• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सरकारले घटायो बजेट: सेती अस्पतालमा सिकलसेल परीक्षण गर्न १ हजार शुल्क

64x64
शेरबहादुर ऐर आइतबार, चैत १२, २०७९  १०:००
1140x725
सेती प्रादेशिक अस्पताल (फाइल तस्बिर)

धनगढी– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले नि:शुल्क रुपमा प्रदान गर्दै आइरहेको सिकलसेल एनिमियाको परीक्षणका लागि अब बिरामीले शुल्क तिर्नुपर्ने भएको छ। प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाएको र अस्पतालको आम्दानीमा कमी आउँदा बिरामीले शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएको हो। सिकलसेल एनिमियाका बिरामीले यसअघि अस्पतालबाट नि:शुल्क सेवा पाउँदै आएका थिए। 

सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दा सेती, महाकाली र टीकापुर अस्पतालमा हेमोफिलिया, सिकलसेल एनिमिया, थालासेमिया जस्ता रोगको उपचारको लागि निःशुल्क परीक्षण र औषधि उपलब्ध गराउने व्यवस्था मिलाइएको बताएका थिए। साथै समुदायस्तरमा नै सिकलसेल एनिमियाको जाँच तथा परीक्षणको लागि पर्याप्त बजेटको व्यवस्था गरेको रावलले घोषणा गरेका थिए। 

तर, सेती प्रादेशिक अस्पताल प्रशासनले भने सिकलसेल परीक्षण गर्न आउने सेवाग्राहीबाट प्रतिव्यक्ति १ हजार रुपैयाँ रकम लिनुपर्ने अवस्था आएको बताएको छ। ‘६ वर्षसम्म हामीले परीक्षण नि:शुल्क गरेका थियौं, अहिले मन्त्रालयबाट बजेट नआएपछि शुल्क लिने निर्णय गरेको हो,’ अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा हेमराज पाण्डेले भने, ‘नेपाल सरकारले नि:शुल्क गर भनेको थिएन। अस्पताल प्रशासनले नै आम्दानीका आधारमा नि:शुल्क परीक्षण गरिरहेको थियो।’ 

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर नि:शुल्क परीक्षण गराउने व्यवस्था गरेको थियो। आम्दानीको स्रोत घटेसँगै परीक्षण गर्दा १ हजार तोकिएको मेसु पाण्डेको भनाइ छ। 

‘यसको सोध भर्नाका लागि झन्डै ७० देखि ७५ लाख रुपैयाँसम्म आवश्कता पर्छ। त्यो बजेट पनि सकिएको छ। अहिले यसको परीक्षणको दायरा साँघुरो बनेको हो,’ मेसु पाण्डेले भने। 

सेती प्रादेशिक अस्पतालमा सिकलसेलका ८४५ जना बिरामीले अहिले नियमित सेवा लिइरहेका छन्। उनीहरुले पाउनुपर्ने औषधि उपचार भने नि:शुल्क प्रदान भइरहेको मेसु पाण्डेले जानकारी दिए।

उपचार तथा औषधि नि:शुल्क भनिए पनि परीक्षणमै महङ्गो शुल्क तिर्नुपर्ने भएपछि बिरामी पहिचानको दायर साँघुरो बनेको छ। 

‘सिकलसेलको परीक्षणको दायरा जति बढ्यो त्यति नै बिरामीको पहिचान दर पनि बढ्छ। यसका लागि परीक्षण निःशुल्क हुनुपर्छ,’ सेती प्रादेशिक अस्पतालमा मेसु पाण्डे भन्छन्, ‘तराईमा थारु समुदायमा सिकलसेल रोग भयावह अवस्थामा छ। परीक्षणको दायरा बढाएमा मात्र यसको न्यूनिकरण गर्न सकिन्छ। तर यसका लागि परीक्षण नै नि:शुल्क गरिनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

सिकलसेल परीक्षण मात्र नभइ सेती प्रादेशिक अस्पतालले सञ्चालन गरेको सामाजिक सेवा कार्यक्रम पनि प्रभावित भइरहेको अस्पताल व्यवस्थापनले जनाएको छ। प्रदेश सरकारले अस्पताललाई गत आर्थिक वर्षमा उपलब्ध गराएको बजेटको तुलनामा चालु आर्थिक वर्षको बजेट घटाएको छ। 

