको हो।
दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर भेटायो। गुजरातका साई शुदर्शनले ६२, डेभिड मिलरले ३१ र विजय शंकरले २९ रन बनाए। दिल्लीका एनरिक नोर्कियाले २ तथा खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। दिल्लीका कप्तान डेभिड वार्नरले ३७ र अक्षर पटेलले ३६ रन बनाए। गुजरातका मोहम्मद शमी र राशिद खानले ३/३ तथा अल्जारी जोशेफले २ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।