• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रोजगार हकसम्बन्धी विधेयक मन्त्रिपरिषद् बैठकबाट पारित, सय दिने रोजगारीको ग्यारेन्टी (पूर्णपाठ)

64x64
नेपाल लाइभ आइतबार, भदौ ३, २०७५  १३:२२
1140x725

काठमाडौं- सरकारले आन्तरिक श्रम बजार र वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न रोजगारीको हकसम्बन्धी व्यवस्था गर्न मन्त्रिपरिषद् बैठकबाट विधेयक पारित गरेको छ। उक्त विधेयक छलफलका लागि संसदमा लैजान लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिइको छ।

सरकारले विधेयकमार्फत चालु आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीको ग्यारेन्टी गर्न भएको छ। काममा संलग्न नभएको वा कम्तीमा विधेयकमा व्यवस्था भएअनुसार आय आर्जन नहुने स्वरोजगारमा संलग्न नरहेको १८ देखि ५९ वर्ष उमेर समूहको नागरिकलाई रोजगारीको ग्यारेन्टीका गर्न विषयलाई श्रम मन्त्रालयले विधेयकमा प्रस्ताव गरेको छ। न्यूनतम रोजगार आर्थिक वर्षमा उपलब्ध गराइने भएको जनाइएको छ।

सिप शिक्षा, योग्यताका आधारमा सबै नागरिकलाई आधारभूत रोजगारी दिने योजना सरकारको रहेको मन्त्रालयको भनाइ छ।  

मन्त्रालयले विधेयकमा रोजगारी नभएका युवालाई बेरोजगार निर्वाह भत्तासहितका रोजगारीका अवसर उपलब्ध गराउने विषयलाई विधेयकमा अघि सारेको छ। मन्त्रालयले रोजगार सूचना केन्द्र खोलेर आन्तरिक श्रम बजारमा रहेका रोजगारीका सम्भावानाको खोजी गर्ने विषयलाई  प्राथामिकतामा राखेको छ।

सरकारले उक्त विधेयकमार्फत नै बाध्यताकारी वैदेशिक रोजगारीको अन्त्य गर्न प्रधानमन्त्री रोजगार कार्याक्रम सञ्चालनमा ल्याउने भएको छ।  रोजगारसम्बन्धी कार्याक्रम सञ्चालनमा ल्याउन विधेयक संसदबाट पारित भएर आउनुपर्ने मन्त्रालयको भनाइ छ।   


विधेयकको पूर्णपाठ 

रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावनाःप्रत्येक नागरिकलाई रोजगारीको हक सुनिश्चित गर्न, आफ्नो क्षमता अनुसारको रोजगारीछनौट गर्ने अवसर प्रदान गर्नतथा रोजगारीको शर्त, अवस्था तथा बेरोजगार सहायता सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,संघीय संसदले यो ऐन बनाएको छ ।
परिच्छेद–१
प्रारम्भिक

