काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर (आईएमईसी) लाई आफ्नो प्रशासनको बलियो समर्थन रहेको बताएका छन्।
संयुक्त राष्ट्रसंघको महासभाको अवसरमा गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) र अरब राष्ट्रका नेताहरूसँगको बैठकमा ट्रम्पले इरानसँग जोडिएका मार्गमा भएका व्यावसायिक जहाजमाथिका आक्रमणले मध्यपूर्वको ऊर्जा पूर्वाधारलाई इरानी नाकाबाट बाहिर सार्नुपर्ने आवश्यकता देखाएको बताए।
उनले तेल तथा ऊर्जा आपूर्ति पाइपलाइन वा अन्य वैकल्पिक मार्गमार्फत सुरक्षित रूपमा बाहिर लैजान आईएमईसी महत्त्वपूर्ण हुने उल्लेख गरे। ट्रम्पले मध्यपूर्व दशकौँदेखि रहेका चुनौती पार गर्ने चरणमा पुगेको दाबी गर्दै अमेरिकाले क्षेत्रलाई अझ सुरक्षित र समृद्ध बनाउन आफ्ना साझेदारहरूसँग सहकार्य गरिरहेको बताए।
सन् २०२३ मा घोषणा गरिएको आईएमईसीको पूर्वी करिडोरले भारतलाई खाडी क्षेत्रसँग र उत्तरी करिडोरले खाडी क्षेत्रलाई युरोपसँग जोड्ने लक्ष्य राखेको छ। यसमा रेलमार्ग, समुद्री–रेल ट्रान्जिट नेटवर्क तथा सडक यातायात पूर्वाधार समावेश छन्। यसैबीच, ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा दिएको चेतावनी दोहो¥याउँदै इरानलाई शीघ्र सही निर्णय लिन आग्रह गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।