काठमाडौं- फ्रान्सकी एक मन्त्रीले प्ले-ब्वाई म्यागजिनका लागि तस्बिर खिचाएकी छिन्। सामाजिक अर्थशास्त्र मन्त्री मर्लिन स्किपाले उक्त म्यागजिनका लागि तस्बिर खिचाएकी हुन्।
जुन प्ले-ब्वाई म्यागजिनको अप्रिल अंक हो। फ्रेन्च भाषाको एडिसनका लागि उक्त तस्बिर खिचाइएको हो। उनले फोटोसुट गर्ने निर्णयको भने विरोध भइरहेको छ। फ्रान्सकी प्रधानमन्त्री एलिजाबेथ बोर्नले समेत विरोध गरेकी छिन्।
उनले भनेकी छिन्, 'उनको फैसला सही होइन। खासगरी अहिलेको समयमा।' अहिले फ्रान्समा पेन्सन सुधार योजनालाई लिएर विरोध चलिरहेको छ। त्यस्तो बेला उनको निर्णय गलत रहेको प्रधानमन्त्री बोर्नको भनाइ छ।
ग्रीन पार्टीकी सांसद स्यान्डरिन रोसोले समेत प्रश्न उठाएकी छिन्। मन्त्री मर्लिनले आफ्नो उक्त निर्णय सही रहेको दाबी गरेकी छिन्।
चालीस वर्षीया स्किपा राजनीतिमा आउनु पहिले महिला अधिकारका बारेमा धेरै कलम चलाउने मध्येमा पर्छिन्। उनले 'मातृत्वका चुनौती' र 'हेल्थ र प्रेगनेन्सी' माथि धेरै लेखेकी छिन्।
सन् २०१८ मा उनी समानता मन्त्री थिइन्। उनले सडकमा हुने छेडछाडलाई गैरकानुनी बनाउने विधेयक ल्याएकी थिइन्।
सन् २०१० मा उनले एउटा किताब लेखेकी थिइन्। जहाँ धेरै 'सेक्स टिप्स' दिइएको भन्दै आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।