ज्ञ।    संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “रोजगारीको हक सम्बन्धी ऐन, २०७५” रहेको छ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
द्द।    परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,
(क)     “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्र्तगत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ । 
(ख)      “निर्वाह भत्ता” भन्नाले दफा २२ बमोजिमको निर्वाह भत्ता सम्झनु पर्छ । 
(ग)      “न्यूनतम रोजगार” भन्नाले यस ऐन बमोजिम एक आर्थिक वर्षमा उपलब्ध गराइने कम्तीमा एकसय दिनको न्यूनतम रोजगार अवधि सम्झनु पर्छ ।
(घ)    “परिवार” भन्नाले एकासगोलमा बस्ने पति, पत्नी, अविवाहिता छोरा छोरी अविवाहिता धर्मपुत्रधर्मपुत्री, बाबु, आमा वा सौतेनी आमा सम्झनु पर्छ  र सो शब्दले निज आफैंले पालन पोषण गर्नु पर्ने हजुरबुबा र हजुरआमालाई समेत जनाउँछ  । 
(ङ)    “बेरोजगार व्यक्ति” भन्नालेएक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारमा संलग्न नभएको वा कम्तीमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नरहेको अठार वर्ष देखि उनान्साठी वर्ष उमेर समूहको नागरिक सम्झनु पर्छ ।
(च)    “बेरोजगार सहायता” भन्नाले बेरोजगार व्यक्तिलाई उपलब्ध गराइने दफा २० बमोजिमको सहायताकार्यक्रम सम्झनु पर्छ ।
(छ)    “मन्त्रालय” भन्नाले नेपाल सरकारकोश्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ ।
(ज)     “स्वरोजगार” भन्नाले आप्mनो श्रम, सीप, ज्ञान र पूँजीको परिचालन गरी कुनै वस्तु वा सेवाको उत्पादन, त्यस्तो वस्तु वा सेवाको व्यापार वा कुनै उद्योग वा व्यापार व्यवसाय सञ्चालन वा त्यस्तै कुनै उद्यम वा आय आर्जन गर्ने कार्य सम्झनु पर्छ ।
(झ)     “रोजगारदाता” भन्नालेबेरोजगार व्यक्तिलाई यस ऐन बमोजिम रोजगार दिनेनेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र अन्तर्गतका कार्यालय तथा निकाय रसार्वजनिक संस्थान तथासंगठित संस्था, उद्योग, प्रतिष्ठान तथा कानून बमोजिम दर्ता भएका रोजगारमूलक संस्थासम्झनु पर्छ र सो शब्दले निजी रोजगारीका अवसर उपलब्ध गराउने व्यक्तिलाई समेत जनाँउछ ।
(ञ)     “रोजगार सेवा केन्द्र” भन्नाले बेरोजगार व्यक्तिको सूचना संकलन, रोजगारीका अवसरहरुको पहिचान र सूचना प्रवाह,रोजगारदाताको लागि श्रमिक उपलब्धताको जानकारी र रोजगारसम्बन्धी अन्य सेवा प्रदान गर्नदफा १० बमोजिम स्थापना भएको रोजगार सेवा केन्द्र सम्झनु पर्छ ।
(ट)     “समिति” भन्नाले दफा १७बमोजिमको निर्देशक समिति सम्झनु पर्छ ।
(ठ)      “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।

