• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आईजी सिंहको ११ महिने कार्यकाल : विवादको चक्र, सफल चुनावी कमाण्डर

64x64
नारायण अधिकारी शुक्रबार, चैत १०, २०७९  १४:३०
1140x725

काठमाडौं- ११ महिने छोटो कार्यालय पूरा गरी प्रहरी महानिरीक्षक (आईजी) धिरज प्रताप सिंह आज (शुक्रबार) बाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

गत वैशाख १८ गते आफूभन्दा डेढ वर्ष सिनियर एआईजी विश्वराज पोखरेललाई पछि पार्दै आईजी भएका सिंहको कार्यकाल भने विवादरहित बन्न सकेन। उनको कार्यकालमा विभिन्न आर्थिक घोटालाको आरोप सहितका समाचार पनि बाहिरिए। उनको कार्यकालमा भएका सरुवा-बढुवा पनि विवादरहित बन्न सकेनन्।

संगठनभित्र कुनै महत्वपूर्ण काम गर्न नसके पनि आईजी सिंहले आफ्नो कार्यकालमा देशमा दुई वटा ठूला चुनाव भने सफलतापूर्वक सम्पन्न गराए। आईजी सिंहको मुख्य उपलब्धिको सूचीमा चुनाव नै आउँछ। सिंहको कार्यकालमा प्रहरी संगठनमा भएका केही मुख्य घटनाबारे हामीले समीक्षा गर्ने प्रयास गरेका छौं।

ज्यूँका त्यूँ निर्मला काण्ड
आईजी भएपछि पत्रकारहरुसँगको पहिलो भेटघाटमा सिंहले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याका अभियुक्त पहिचान गरी कानुनी दायरामा ल्याउन आफूले सक्दो पहल गर्ने बताएका थिए। 

सिंहकै बचनलाई सहयोग हुने गरी केही समयअघि गृहमन्त्री भएका रवि लामिछानेले पनि आफ्नो पहिलो निर्णयमा निर्मलालाई न्याय दिने बताएका थिए। त्यसको केही समयमै लामिछाने आफैंको मन्त्री पद नै खुस्कियो। 

यता आईजी हुनेबित्तिकै निर्मलालाई न्याय दिने बताएका सिंहको कार्यकालमा पनि यसअघिका आईजीहरु सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, शैलेश थापा क्षेत्रीकै जस्तो निर्मला काण्डको गुत्थी सुल्टिन सकेन।

मनपरी सरुवा र काज
अन्य कार्यकाल जस्तो सिंहको कार्यकालमा प्रहरी सरुवामा राजनीतिक हस्तक्षेप त्यति बिघ्न भएन। तर आईजीले आफू निकटलाई स्वेच्छाचारी ढंगले च्याप्ने र आफू निकट नरहेकालाई भने सरुवामा पेल्ने नीति लिएको संगठनकै कर्मचारीले गुनासो गरिरहे।

प्रहरी नियमावलीले काज सकेसम्म नगर्नु, गर्नै परे त्यसको मापदण्ड र आवश्यकतालाई मध्येनजर गरेर गर्नुपर्ने उल्लेख गरेको छ। तर आईजी सिंहले भने प्रहरी सरुवामा काजको चरम मनपरी गरे। कतिसम्म भयो भने एक हप्तासम्म निरन्तर एक/दुई जनाको गरेर किस्ता-किस्तामा काज सरुवा निकालियो। यसरी निकालिएका काज सरुवा अधिकांश इन्चार्जको रुपमा थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

आकर्षक र कमाउ ठाउँको सरुवामा खुसुक्क काजमार्फत गर्दै आफू निकटका प्रहरी अधिकृतलाई मालदार ठाउँमा पठाएको गुनासो सिंहको कार्यकालमा ब्यापक सुनियो। 
गत पुस ४ गते आईजी सिंहले २३ एसपीको काज सरुवा गरेका थिए। मालदार तथा आर्थिक कमाइ हुने ठाउँहरुमा भने शक्तिकेन्द्रहरु नै हावी भए।

पर्सा जिल्लामा देउवाका पीएसओ कोमल शाह पठाइए। तराईको अर्को आकर्षक जिल्ला सर्लाहीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पीएसओ समेत बसेका नरेशराज सुवेदी पठाइए। बढुवा लगत्तै आकर्षक जिल्लाको इन्चार्ज थप्दा भने कुनै एसपीको तीन वर्ष पुग्न लाग्दा समेत आईजी सिंहले सरुवा गरेनन्।

कसैलाई काखा, कसैलाई पाखा
बढुवामा पनि आईजी सिंहले काखा र पाखा गरेको प्रष्टै देखियो। आफ्नै ब्याची बसन्तकुमार लामा उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेको अघिल्लो दिन बढुवा गरेर एआईजीको फुली लगाएर सिंहले बिदा गरे। त्यतिबेला सिंहले भनेका थिए, ‘आखिर घर जान लागेकै थिए। एआईजीको फुली थपिदिए पनि अवकाश पनि सुनौलो भयो। संगठन पनि सम्झिरहने भए।’

तर, आईजी सिंहको यही नीति उनकै ब्याची डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्यको हकमा भने लागू भएन। करिब १० महिनासम्म एआईजीको दरबन्दी रिक्त हुँदा पनि उनीहरुलाई एआईजीमा बढुवा नगरी सिंहले डीआईजीमै घर पठाए। कतिसम्म भने ब्याच टपाएर कसैको बढुवा गर्दिनँ भन्ने उद्घोष गरेका उनै आईजी सिंहले आफ्ना ब्याचीहरुलाई डीआईजीमै थन्क्याएर पछिल्लो ब्याचकाहरुलाई एआईजीमा बढुवा गराए। जो अहिले आईजी बन्ने दौडमा छन्।

