• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

चिनियाँको अनलाइन ठगी धन्दा: मासिक १० हजारमा नेपालीको खाता किनेर करोडौं ठगी

सप्लायर्सदेखि ग्राहक र प्रहरी समेत बने चिनियाँ
64x64
नारायण अधिकारी बुधबार, चैत १५, २०७९  १७:२५
1140x725
प्रहरीले सार्वजनिक गरेपछि त्यसको विरोधमा प्रहरी कार्यालयमै लडिबुडी गर्दै चिनियाँ।

काठमाडौं- नेपालमा ठगी धन्दा चलाएको आरोपमा ९ चिनियाँ नागरिकसहित १९ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो। 

उपत्यकाका तीन ठाउँमा अफिस नै खडा गरेर अनलाइनमार्फत ठगी हुने गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो। ९ चिनियाँलाई सहयोग गरेको आरोपमा १० नेपाली नागरिक पनि पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरुमा दोलखाको शैलुङगेश्वर गाउँपालिका–३ का ४६ वर्षीय बुद्धिराज श्रेष्ठ, नुवाकोटको शिवपुरी गाउँपालिका–५ का २९ वर्षीय इन्द्र तामाङ, सोही गाउँपालिका ६ का ३६ वर्षीय राजकुमार लामा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–२ का २५ वर्षीय प्रयास भण्डारी, दोलखाको बैतेश्वर गाउँपालिका–२ का २६ वर्षीय अर्जुन श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका–४ कि ३४ वर्षीया रविना सुनुवार, लमजुङको दुधपोखरी गाउँपालिका–६ कि ३४ वर्षीया सुनिता गुरुङ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ कि २२ वर्षीया कृष्टिना भनिने जमुना गोले, उदयपुरको गाईघाट नगरपालिका–११ कि १९ वर्षीया अनिता मगर र गोरखाको चुमनुब्री गाउँपालिकाकी २० वर्षीया अनु गुरुङ छन्।

त्यसैगरी चिनियाँ नागरिकहरुमा इजे ३४४५२७४ नम्बरको राहदानी वाहक ३३ वर्षीय हाङ हुवानरुङ, इजे ६८४३५५२ नम्बरको राहदानी वाहक ३६ वर्षीय छु फुक्सिङ, इएफ ९६०२९८४ नम्बरको राहदानी वाहक ३४ वर्षीय लान छिङहुई, ४० वर्षीय सि गुओ ई, २९ वर्षीय सि सुहाङ डी, ३१ वर्षीय ग्वो मिङ, ३१ वर्षीय इहो पिङ भिङ, ३० वर्षीय छिन दुर लिन र इसी ०१६७२३६ नम्बरको राहदानी वाहक ३९ वर्षीय लि जिआन हाङ छन्। 

उनीहरुबाट विभिन्न कम्पनीका ल्यापटप १२ थान, मोबाइल ७७ थान, सिमकार्ड ७४ थान, राहदानी ६ थान, ४ लाख १ हजार ८८० नेपाली रुपैयाँ, डेस्कटप २ थान र  राउटर ४ थान बरामद भएको पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ।

सप्लार्यसदेखि कस्टमर र प्रहरी समेत आफैं बनेर ठगी 
चिनियाँ नागरिकले अनलाइन सपिङ एप बनाउने, ह्वाट् एप ग्रुपमा नेपालीहरुलाई ज्वाइन गर्ने र अनलाइनमै सामान खरिददेखि बिक्रीसम्म गर्न सकिने र त्यसवापतको कमिसन समेत तत्काल प्राप्त हुने भन्दै ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी तथा प्रमुख डाक्टर मनोज केसीले बताए।

एक पक्ष ठूलो होलसेल सप्लायर्स बन्ने, अर्को पक्षले होलसेल सप्लायर्सबाट सामान खरिद गर्ने र तेस्रो पक्ष ग्राहकलाई बिक्री गर्ने र त्यसवापत होलसेलबाट किनेर तेस्रो पक्ष ग्राहकलाई बिक्री गर्नेले राम्रो मुनाफा पाउन सक्ने विश्वासमा पारेर ठगी गर्दै आएको पाइएको छ।

336561213_591432466335811_3499532762668037260_n1680089886.jpg
चिनयाँलाई सघाएको आरोपमा पक्राउ परेका १० नेपाली नागरिक ।

चिनियाँ नागरिक आफैं सामानको होलसेल डिलरवाला भएको बन्ने र आफैं सामान खरिद गर्ने ग्राहक समेत भएको बन्ने गरेका थिए। नेपाली नागरिकलाई भने दोस्रो पक्ष होलसेल सप्लायर्सबाट सामान किन्ने र तेस्रो पक्ष ग्राहकलाई बेच्ने र त्यसवापत कमिसन पाउने भन्दै अनलाइनमा यी सबै चिजहरु देखिने सिस्टम समेत बनाइएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली दोस्रो पक्ष बनेर सामान किन्न अनलाइनमार्फत रकम हाल्ने गरेका थिए। सुरुमा थोरै रकम किनेर बेच्नेहरुको खातामा चिनियाँ नागरिकले कमिसन वापतको रकम भनेर समेत पठाउने गरेका थिए। सुरुमा सामान किनेर बेचेपछि कमिसन आएकाले थप विश्वास हुँदै ठूलो रकमको सामान खरिद गर्न भन्दै रकम हालेपछि भने उनीहरुले ठगी गर्ने गरेको खुलेको छ। 