nimb
nimb
Ncell 2
Ncell 2

परिच्छेद–२
रोजगारीको अधिकार 

घ।    रोजगारीको अधिकारः (१) प्रत्येक नागरिकलाई रोजगारी पाउने अधिकार हुनेछ । 
(२)उपदफा (१) को प्रयोजनको लागि प्रत्येक नागरिकलाई यो ऐन वा प्रचलित कानूनको अधीनमा रही उचितश्रमअभ्यासकोे अधिकार हुनेछ ।
द्ध।    रोजगारी छनौट गर्ने अधिकारः (१) प्रत्येक नागरिकलाई आफूले चाहेको रोजगारी छनौट गर्न पाउने अधिकार हुनेछ । 
(२) प्रत्येक नागरिकलाई यो ऐन र प्रचलित कानूनको अधीनमा रही योग्यता र क्षमता अनुसारस्वेच्छाले रोजगार गर्न पाउने र त्यस्तो रोजगारी छोड्न वा परिवर्तन गर्न पाउने अधिकार हुनेछ ।
(३) कसैले पनि कुनै नागरिकलाई निजको इच्छा विपरीत वा निजले नचाहेको रोजगारी गर्न वा त्यस्तो रोजगारीमा लगाउन वा जबरजस्ती गर्न वा बाध्य बनाउन हुँदैन ।  
छ।    बेरोजगार सहायता पाउने अधिकारः प्रत्येक बेरोजगार व्यक्तिलाई यस ऐनबमोजिम बेरोजगार सहायता पाउने अधिकार हुनेछ । 
ट।    भेदभाव गर्न नहुनेः कसैले पनि बेरोजगार व्यक्तिलाई रोजगार दिने सम्बन्धमा प्रचलित कानूनले कुनै खास वर्ग वा समुदायको लागि विशेष व्यवस्था गरेको अवस्थामा बाहेक त्यस्तोव्यक्तिको उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिङ्ग, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै कुनै आधारमा भेदभाव गर्न हुँदैन।
ठ।    रोजगारीबाट हटाउन नपाइनेः (१) रोजगारीमा रहेको व्यक्तिलाई कानून बमोजिम बाहेक बिना कारण रोजगारीबाट हटाउन पाइने छैन ।
        (२) रोजगारीमा रहेको व्यक्तिलाई लागू हुने सेवा शर्त सम्बन्धी कानून बमोजिम बाहेक रोजगारीबाट हटाएमा त्यसरी हटाइएकोव्यक्तिले आफू रोजगारीमा कायमै रहनको लागि कारण सहित सम्बन्धित रोजगार सेवाकेन्द्रमानिवेदन दिन सक्नेछ । 
(३) उपदफा (२) बमोजिम निवेदन प्राप्त भएमा रोजगार सेवा केन्द्रले रोजगारीमा रहेको व्यक्तिलाई रोजगारबाट हटाउनु पर्नाको कारणबारे आवश्यक जाँचबुझका लागि सम्बन्धित स्थानीय तहमापठाउनु पर्नेछ । 
(४) उपदफा(३) बमोजिम पठाएको निवेदन उपर आवश्यक जाँचबुझ गर्दा बिना कारण रोजगारबाट हटाइएको देखिएमा निवेदकलाई काममा लगाई राख्न रोजगारदातालाई सम्बन्धित स्थानीय तहले निर्देशन दिन सक्नेछ ।
ड।    रोजगार कार्यक्रमसञ्चालन गर्ने ः (१) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहले यो ऐन प्रारम्भ भएपछि बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार प्रदान गर्न आवश्यक रोजगार कार्यक्रमसञ्चालन गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कार्यक्रम सञ्चालन सम्बन्धीअन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।
ढ।    निर्णय गर्ने अधिकारः  कुनै व्यक्ति बेरोजगार हो वा होइन भन्ने सम्बन्धमा प्रश्न उठेमा सो कुराको निर्णय तोकिए बमोजिमको आधारमा सम्बन्धित स्थानीय तहले गर्नेछ । 

