दिल्ली– भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक भारतको दुईदिने यात्राका लागि सोमबार दिल्ली पुगेका थिए। उनलाई विमानस्थलमा स्वागत गर्न विदेशमन्त्री एस. जयशंकर उपस्थित थिए।
भुटानी राजाको भारत भ्रमण महत्वपूर्ण रहेको भन्दै जयशंकरले यसले दुवै देशको सम्बन्धमा नयाँ आयाम थप्ने बताएका छन्। भुटानी राजाको मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम छ।
उनले भारतको सुरक्षा सल्लाहकार अजीत डोभालसँग पनि भेट गरिसकेका छन्। भुटानी राजाले मंगलबार राति राष्ट्रपति द्रोपदी मुर्मूलाई पनि भेट गर्ने कार्यक्रम रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।