काठमाडौं- परिणिती चोपडा र आम आदमी पार्टीका सांसद् राघव चड्डाको प्रेमबारे चर्चा चलेको छ। उनीहरुले आधिकारिक रुपमा नखुलाए पनि आम आदमीकै अर्का सांसद सञ्जीव अरोडाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका हुन्।
मंगलबार अरोडाले ट्विटमार्फत राघव र परिणितीको तस्बिर सार्वजनिक गर्दै बधाई दिएका छन्। उनले लेखेका छन्, 'म तपाईंहरु दुवैलाई हार्दिक बधाइ दिन्छु।'
उनले एकअर्काबीचको प्रेम सम्बन्ध आनन्दमय रहोस् भन्दै शुभकामना समेत दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।