वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाको फोहोर नेपाल टेलिकमको कार्यालयमा फालिएको छ। फाइबर विछ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको आरोप लगाउँदै वीरगञ्ज महानगरपालिकाले वीरगन्जस्थित नेपाल टेलिकम कार्यालय हाताभित्र फोहोर थुपारेर विरोध जनाएको हो।
वीरगन्जमा सञ्चालन भइरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगर प्रहरीसहितको टोलीले सात ट्याक्टर फोहोर टेलिकमको परिसरभित्र लगेर फालेको जनाइएको छ।
यसबारेमा नेपाल टेलिकमले आपत्ति जनाएको छ। टेलिकमले विज्ञप्ति जनाउँदै अनधिकृत रुपमा गरिएको उक्त कार्य खेदजनक भएको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।