काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदन चलिरहँदा मोबाइल स्विचअफ गर्न सांसदहरूलाई आग्रह गरेका छन्।
मंगलबार राष्ट्रिय सभा बैठकमा उनले मोबाइल स्विचअफ गर्न सांसदहरूलाई सचेत गरेका हुन्। नेकपा (एकीकृत समाजवादी) सांसद मदनकुमारी शाह गरिमाले बोलिरहका बेला एक सांसदले मोबाइल चलाइरहेको देखेपछि अध्यक्ष तिमिल्सिनाले त्यसो नगर्न भन्नु भने।
‘माननीयज्यू मोबाइल स्विचअफ गर्नुस्’, अध्यक्ष तिमिल्सिनाले भने। सदन चलिरहेका बेला सांसदहरूलाई राष्ट्रिय सभाका अध्यक्षले सचेत गराउन सक्ने अधिकार रहेको हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।