• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

के होला रविको मुद्दा?, महान्यायाधिवक्ताको निर्णयविरुद्धका रिटमा यस्तो छ सर्वोच्चको नजिर

64x64
नारायण अधिकारी मंगलबार, चैत २१, २०७९  १७:२१
1140x725

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले (३० असार २०६५ मा) कांग्रेसको तर्फबाट सांसद तथा मन्त्री समेत भइसकेका मोहमद अफताब आलमको मुद्दा नचलाउने निर्णय गर्‍यो। २०६४ चैत २७ गतेको रौतहटको राजपुरमा भएको हत्या घटनामा उनिविरुद्धको मुद्दा नचलाउने निर्णय गरिएको थियो। 

तर, उक्त निर्णयविरुद्ध अदालतमा रिट दायर भएपछि आलमविरुद्ध अनुसन्धान प्रक्रिया अघि बढ्यो। जिल्ला अदालत रौतहटले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश समेत दियो। त्यसयता उनी कारागारमा बन्दी जीवन बिताइरहेका छन्। 

उनै आलमको मुद्दाको उदाहरण दिँदै सिन्धुलीका युवराज पौडेल (सफल)ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा निवेदन दिए। सर्वोच्च प्रशासनले उनको रिट समेत दर्ता गर्‍यो। योसँगै अब सर्वोच्च्ले लामिछानेको मुद्दाको छिनोफोना गर्ने भएको छ।

यसरी महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध रिट दर्ता भएका घटना भने न्यून रहेका छन्। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जिवराज रेग्मीले महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्ध अहिलेसम्म १० भन्दा बढी मुद्दा दर्ता नभएको बताए। 

तीमध्ये अधिकांश केशमा अदालतले महान्यायाधिवक्ताकै निर्णयलाई सदर गरेको छ। उनका अनुसार आलमको केशमा मात्रै महान्यायाधिवक्ताको निर्णय उल्टिएको हो। आलममाथिको अनुसन्धान नै नगर्नू भन्दै तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बन्जाडेले निर्णय गरेका थिए। सोही निर्णयविरुद्ध पछि अनुसन्धान भएर मुद्दा चलेपछि आलम पुर्पक्षका लागि जेल चलान भएका हुन्।

यस्तै प्रकृतिको अर्को मुद्दा सुन्तली धामीको केशको पनि उल्टिएको थियो। तर, धामीको केशमा महान्यायाधिवक्ताको कार्यालयको निर्णय नभइ जिल्ला सरकारी वकिल कार्यालयको निर्णय उल्टिएको रेग्मीले बताए।  

२०६६ मा सुन्तली धामीमाथि भएको बलात्कार केशमा तीन जनाविरुद्ध मुद्दा चलेको थियो भने तीन जनालाई मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिल कार्यालय अछामले गरेको थियो। उक्त मुद्दाको पछि अनुसन्धान भएर मुद्दा नचलाउनू भनिएका तीन जना पनि जेल गएका थिए। 

पत्रकार डेकेन्द्र थापाको केशमा अनुसन्धान नै गर्नु नपर्ने भन्ने तत्कालीन महान्यायाधिवक्ता मुक्ति प्रधानको निर्णय थियो। पछि यस विषयमा अदालतमा रिट परेपछि सर्वोच्चले अनुसन्धान गर्नू भनेर महान्यायाधिवक्ताको निर्णय उल्टाएको थियो।
यी बाहेकका केशहरूमा महान्यायाधिवक्ता कार्यालयको निर्णय नै उल्टिएको रेकर्ड छैन। ‘यी महान्यायाधिवक्ताको निर्णय उल्टिनुमा पनि भिक्टिम (पीडत) नै आफैं उपस्थित हुने ठाउँ थियो। पीडित तथा उनका परिवार आफैं निवेदन दिन पुगेका थिए। तर, रविको केशमा पीडित को त? यसमा कोही पनि पीडित छैन। पीडित नै नभएको घटनामा महान्यायाधिवक्ताको निर्णय उल्टिने सम्भावना हुँदैन’ रविको पक्षबाट नागरिकता मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले भने।