परिच्छेद–३
रोजगार सेवाकेन्द्र

ज्ञण्।    रोजगार सेवा केन्द्रः (१)नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरीस्थानीय तह मातहत रही कार्य गर्नेगरीप्रत्येक स्थानीय तहमाएक रोजगार सेवा केन्द्र स्थापना गर्नेछ ।
(२) रोजगार सेवा केन्द्रको कामको संघीय तहबाट निर्देशन, समन्वय र सहजीकरण गर्ने जिम्मेवारी मन्त्रालयको हुनेछ ।
(३) उपदफा (१) बमोजिमको रोजगार सेवा केन्द्र सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । 
ज्ञज्ञ।    निवेदन दिनु पर्नेः(१) यस ऐन बमोजिम न्यूनतम रोजगारमा संलग्न हुन चाहने बेरोेजगार व्यक्तिले आफूसँग भएको सीप, योग्यता वा क्षमता उल्लेख गरी तोकिए बमोजिमको अवधिभित्र तोकिए बमोजिमको ढाँचामा सम्बन्धित रोजगार सेवा केन्द्रमा आफ्नो विवरण सहित निवेदन दिन सक्नेछ । 
(२)उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर रोजगार सेवा केन्द्रले आवश्यक जाँचबुझ गरी वास्तविक बेरोजगार व्यक्तिको सूचीतयार गरी अद्यावधिक अभिलेख राख्नु पर्नेछ ।
ज्ञद्द।    जानकारी दिनु पर्नेः (१)रोजगार सेवा केन्द्रमा दफा ११ बमोजिम निवेदन दिएको कुनै व्यक्ति दफा १६ बमोजिम रोजगारीको लागि सिफारिस नहुँदै निजी प्रयासमा अन्यत्र कतै रोजगारीमा संलग्न भएमा वा स्वरोजगारमा लागेमा वा यस ऐन बमोजिमप्रदान गरिने रोजगारीमा सहभागी हुन वाबेरोजगार सहायता प्राप्त गर्न इच्छुक नरहेमा सो कुराको जानकारी निजले यथाशीघ्र रोजगार सेवा केन्द्रलाई दिनु पर्नेछ । 
(२) उपदफा (१) बमोजिम कसैले जानकारी गराएमा रोजगार सेवाकेन्द्रले त्यस्तो व्यक्तिको नाम बेरोजगार व्यक्तिको सूचीकोअभिलेखबाट हटाउनुपर्नेछ । 
ज्ञघ।    रोजगारदाताको विवरण राख्नु पर्नेः (१) रोजगार सेवा केन्द्रले आफ्नो क्षेत्रभित्र रहेका रोजगारदाताको सूची अद्यावधिक गरी राख्नु पर्नेछ । 
(२) उपदफा (१) बमोजिम सूची अद्यावधिक गर्ने कार्यमारोजगार सेवा केन्द्रलेस्थानीय तहको अतिरिक्तकुनै सरकारी वा गैरसरकारी निकाय वा संघ संस्थालाई सम्बन्धित स्थानीय तहभित्रका रोजगारदातालाई माग गरिए बमोजिमको विवरण उपलब्ध गराउन लेखी पठाउन सक्नेछ । 
(३) उपदफा (२) बमोजिम रोजगार सेवा केन्द्रबाट लेखी आएमा सम्बन्धित सबै निकायले  आफू अन्र्तगतका रोजगारदाताको विवरण वा आफूले गरी आएको काम र त्यस्तो कामको लागि आवश्यक पर्ने जनशक्तिको विवरण तोकिएको ढाँचामा रोजगार सेवा केन्द्रमा उपलब्ध गराउनु पर्नेछ । 
(४) रोजगार सेवा केन्द्रले प्रदेशस्तरमा रोजगार सम्बन्धी विषय हेर्ने कुनै निकाय भए त्यस्तो निकाय र मन्त्रालयमा यस दफा बमोजिमको रोजगारदाताको विवरण पठाउनु पर्नेछ ।
(५) रोजगारदाताको विवरण संकलन तथा अद्यावधिकसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । 
ज्ञद्ध।    श्रमिक माग गर्न सक्नेः(१) रोजगारदाताले कुनै कार्यका लागि आफूलाई आवश्यक पर्ने श्रमिकको संख्या, योग्यता र अवधि खुलाई सोको सूचना रोजगार सेवा केन्द्रलाई दिनेछ ।
        (२) रोजगारदाताले कुनै कार्यका लागि स्थानीयस्तरमा आफूलाई आवश्यक पर्नेश्रमिक रोजगार सेवाकेन्द्र मार्फत माग गर्न सक्नेछ । 
   (३) उपदफा (१) र (२) बमोजिम श्रमिक माग गर्दा तोकिए बमोजिमको ढाँचामा श्रमिकको संख्या, श्रमिकको योग्यता, क्षमता, सीपर कामको प्रकृति खुलाई रोजगार सेवाकेन्द्रमा लेखी पठाउनु पर्नेछ । 
ज्ञछ।    रोजगार सूचना उपलब्ध गराउने ःरोजगार सेवा केन्द्रले आफ्नो क्षेत्रभित्रका रोजगारदाताहरुका लागि आवश्यकश्रमिकहरुको उपलब्धता र सूचीकृत बेरोजगार व्यक्तिका लागि रोजगारीका अवसर सम्बन्धी सूचना उपलब्ध गराउनु पर्नेछ ।
ज्ञट।    बेरोजगार व्यक्तिलाई रोजगारी दिनु पर्नेः (१) दफा १४ बमोजिम कुनै रोजगारदाताबाट श्रमिक माग भएपछिरोजगार सेवा केन्द्रले दफा११ को उपदफा (१) बमोजिमसूचीकृत बेरोजगार व्यक्तिलाई निजको योग्यता, सीप र अनुभवका आधारमा रोजगारीको लागिसम्बन्धित रोजगारदाता समक्षलेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम रोजगारीको लागि पठाइएको व्यक्तिलाई सरकारी वा सार्वजनिक क्षेत्रको रोजगारदाताले निजको योग्यता र सीप अनुसारको काममा लगाउनु पर्नेछ र निजी क्षेत्रको रोजगारदाताले निजको योग्यता र सीप अनुसारको काममा लगाउन सक्नेछ । त्यस्तो व्यक्तिले रोजगारदाताले लगाएको काम गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम रोजगारदाताले काममा लगाएबापत उपलब्ध गराउने दैनिक ज्याला दर मन्त्रालयले तोके बमोजिम हुनेछ ।  
(४) उपदफा (२) बमोजिम रोजगारदाताले लगाएको काम नगर्ने व्यक्तिलाई रोजगार सेवा केन्द्रले बेरोजगारको सूचीबाट हटाउनु पर्नेछ । 