Xtrem

Xtrem

अन्य बढुवाको हालत पनि उस्तै
आईजी सिंहले गत असार २९ गते ३६ जना डीएसपीलाई एसपी बढुवाको सिफारिस गरे। त्यतिखेर २२ जना २०५७ का ब्याचका थिए भने १४ जना २०६१ मा इन्स्पेक्टरमा भर्ना भएका प्रहरी अधिकृत थिए। 

तर, डीएसपी हुँदा एक/दुई नम्बरमै रहेकालाई आईजी सिंहले बढुवामै छुटाएका थिए। पहिलो नम्बरका गौतम मिश्र, अपिलराज बोहरालगायत बढुवामा छुटे। अझ उत्कृष्ट ठहरिएकी बसन्धुरा खड्का पनि बढुवामा छुट्दा पुछारमा रहेकाहरुले भने बढुवामा छलाङ मारेका थिए। खड्का २०६१ को ब्याचकी एक मात्र महिला अधिकृत हुन्।

विभिन्न ३ मितिमा डीएसपी बनेकाहरु आफ्नो ब्याचको पहिलो नम्बरमा हुँदा समेत छुट्दा उनै कोमल आईजी सिंह तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पीएसओ कोमल शाहले भने छलाङ मारेका थिए। डीएसपीसम्म २५ नम्बरमा रहेका शाह एसपी बढुवामा छलाङ मार्दै आफ्नो ब्याचमा दोस्रो नम्बरमा आएका थिए। त्यतिबेला २०५८ कै ब्याचका राजेश थापा रामप्रसाद घर्तीमगर बढुवामा छुटेका थिए।

अर्कोतर्फ, इन्स्पेक्टरबाट डीएसपी बढुवा गर्नुपर्नेमा बढुवा नै नगरी राखेको भन्दै सिनियर इन्सपेक्टरहरुले चरम असन्तुष्टि समेत पोखेका छन्। तर यसबारे आईजी सिंह भने रिक्त पद थोरै तर प्रतिस्पर्धी धेरै भएकाले अहिले नै बढुवा गर्दा राम्रो सन्देश नजाने भन्दै बढुवा रोकेको दाबी गर्छन्। योसँगै प्रहरीका अन्य बढुवा पनि विवादरहित बन्न सकेनन्।

बुट र कपडा खरिद विवादको रेडारमा सिंह
खरिद प्रक्रियाको विवादबाट आईजी सिंह भने मुक्त हुन सकेनन्। बुट खरिददेखि म्यादी प्रहरीका लत्ताकपडा, प्रहरीका म्याट्रेसदेखि हतियार खरिदको विवाद आईजी सिंहको पालामा देखियो। डीएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर तिरेर करिब ६ करोड रुपैयाँ घोटाला गरिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ। 

व्यापारी केशर प्रधानको बिजनेस ट्रेडर्स कम्पनीसँग २ हजार ६ सय ५० रुपैयाँका दरले १३ करोड ५० लाख रुपैयाँ बराबरका बुट खरिद गरिएको थियो। उक्त बुटहरु गुणस्तरहीन भएको भेटिएको थियो। उक्त खरिद प्रकरणमा करिब ६ करोड रुपैयाँ घोटाला गरिएको आरोप लागेको छ। 

त्यस्तै, सार्वजनिक खरिद नियमावली छल्दै म्याट्रेस खरिद गरेर भ्रष्टाचार गरिएको अर्को आरोप समेत लाग्यो। प्रहरीका विभिन्न कार्यालयलाई चाहिने म्याट्रेस एकमुस्ट खरिद नगरी सार्वजनिक खरिद नियमावली छल्दै १० लाखभन्दा कमको दरमा प्रहरी कार्यालयलाई नै खरिद गर्न लगाए जसरी हेडक्वार्टरबाटै खरिद गरेर भ्रष्टाचार गरिएको आरोप लाग्यो। 

देश आर्थिक संकटमा रहेका बेला सेटिङमा हतियार खरिद गर्न लागेको विषय समेत सार्वजनिक भएको थियो। चौतर्फी विरोध भएपछि हतियार खरिद प्रक्रियाबाट सरकार बाहिरिन बाध्य भएको थियो। त्यसैगरी म्यादी प्रहरीका लत्ता कपडा तथा निर्वाचनका लागि खरिदका गरिएका विभिन्न सामानहरुमा घोटाला भएको हुनसक्ने आशंकामा आईजी सिंह घेरिए।

सफल चुनावी कमाण्डर
आईजी सिंहकै कार्यकालमा देशमा दुई वटा चुनाव सम्पन्न भए। गत वैशाखमा स्थानीय तहको चुनाव र गत मंसिरमा संघ तथा प्रदेशको चुनाव सम्पन्न भयो। तुलनात्मक रुपमा चुनाव शान्तिपूर्ण नै भएको भन्दै विभिन्न संघ-संस्था तथा मानव अधिकार आयोगले समेत प्रहरीको भूमिकाको प्रशंसा नै गरे।

सीमित स्रोत साधनका बाबजुद पनि प्रहरीले अहाेरात्र खटिएर चुनाव शान्तिपूर्ण गराएको भन्दै गृहमन्त्रीदेखि प्रधानमन्त्री तथा निर्वाचन आयोग समेतले प्रहरीको भूमिकाकाे प्रशंसा गरे।

आईजी सिंहको पालामा भएका यी दुई चुनावमा छिटपुट घटना बाहेक कुनै ठूलो घटना हुन पाएन। चुनावी सुरक्षामा पनि आईजी सिंह सफल नै भएको देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्