काठमाडौं– फिल्म ‘प्रसाद–२’को प्रदर्शन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। उक्त फिल्मको निर्माता बनाउन केशव पाण्डेसँग थापाले पैसा लिएका थिए। पछि सुवास थापाले पाण्डेलाई रकम फिर्ताको चेक दिएर एकल फिल्म बनाएका थिए। उक्त चेक बाउन्स भएको थियो।
चैत्र २० मा केशव पाण्डेले निर्माता सुवास थापाविरुद्ध आफ्नो रकम नदिइ फिल्म रिलिज गर्न थालिएको भन्दै रिट दायर गरेका थिए।
न्यायाधीश सुदर्शन पाण्डेले फिल्मको प्रदर्शन रोक्न अन्तरिम आदेश दिएका हुन्। फिल्म आगामी चैत्र २४ गते प्रदर्शन हुने तयारीमा थियो।
चलचित्र विकास बोर्डमा पनि पाण्डेले फिल्मको प्रदर्शन रोक्न निवेदन दिएका थिए। बोर्डले सकारात्मक प्रतिक्रिया नदिएपछि पाण्डेले थापाविरुद्ध उच्च अदालतमा रिट दायर गरेका हुन्।
फिल्मा निर्माता थापा भने यतिबेला फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।