परिच्छेद–४
निर्देशक समिति

ज्ञठ।    निर्देशक समितिः (१) नागरिकको रोजगारीको हकको संरक्षण सम्बन्धी काम कारबाहीको सञ्चालन, रेखदेख तथा निर्देशन गर्न देहायबमोजिमको एक निर्देशक समिति रहनेछः– 
(क) मन्त्री⁄राज्य मन्त्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय    –अध्यक्ष
(ख) सदस्य, राष्ट्रिय योजना आयोग (सम्बन्धित विषय हेर्ने)            –सदस्य
(ग) सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय             –सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय                            –सदस्य
(ङ)सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सम्बन्धित विषय हेर्ने)–सदस्य
(च) सचिव,उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय                –सदस्य
(छ) सचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय             –सदस्य
(ज) सहसचिव, मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम हेर्ने)        –सदस्य–सचिव 
(२)उपदफा (१) बमोजिमको समितिको सचिवालय मन्त्रालयमा रहनेछ । 
ज्ञड।    समितिको बैठकः (१) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ ।
(२) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गरी राख्नु पर्नेछ ।
(३) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफंैले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) समितिको बैठक तथा निर्णयको कार्यान्वयन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । 
ज्ञढ।    समितिको काम, कर्तव्य र अधिकारः समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बेरोजगार व्यक्तिका लागि रोजगार वा स्वरोजगारको व्यवस्था गर्न आवश्यक नीति नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ख) बेरोजगार व्यक्तिको अद्यावधिक अभिलेख तयार गर्ने सम्बन्धमा प्रदेश सरकार तथा स्थानीय तहलाई मार्गदर्शन गर्ने,
(ग) बेरोजगार व्यक्तिलाई राज्यको तर्फबाट उपलब्ध गराइने बेरोजगार सहायता    सम्बन्धी नीति तथा कार्यक्रम तयार गर्ने,
(घ) बेरोजगारव्यक्तिलाई प्रदान गरिने निर्वाह भत्ताको सम्बन्धमा नेपाल सरकारलाई नीतिगत सुझाव दिने,
(ङ)रोजगार कार्यक्रम सञ्चालन सम्बन्धमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह बीच समन्वय गर्ने,
(च)बेरोजगार सहायता कार्यक्रमको कार्यान्वयनको मूल्ंयाङ्कन गर्ने । 
परिच्छेद–५
बेरोजगार सहायता सम्बन्धी