प्रदेश सरकारले सामाजिक इकाइ सेवाका लागि अस्पताल प्रशासनलाई गत आर्थिक वर्षमा ४ करोड बजेट उपलब्ध गराएको थियो। तर, चालु आर्थिक वर्षमा बढाउनुभन्दा थप घटाइँदा वडाबाट सिफारिस भएर आएका बिरामीको उपचार गराउन अस्पतालले रोकेको जनाएको छ।

‘लक्षित समूह र बिपन्न समुदायका लागि मासिक ४० लाख रुपैँया आवश्कता पर्छ,’ अस्पतालका अध्यक्ष निर्मल शाहले भने, ‘तर मन्त्रालयले उपलब्ध गराएको बजेट ६ महिनामै सकिएको हुँदा नयाँ सिफारिस भएर आएका बिरामीहरुको उपचार गराउन सकिरहेका छैनौँ।’

सामाजिक सेवा कार्यक्रमलाई नियमितता दिन अस्पताललाई ४ करोड रुपैयाँ बराबर बजेट आवश्यक पर्ने भए पनि मन्त्रालयले १ करोड ६९ लाख मात्रै उपलब्ध गराएको जनाएको छ। ‘वडाबाट सिफारिस लिएर आउने बिरामीको उपचारमा १० हजार रुपैयाँसम्मको छुट थियो। त्यसलाई पनि हामीले बाध्यकारी भएर रोकेका छौं,’ अध्यक्ष शाहले भने, ‘सेवालाई अहिले सुरु गर्न नसकेको भनेर सूचना निकालेका छौँ।’

Xtrem

Xtrem

उनले संघ र प्रदेश सरकारसँग बजेट माग गरेको भए पनि सुनुवाइ नभएको बताए। ‘हामीले थप ३ करोड २० लाख रुपैँया माग गरेका छौं,’ उनले भने, ‘यो रकम उपलब्ध भएलगत्तै पुनः लक्षित र विपन्न समुदायको उपचारलाई निरन्तरता दिइने छ।’ 

संघ र प्रदेश सरकारले बजेट घटाउनुका साथै अस्पतालको आन्तरिक आम्दानी पनि घटेको छ। जसकारण अस्पताल सञ्चालनका लागि प्रशासनले अन्य सेवामा पनि शुल्क लगाउने सोच अघि बढाएको छ।

अस्पतालका अध्यक्ष शाह भन्छन्, ‘अस्पतालले सटर भाडामा दिँदा प्रशासन सञ्चालनमा केही राहात पुगेको थियो। अहिले सडक चौडा गर्दा ती सटरहरु फुटेका छन् भने त्यहाँबाट आउनुपर्ने रकम पनि रोकिएको छ।’

अस्पताललाई आफ्नै कर्मचारी पाल्न धौ–धौ परिरहेको उल्लेख गर्दै अध्यक्ष शाहले निःशुल्क उपचार गर्न सक्ने अवस्था नरहेको बताए। ‘अस्पताल सञ्चालनका लागि अन्य सेवामा पनि शुल्क लगाउनेबारे छलफल भईरहेको छ,’ शाहले भने। 

अस्पतालले स्वास्थ्य बिमाबाट प्राप्त हुने रकम पनि पाउन नसकेको उनी बताउँछन्। उनले भने, ‘स्वास्थ्य बिमाको पैसा रोकिएको छ। झण्डै ३ करोड रुपैँया बिमाबाट आउन सकेको छैन। यसको मार सामाजिक स्वास्थ्य सेवा कार्यक्रममा परेको छ।’

उनका अनुसार अस्पतालले भाडामा लगाएको सटरबाट ३ करोड बढी रकम उठ्न सकेको छैन्। ‘सटर भाडामा भएकाहरु केही भागेका छन् भने केहीले बुझाउन आनाकानी गरेका छन्,’ उनले भने, ‘सटरभाडा मात्रै पनि उठ्न सकेको भए हामीले केही सेवा अस्पतालको तर्फबाट सञ्चालन गर्ने थियौँ।’

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असोज १०, २०८३
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्