काठमाडौं– उपेन्द्र सुब्बा निर्देशित सिनेमा 'जारी'को पहिलो गीत रिलिज भएको छ।
'चरी बस्यो' बोलको गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ। जारीको सार्वजनिक गीतककोे भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोक झोक प्रस्तुत गरिएको छ।
आगामी वैशाख १ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गीतले दर्शकको मन जित्ने देखिन्छ।
जारी प्रथामा आधारित सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ। ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन्। सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ।
सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ।
सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन्।
बाँसुरी फिल्मस्को प्रस्तुति र कबड्डी फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा सिर्जना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह–निर्माताको रुपमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।