२०.     बेरोजगार सहायता कार्यक्रमः (१) नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले बेरोजगार सहायताको लागि देहाय बमोजिमको कार्यक्रम गर्नेछः–
            (क) रोजगारीको अवसर सम्बन्धी सूचना उपलब्ध गराउने,
            (ख) रोजगारमूलक तथा सीपमूलक तालीम प्रदान गर्ने,
            (ग) बैंक तथा वित्तीय संस्था मार्फत सहुलियतपूर्ण ऋण उपलब्ध गराउने,
            (घ) स्वरोजगार सृजना गर्ने,
            (ङ)तोकिए बमोजिमका अन्य कार्यक्रमगर्ने ।    
(२) उपदफा (१) बमोजिमको बेरोजगार सहायताकार्यक्रम सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।    
२१.अनिवार्य काम गर्नु पर्नेः (१) यस ऐन बमोजिमकोबेरोजगार सहायता कार्यक्रम अन्र्तगतको तालीम प्राप्त गरेको व्यक्तिले रोजगार सेवा केन्द्रले खटाएको स्थान वा क्षेत्रमा गई तोकिए बमोजिम काम गर्नु पर्नेछ । 
(२) उपदफा (१) बमोजिम खटाएको क्षेत्रमा काम गर्न नजाने वा इन्कार गर्ने व्यक्तिलाई बेरोजगार सूचीबाट हटाई दफा २२ बमोजिमको निर्वाह भत्ता प्रदान गरिने छैन ।   
२२.निर्वाह भत्ता दिनेः (१) नेपाल सरकारले रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार उपलब्ध गराउन नसकेमा एक आर्थिक वर्षमा मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको एकसय दिन बराबरकोे रकमको पचास प्रतिशत रकम तोकिएको शर्तको अधीनमा रही निर्वाह भत्ता उपलब्ध गराउनेछ । 
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै बेरोजगार व्यक्तिले एक आर्थिक वर्षमा एकसय दिन भन्दा कम अवधि मात्रै रोजगारी पाएमा एकसयदिन पुग्न बाँकी अवधीको मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकको पचास प्रतिशत बराबरको रकम मात्र निर्वाह भत्ता उपलब्ध गराइनेछ ।
(३) उपदफा (१) बमोजिम निर्वाह भत्ता प्राप्त गर्ने बेरोजगार व्यक्तिले तोके बमोजिमको  शर्तको पालना गर्नु पर्नेछ । 
(४) यस दफा बमोजिमको निर्वाह भत्ता देहायको अवस्थामा मात्र दिइनेछः–
       (क) परिवारको कुनै पनि सदस्यले तोकिए बमोजिमको रोजगारी नपाएमा,
        (ख) नेपाल सरकारले तोकेभन्दा कम वार्षिक आय भएका परिवारलाई,
             (ग) परिवारको कुनै पनि सदस्य स्वरोजगार नभएमा,
             (घ) परिवारको कुनै सदस्य वैदेशिक रोजगारीमा नगएकोमा । 
स्पष्टीकरणः“वैदेशिक रोजगारी” भन्नाले नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा काम गर्न गएको अवस्था सम्झनु पर्छ ।         
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सरकारी कोष वा अन्य मुलुक वा अन्र्तराष्ट्रिय वा अन्तरसरकारी संघ, संगठन वा अन्य कुनै संस्थाबाटनियमित निवृत्तभरण वा अवकाश सुविधा लिइरहेकावानेपाल सरकारको सहायता सम्बन्धी अन्य कोषबाट नियमित रुपमा कुनै पनि किसिमको सहायता प्राप्त गरेको व्यक्तिको परिवारलाई निर्वाह भत्ता दिइने छैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “सरकारी कोष” भन्नाले देहायको कुनै कोष सम्झनु पर्छः– 
(क) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको संचित कोष वा अन्य सरकारी कोष,
(ख) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहकोे पूर्ण वा आंशिक स्वामित्व भएको स्थानीय संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठान वा यस्तै कुनै निकायको कोष, 
(ग) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट प्राप्त अनुदानबाट सञ्चालित कोष,
(घ) सार्वजनिक पद धारण गरेको व्यक्तिलाई निवृत्तभरण प्रदान गर्न प्रचलित कानून बमोजिम स्थापना भएको कोष । 
(६) यस दफा बमोजिम प्रदान गरिने निर्वाह भत्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । 
२३. बजेट सम्बन्धी व्यवस्थाः यस ऐन बमोजिम सञ्चालन गरिने कार्यक्रमका लागि आवश्यक पर्नेबजेटको व्यवस्था नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको वार्षिक बजेट विनियोजनबाट हुनेछ ।

