ढाका- बंगलादेशको मुख्य कपडा बजार बंगबजारमा भिषण आगलागी भएको छ। फर्स्ट सर्विभ कन्ट्रो रुपका ड्युटी अधिकारी रफी अल फारुकले आगो बिहान ६ बजे लागेको बताएका छन्।
उक्त बजारमा चार हजारभन्दा बढी पसल छन्। आगलागिपछि सबै दमकललाई त्यहीँ केन्द्रित गरिएको छ। अहिलेसम्म ४३ गाडीले आगो निभाइरहेका छन्।
आगो आसपासको बजारमा समेत फैलिन थालेको छ। थोक र खुद्रा पसल भएको उक्त बजार प्रमुख ब्यापारिक केन्द्रमध्ये एक हो।
गत ७ मार्चमा ढाकाको सिद्दिकी बजारमा आगलागी र विष्फोट हुँदा १९ जनाको मृत्यु भएको थियो भने करोडौंको क्षति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।