• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री प्रचण्ड

64x64
नेपाल लाइभ शनिबार, चैत ११, २०७९  १३:३७
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्त्व दिएको बताएका छन्। 

शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७औं प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने गरेको बताए।

‘मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्त्व दिएको छु। तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट नै तपाईंहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।’

यस्तो छ प्रधानमन्त्रीको सम्बोधन :
राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल कराते महासंघको ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिता आयोजना गर्नुभएकोमा यहाँहरू सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। सर्वप्रथम प्रतियोगिता सफलताको शुभेच्छासहित सम्पूर्ण खेलाडीहरूको उत्तरोत्तर प्रगति र उज्जवल भविष्यको कामना गर्दछु।

२०३८ सालबाट औपचारिक रूपमा भएर ७७ जिल्लामा नै संस्थागत संरचना निर्माण भई लाखौँ खेलाडीहरू आवद्ध रहेको कराते खेल देशका लागि मात्र नभएर अन्तर्राष्ट्रिय गौरवको विषयसमेत बनेको छ। अन्तर्राष्ट्रिय मेडलमा कीर्तिमानी हासिल गरेका सफल कराते खेलाडीहरूको कुम्भमेलाका रूपमा यस कार्यक्रमको आयोजना हुनुले करातेको विकास र खेलाडीहरूको प्रोत्साहनमा महत्वपूर्ण सफलता मिल्ने मैले विश्वास लिएको छु।

Ncell 2
Ncell 2

विगत १० वर्षदेखि तदर्थ समितिकै रूपमा कार्यसञ्चालन गर्दै आएको करातेको अधिवेशनको आयोजना हुनु आफैमा गौरवको विषय हो। यस खालको कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ र करातेका संस्थापकमध्येका एक पूर्व सदस्य सचिव युवराज लामाले जुन पहलकदमी लिनुभयो, त्यसका लागि हार्दिक धन्यवाद तथा बधाइ व्यक्त गर्दछु।

यस कार्यक्रम कराते प्रशिक्षकहरूको महान् पर्व मात्र नभएर नयाँ खेलाडी उत्पादनको उर्भर “नर्सरी”समेत हुने मेरो विश्वास छ। विश्वास छ– आजदेखि कराते संघका गतिविधिमा थप तीव्रता आउनेछ, संस्थागत कार्य थप व्यवस्थित हुनेछन्। लाखौँ खेलाडीहरूको भविष्य निर्माणका निम्ति संघले थप प्रभावकारी भूमिका खेल्नेछ। त्यसका निम्ति तपाईहरूलाई अग्रिम बधाइ व्यक्त गर्दछु।

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो। खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ। आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ। नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न, संस्थागत एवं संरचनागत विकास र खेलाडीहरूको वृत्तिविकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ। 

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ। यस सन्दर्भमा खेल क्षेत्रको विकासका निम्ति सरकारको तर्फबाट गरिने प्रयासमा यहाँहरूको दर्बिलो साथ र सहयोगको समेत अपेक्षा गरेको छु।

मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु। तीन महिनाको अवधिमा मैदानमै पुगेर खेलाडीलाई हौसला बढाउनेदेखि प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने, खेल क्षेत्रका कार्यक्रमहरू उपस्थित भएर सम्बोधन गर्ने र खेल क्षेत्रसँग सम्बन्धित पदाधिकारीहरूलाई बोलाएर खेल क्षेत्रको विकास, खेलाडीहरूको भविष्य निर्माण र भविष्य खेल क्षेत्रमा देशको उचाइ कसरी बढाउन सकिन्छ भन्नेबारे निरन्तर सम्वाद र अन्तरक्रिया गर्दै आइरहेको छु। यसबाट नै तपाईहरूलाई प्रष्ट हुन्छ– वर्तमान सरकार र यसको नेतृत्व युवाहरूको भविष्य निर्माणमा सबैभन्दा प्रतिवद्ध र इमानदार छ।

अन्त्यमा ७ औँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समुद्घाटन भएको घोषणा गर्दै खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका निम्ति वर्तमान सरकार सबै प्रकारका सहयोग गर्न तत्पर रहेको पुनः स्मरण गराउँदै कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु, धन्यवाद। 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १३:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग
राष्ट्रिय सभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान हुने
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
अण्डाको माग बढेसँगै मूल्य पनि बढ्यो आइतबार, माघ ११, २०८२
तनहुँमा निर्वाचन प्रहरीका लागि पुनः दरखास्त माग आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभा सदस्य निर्वाचन: आज सातै प्रदेशमा मतदान हुने आइतबार, माघ ११, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
पुँजीबजारको भविष्य सुरक्षित गर्न दीपेन्द्र अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्