• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
उप–निर्वाचन

चितवन–२: रविलाई विरासत जोगाउने चुनौती, खोस्ने दाउमा कांग्रेसका श्रेष्ठ र एमालेका न्यौपाने 

64x64
नेपाल लाइभ सोमबार, चैत २०, २०७९  २१:३३
1140x725

काठमाडौं– मंसिर ४ गते भएको निर्वाचनमा पहिलो पटक प्रतिनिधि सभा निर्वाचनमा भाग लिइरहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन–२ बाट उम्मेदवार बने। उनी उम्मेदवार मात्र बनेनन् एमालेको पकड क्षेत्र मानिएको चितवन–२ बाट एमाले र कांग्रेसका उम्मेदवारलाई हराउँदै भारी मतसहित निर्वाचित भए। 

एमालेका तत्कालीन सांसद कृष्णभक्त पोखरेल र नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई ठूलो मतान्तरसहित पराजित गर्दै रवि प्रतिनिधि सभामा भित्रिए। चितवन–२ बाट ३४ हजारको मतान्तरले जित हात पारेका उनी एमालेसँगको गठबन्धन बनाउँदै प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री बने। 

गृहमन्त्री भएका उनीविरुद्ध दोहोरो नागरिकता लिएको आरोपमा सर्वोच्च अदालतमा रिट दायर भयो। उनलाई विदेशी नागरिकता हुँदाहुँदै नेपाली नागरिकता लिएको र नेपाली नागरिकता लिँदा पूरा गर्नुपर्ने प्रक्रिया पालना नगरेको आरोप लागेको थियो। उक्त रिटमा संवैधानिक इजलासले फागुन २३ गते फैसला सुनाउँदै रवि नेपाली नागरिक नभएको ठहर गर्‍यो । योसँगै उनको सांसद पद गयो। उक्त क्षेत्र रिक्त भयो। 

निर्वाचन आयोगले उक्त क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गर्‍यो। सर्वोच्चको फैसलापछि पुन: नागरिकता लिएका लामिछानेले दोस्रो पटक सोमबार चितवन–२ मा उम्मेवारी दर्ता गराएका छन्। 

सबैका आ–आफ्नै दाबी 
उक्त क्षेत्रमा लामिछानेलाई रोक्न नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई अघि सारेको छ। उनलाई माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले समेत साथ दिएका छन्।

त्यस्तै, नेकपा एमालेले यस पटक पोखरेललाई पछि हटाउँदै रामप्रसाद न्यौपानेलाई अघि सारेको छ। उनी अघिल्लो पटक चितवन–मा उम्मेदवार हुन चाहेका थिए। तर, पार्टीले उम्मेदवारी फिर्ता लिएर राप्रपालाई सर्मथन गर्ने निर्णय गरेपछि उनी पछि हटेका थिए। अन्तिम समयमा पछि हटेका न्यौपाने यस पटक क्षेत्र नम्बर २ मा उम्मेदवार भएका छन्। एमालेको बलियो संगठन भएकोले आफूले यस पटक जित्ने उनको दाबी छ।  यो क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। मनोनयन दर्ता गर्दै तीनै जना उम्मेदवारहरूले आफूले जित्ने दाबी गरेपनि कडा प्रतिस्पर्धा हुने देखिन्छ। 

उम्मेदवारी दर्ता गराउँदै रास्वपाका सभापति लामिछाने भावि पुस्ताको भविष्य सुरक्षित गर्न, राजनीतिमा शुद्धता ल्याउन, नेपालमा नै रोजगारी सिर्जना गर्न केन्द्रित हुने दाबी गरे। 

उनले आफूले यसपटक पनि जित्ने पूर्ण विश्वास रहेको भन्दै अन्तिमसम्म नतिजा कुर्नुपर्ने बताए। तपाईंको कारणले दोस्रो पटक राज्यलाई निर्वाचन गराउँदा आर्थिक भार पर्‍यो नि? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफ्नो भागमा पर्ने भार आफू लिन तयार रहेको बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले भने चितवनवासीको सेवाका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे।  चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उम्मेदवार श्रेष्ठले चितवन–२ का मतदाताले स्थानीय उम्मेदवार र सुखदुःखको साथी भएकाले आफूलाई निर्वाचित गराउने दाबी गरे। 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पनि आफूले जित हात पार्ने दाबी गरे। उनले यसपटक चितवनका जनताले सबै कुरा बुझेको भन्दै संगठनको बल र जनताको मतबाट आफू निर्वाचित हुने बताए।

यस्तो छ अंकगणित 
गत मंसिरमा सम्पन्न भएको मत हेर्दा चितवन–२ मा रास्वपा नै हाबी देखिन्छ। प्रत्यक्षतर्फ लामिछानेले ४९ हजार २ सय ६१ मत ल्याएर जित हात पारेका थिए। उनको प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९१ मत पाएका थिए। एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ४९ मत पाएका थिए। 

समानुपातिकको मत हेर्दा पनि रास्वपा अगाडि देखिन्छ। समानुपातिक मतमा रास्वपाले ३५ हजार ९ सय ४५ मत पाएको थियो। 

एमालेले १६ हजार ७ सय ८४  मत पाएको थियो भने कांग्रेसले १२ हजार १ सय ३२ मत प्राप्त गरेको थियो। त्यस्तै, माओवादी केन्द्र ८ हजार ४ सय ७, राप्रपा ३ हजार २ सय १८ र एकीकृत समाजवादी पार्टी ६१६ मत प्राप्त गरेका थिए। श्रेष्ठ हाल गठबन्धनको उम्मेदवार भएकाले गठबन्धनको मत २१ हजार बराबर देखिन्छ।  

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ?
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ?
सम्बन्धित सामग्री
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? भर्दौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै आयोगले रास्वपाका थुप्रै सांसदमाथि अनुसन्धान गरी कारबाही ग... बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनका आधार... बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस आयोगकी सदस्य डा. लिली थापाको संयोजकत्वमा बनेको समितिले २३ र २४ भदाैमा भएकाे जेन–जी आन्दोलन, त्यसअघिको घटना र त्यस दिन दिएको अभिव्यक्... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध : मानव अधिकार आयोग बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरी र सशस्त्रका आईजीपीलाई कारबाही सिफारिस, अरु को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
ओली, लेखक र गुरुङलाई भुतप्रभावि कानून बनाएर दण्डित गर्न मानवअधिकार आयोगको सिफारिस बुधबार, जेठ १३, २०८३
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न सिफारिस बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्