nimb
nimb

यी बाहेकका केशमा महान्यायाधिवक्ताकै निर्णयलाई सर्वोच्चले सदर गरेको छ। पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको छोरा जोडिएको कर्तव्य ज्यानको मुद्दामा पनि महान्यायाधिवक्ताकै निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको थियो। महान्यायाधिवक्ता कार्यालयले उपेन्द्रकान्त अर्यालयका छोरा आयुषलाई मुद्दा नचल्ने निर्णय गरेको थियो। एमबीबीएस अध्ययनरत अनिमेष ठाकुरलाई आयुषले २०७२ असार १९ गते पोखराको मणिपाल अस्पतालको छतबाट खसालेर हत्या गरेको भन्दै मुद्दा चलेको थियो।

महान्यायाधिवक्ता कार्यालयले आयुषलाई मुद्दा नचल्ने निर्णय गरेपछि ठाकुर परिवार सर्वोच्च पुगेको थियो। सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको इजलासले समेत महान्यायाधिवक्ता कार्यालयको निर्णय सदर गरेको थियो।

यस्तै, दोलखाको धनकुमारी चौलागाईंलाई मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयलाई सर्वोच्चले सदर गरेको नजिर छ। 

अब रवि लामिछानेलाई मुद्दा नचलाउने भनेर गरिएको निर्णयमा पनि महान्यायाधिवक्ता कार्यालयको निर्णय नै सदर होला वा आलमको जस्तै उल्टिएर पुन: मुद्दा चल्ला त्यो भने हेर्न बाँकी नै रहेको छ। 

पाँच न्यायाधीशले हेर्न नमिल्ने
रविको मुद्दा सर्वोच्च अदालतका पाँच न्यायाधीशले हेर्न नमिल्ने भएको छ। मंगलबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाले रविको केशमा यसअघि फैसला भएको संवैधानिक इजलासको केशमा आफू पनि सहभागी भएकाले हेर्न नमिल्ने भन्दै मुद्दा सारेका थिए। 

योसँगै उक्त संवैधानिक इजलासमा सहभागी अन्य चार न्यायाधीशले समेत रविको मुद्दा हेर्न नमिल्ने भएको छ। रविको नागरिकताको केशको मुद्दा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गत माघ १३ गते फैसला गरेको थियो। 

सिन्हाले हेर्न नमिल्ने बताएपछि बाँकी रहेका चार न्यायाधीशले पनि उक्त मुद्दा हेर्न नमिल्ने भएको छ। सर्वोच्चमा २१ जना न्यायाधीशको दरबन्दी भए पनि अहिले १६ जना मात्रै न्यायाधीश छन्। तीमध्ये ५ न्यायाधीशले हेर्न नमिल्ने भएपछि बाँकी रहेका ९ न्यायाधीशले मात्रै उक्त मुद्दा हेर्न मिल्ने हुन्छ। गोलाप्रथाबाट पेसी तोकिने प्रचलन भएकाले अर्को पटकको पेसीमा पनि रविको मुद्दा हेर्न मिल्नेमा पर्छ/पर्दैन भन्न मिल्ने अवस्था छैन।

प्रकाशित मिति: मंगलबार, चैत २१, २०७९  १७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी प्रभावितको उद्धारका लागि २० हेलिकप्टर ‘स्ट्यान्डबाइ’, १० वटा परिचालन बिहीबार, भदौ ११, २०८३
तीर्थयात्री बोकेकासहित दर्जनौँ बस सम्पर्कविहीन, उद्धारका लागि यातायात महासंघको आपत्कालीन बैठक बिहीबार, भदौ ११, २०८३
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द, राति यात्रा नगर्न प्रहरीको आग्रह बिहीबार, भदौ ११, २०८३
भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला, ४१ घाइतेको उपचार जारी बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्