सामान खरिदका लागि भन्दै ठूलो रकम हालेपछि अनलाइन सिस्टममै चिनियाँ नागरिक आफैं प्रहरी बनेर म्यासेज गर्ने गरेको पाइएको छ। ‘तपाईंहरु अवैध अनलाइन सपिङ गर्दै हुनुहुन्छ। हामी प्रहरी हौं तपाईंहरुको सबै विवरण पाइसकेका छौं’ भन्ने आसयको म्यासेज मोटो रकम आएपछि चिनियाँ नागरिक आफैंले पठाउने गरेका थिए। 

यसरी प्रहरीले थाहा पायो भनेपछि ठगिएका पीडितले प्रहरी समक्ष खबर नगरुन् भन्ने आशय चिनियाँ नागरिकको रहेको देखिएको एसएसपी केसीले बताए। 

यसरी चिनियाँले अनलाइन सपिङ एप बनाएर आफैं नक्कली होलसेल सप्लायर्स बन्ने, आफैं नक्कली ग्राहक बन्ने र आफैं नक्कली प्रहरी बनेर ठगी गर्ने गरेको पाइएको छ। अनलाइन सिस्टममा उनीहरुले सामान खरिद भएको विभिन्न देशहरु हुँदै जहाजमार्फत सामान आएको/गएको देखिने सिस्टम बनाएको, खरिदकर्ताले खरिद गरेको देखिनेसम्मका झुटा सूचनाहरु उनीहरुले उक्त एपमार्फत जानकारी गराउने गरेका थिए। 

Xtrem

Xtrem

एकै व्यक्तिको ४८ लाख झ्वाँम
चिनियाँको जालोमा परेर एकै व्यक्तिले ४८ लाख रुपैयाँसम्म सकेको पाइएको छ। विभिन्न ४ वटा खातामार्फत भएको आदानप्रदानको विवरण अनुसार १ करोड ६४ लाख रुपैयाँ ठगी भएको पाइएको छ। 

प्रहरी थप संकास्पद १० वटा बैंक खाताहरुको विवरण पनि मगाएर अनुसन्धान गर्दैछ। जसअनुसार १० करोड भन्दा बढी ठगी भएको हुनसक्ने आशंका गरिएको छ। यसरी छोटो समयमा उनीहरुले करोडौं रुपैयाँ नेपाली नागरिकहरुबाट ठगी गरेको पाइएको हो। 

मासिक १० हजार नेपालीको खाता खरिद 
ठगिएको रकमहरु जम्मा गर्नका लागि उनीहरुले नेपालीहरु खरिद गरेको पाइएको छ। मासिक १० हजार रुपैयाँ दिएर उनीहरुले नेपालीहरुको बैंक खाता प्रयोग गर्ने गरेको पाइएको छ। 

राजकुमार लामा, बुद्धिराज गुरुङ, इन्द्र तामाङ र प्रयास भण्डारीहरुको एनआईसी एसिया बैंकको खाता प्रयोग गरेर उनीहरुले ठगी गरेको रकम आदानप्रदान गर्ने गरेको पाइएको छ। 

मासिक १० हजार रुपैयाँ दिएपछि यी व्यक्तिहरुको मोबाइल बैंकिङ एपदेखि एटीएम कार्डसम्म चिनियाँ नागरिकले लिने गरेका थिए। 

पछि रकम निकाल्ने भने उनीहरुले बैंक खातावालाहरुलाई नै प्रयोग गरेको पाइएको छ। उनीहरुले एटीएम तथा चेकमार्फत रकम निकालेर चिनियाँलाई बुझाउने गरेका थिए। त्यसवापत चिनियाँ नागरिकले उनीहरुलाई मासिक १० हजार रुपैयाँ दिने गरेको खुलेको हो। 

नेपाली र चिनियाँ नागरिकलाई जोड्ने काम भने हाल पक्राउ परेका अर्जुन श्रेष्ठले गर्ने गरेको खुलेको छ। नेपालीलाई प्रयोग गर्ने र रकम निकालेर सम्बन्धित ठाउँसम्म पुर्‍याउने जिम्मा पाएका श्रेष्ठलाई चिनियाँले स्कुटर समेत किनेर दिएको खुलेको छ। 

पक्राउ परेका नेपाली युवतीहरुले भने चिनियाँको निर्देशन अनुसार अनलाइन एप तथा ह्वाट्स एप ग्रुपमा होलसेलरदेखि ग्राहकसम्म बनेर च्याट गर्ने गरेको खुलेको छ। 

५ चिनियाँको पासपोर्ट नै छैन, ३ महिनादेखि ओभर स्टे 
पक्राउ परेका ९ चिनियाँ नागरिकमध्ये ५ जनाको पासपोर्ट समेत नभेटिएको प्रहरीले जनाएको छ। पासपोर्ट नभएकाहरुले भने विभिन्न बहाना बनाएर हराएको बताउने गरेका छन्। 

अर्कोतफ भने उनीहरुमध्ये २ जना बाहेक ७ जना ओभर स्टेमा रहेको समेत पाइएको छ। एक महिनादेखि ३ महिनासम्म ओभर स्टेमा बसेर उनीहरुले आपराधिक धन्दा चलाएको पाइएको छ।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेन्टभित्र लुकाएर ल्याइएको ५३५ ग्राम सुनजस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ परेका छन्। बिहीबार, असोज ८, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई यससम्बन्धी निर्देशन पठाएको छ। मन्त्रालयले सुरक्षा... बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान सीआईबीका अनुसार १५६ जनालाई इजरायल पठाइदिने भन्दै चौलागाईं र सिवाकोटीले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुल... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्