काठमाडौं– भारतमा रोगजारी गरी नेपाल फर्कने नेपालीहरुलाई कोरोनाको संक्रमण देखिन थालेको छ।
भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण देखिन थालेपछि परीक्षणमा कडाई गर्दा बाँकेको नेपाल भारत सीमा जमुनाहा भन्सार नाकाबाट नेपाल प्रवेश गर्नेहरुलाई संक्रमण देखिएको हो।
नेपाल फर्कनेहरुमा कोरोना संक्रमण बढेसँगै नाकामा परीक्षणको दायरा बढाइएको जमुनाहा नाकाका हेल्थ डेस्क प्रमुख गीता गिरी शाहीले जानकारी दिइन्।
उनले नेपाल फर्कने नेपालीहरुको दैनिक परीक्षणमा कोरोना संक्रमित देखापर्न थालेसँगै परीक्षणको दायरा पनि बढाएको बताइन्। उनले जमुनाहा नाकाबाट दैनिक करिब डेढ सयदेखि २ सय जनाको जाँच हुने गरेको जानकारी दिइन्।
शाहीले चैत महिनामा मात्रै ३० जनामा कोरोना पोजेटिभ देखिएको बताइन्। कोरोनाको पोजेटिभ देखिएकाहरुमा समान्य लक्षण देखिएकाले उनीहरुलाई आइसोलेसनमा बस्ने सुझाव दिएर घर पठाउने गरिएको प्रमुख शाहीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।