परिच्छेद–६
कसूर र सजाय

२४.उजूरीः (१) यस ऐन अन्तर्गतको कसूर गरेको वा गर्न लागेको थाहा पाउने जोसुकैलेपैंतीस दिनभित्रसम्बन्धित श्रम तथा रोजगार कार्यालयमा उजूरी दिन सक्नेछ । 
    (२) उजूरी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ । 
२५.कसूर गरेको मानिनेः कसैले देहाय बमोजिमको कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछः–
(क) दफा ४ को उपदफा (३) विपरीतको कार्य गरेमा,
(ख) प्रचलित कानून बमोजिम बाहेक रोजगारी दिने व्यक्तिले दफा ६ विपरीत भेदभाव गरेमा,
(ग) रोजगारदाताले दफा ७विपरीत रोजगारीबाट हटाएमा, 
(घ) यस ऐन बमोजिमकोबेरोजगार सहायता वा निर्वाह भत्ता प्राप्त गर्न झुट्टा विवरण पेश गरेमा,
(ङ) जुन उद्देश्यको लागि बेरोजगार सहायता रकम लिइएको हो सो उद्देश्यका लागि प्रयोग नगरी अन्यत्र प्रयोग गरेमा ।
२६.सजायः(१)कसैले देहाय बमोजिमको कसूर गरेमा त्यस्तो कसूर गर्ने व्यक्ति वा संस्थालाई श्रम तथा रोजगार कार्यालयले कसूरको मात्रा हेरी देहाय बमोजिमको सजाय गर्नेछः–
(क)  दफा२५ कोे खण्ड (क) बमोजिमको कसूर गर्नेलाई पाँच हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना,
(ख)  दफा २५को खण्ड (ख) र (ग) बमोजिमको कसूर गर्नेलाई दश हजार रुपैयाँसम्म जरिबाना, 
(ग)  दफा २५ को खण्ड (घ) बमोजिमको कसूर गर्नेलाई त्यस्तो बेरोजगार सहायता वा निर्वाह भत्ता प्राप्त गरेको भए सो रकम असूल उपर गरी सोही बराबरको रकम जरिबाना,
(घ)  दफा२५ को खण्ड (ङ) बमोजिमको कसूर गर्नेलाई बेरोजगार सहायता बापतप्राप्त गरेको रकम असूल उपर गरी सोही बराबरको रकमजरिबाना ।
(२) उपदफा (१) बमोजिम गरिएको जरिबाना तोकिएको अवधिभित्र नतिर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित स्थानीय तहले प्रदान गर्ने सेवा सुविधामा रोक लगाउन सम्बन्धित श्रम तथा रोजगार कार्यालयले लेखी पठाउनु पर्नेछ । 
(३) उपदफा (१) बमोजिमको जरिबाना सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असूल उपर गरिनेछ।
        (४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिमको कार्य अन्य प्रचलित कानून बमोजिम समेत कसूर मानिने रहेछ भने त्यस्तो कसूरमा सो कानून बमोजिम छुटृै मुद्दा चलाई सजाय गर्न यस दफाको व्यवस्थाले बाधा पर्ने छैन र कसैले यस ऐन विपरीत कुनै कार्य गरे बापत निजलाई प्रचलित कानून बमोजिम यस दफामा लेखिए भन्दा बढी सजाय हुने रहेछ भने सोही बमोजिमको सजाय हुनेछ । 
२७.     पुनरावेदनः (१) यस ऐन बमोजिम श्रम तथा रोजगार कार्यालयले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले निर्णय भएको मितिले पंैतीस दिनभित्रश्रम अदालतमा पुनरावेदन दिन सक्नेछ । 
(२) उपदफा (१) बमोजिमश्रम अदालतबाट भएको निर्णय अन्तिम हुनेछ ।   

प्रकाशित मिति: आइतबार, भदौ ३, २०७५  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना सोमबार, चैत ३०, २०८२
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्