• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर २६, २०८२ Fri, Dec 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

आईजी सिंहको ११ महिने कार्यकाल : विवादको चक्र, सफल चुनावी कमाण्डर

64x64
नारायण अधिकारी शुक्रबार, चैत १०, २०७९  १४:३०
1140x725

काठमाडौं- ११ महिने छोटो कार्यालय पूरा गरी प्रहरी महानिरीक्षक (आईजी) धिरज प्रताप सिंह आज (शुक्रबार) बाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

गत वैशाख १८ गते आफूभन्दा डेढ वर्ष सिनियर एआईजी विश्वराज पोखरेललाई पछि पार्दै आईजी भएका सिंहको कार्यकाल भने विवादरहित बन्न सकेन। उनको कार्यकालमा विभिन्न आर्थिक घोटालाको आरोप सहितका समाचार पनि बाहिरिए। उनको कार्यकालमा भएका सरुवा-बढुवा पनि विवादरहित बन्न सकेनन्।

संगठनभित्र कुनै महत्वपूर्ण काम गर्न नसके पनि आईजी सिंहले आफ्नो कार्यकालमा देशमा दुई वटा ठूला चुनाव भने सफलतापूर्वक सम्पन्न गराए। आईजी सिंहको मुख्य उपलब्धिको सूचीमा चुनाव नै आउँछ। सिंहको कार्यकालमा प्रहरी संगठनमा भएका केही मुख्य घटनाबारे हामीले समीक्षा गर्ने प्रयास गरेका छौं।

ज्यूँका त्यूँ निर्मला काण्ड
आईजी भएपछि पत्रकारहरुसँगको पहिलो भेटघाटमा सिंहले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्याका अभियुक्त पहिचान गरी कानुनी दायरामा ल्याउन आफूले सक्दो पहल गर्ने बताएका थिए। 

सिंहकै बचनलाई सहयोग हुने गरी केही समयअघि गृहमन्त्री भएका रवि लामिछानेले पनि आफ्नो पहिलो निर्णयमा निर्मलालाई न्याय दिने बताएका थिए। त्यसको केही समयमै लामिछाने आफैंको मन्त्री पद नै खुस्कियो। 

यता आईजी हुनेबित्तिकै निर्मलालाई न्याय दिने बताएका सिंहको कार्यकालमा पनि यसअघिका आईजीहरु सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, शैलेश थापा क्षेत्रीकै जस्तो निर्मला काण्डको गुत्थी सुल्टिन सकेन।

मनपरी सरुवा र काज
अन्य कार्यकाल जस्तो सिंहको कार्यकालमा प्रहरी सरुवामा राजनीतिक हस्तक्षेप त्यति बिघ्न भएन। तर आईजीले आफू निकटलाई स्वेच्छाचारी ढंगले च्याप्ने र आफू निकट नरहेकालाई भने सरुवामा पेल्ने नीति लिएको संगठनकै कर्मचारीले गुनासो गरिरहे।

प्रहरी नियमावलीले काज सकेसम्म नगर्नु, गर्नै परे त्यसको मापदण्ड र आवश्यकतालाई मध्येनजर गरेर गर्नुपर्ने उल्लेख गरेको छ। तर आईजी सिंहले भने प्रहरी सरुवामा काजको चरम मनपरी गरे। कतिसम्म भयो भने एक हप्तासम्म निरन्तर एक/दुई जनाको गरेर किस्ता-किस्तामा काज सरुवा निकालियो। यसरी निकालिएका काज सरुवा अधिकांश इन्चार्जको रुपमा थिए। 

Ncell 2
Ncell 2

आकर्षक र कमाउ ठाउँको सरुवामा खुसुक्क काजमार्फत गर्दै आफू निकटका प्रहरी अधिकृतलाई मालदार ठाउँमा पठाएको गुनासो सिंहको कार्यकालमा ब्यापक सुनियो। 
गत पुस ४ गते आईजी सिंहले २३ एसपीको काज सरुवा गरेका थिए। मालदार तथा आर्थिक कमाइ हुने ठाउँहरुमा भने शक्तिकेन्द्रहरु नै हावी भए।

पर्सा जिल्लामा देउवाका पीएसओ कोमल शाह पठाइए। तराईको अर्को आकर्षक जिल्ला सर्लाहीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पीएसओ समेत बसेका नरेशराज सुवेदी पठाइए। बढुवा लगत्तै आकर्षक जिल्लाको इन्चार्ज थप्दा भने कुनै एसपीको तीन वर्ष पुग्न लाग्दा समेत आईजी सिंहले सरुवा गरेनन्।

कसैलाई काखा, कसैलाई पाखा
बढुवामा पनि आईजी सिंहले काखा र पाखा गरेको प्रष्टै देखियो। आफ्नै ब्याची बसन्तकुमार लामा उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेको अघिल्लो दिन बढुवा गरेर एआईजीको फुली लगाएर सिंहले बिदा गरे। त्यतिबेला सिंहले भनेका थिए, ‘आखिर घर जान लागेकै थिए। एआईजीको फुली थपिदिए पनि अवकाश पनि सुनौलो भयो। संगठन पनि सम्झिरहने भए।’

तर, आईजी सिंहको यही नीति उनकै ब्याची डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्यको हकमा भने लागू भएन। करिब १० महिनासम्म एआईजीको दरबन्दी रिक्त हुँदा पनि उनीहरुलाई एआईजीमा बढुवा नगरी सिंहले डीआईजीमै घर पठाए। कतिसम्म भने ब्याच टपाएर कसैको बढुवा गर्दिनँ भन्ने उद्घोष गरेका उनै आईजी सिंहले आफ्ना ब्याचीहरुलाई डीआईजीमै थन्क्याएर पछिल्लो ब्याचकाहरुलाई एआईजीमा बढुवा गराए। जो अहिले आईजी बन्ने दौडमा छन्।

अन्य बढुवाको हालत पनि उस्तै
आईजी सिंहले गत असार २९ गते ३६ जना डीएसपीलाई एसपी बढुवाको सिफारिस गरे। त्यतिखेर २२ जना २०५७ का ब्याचका थिए भने १४ जना २०६१ मा इन्स्पेक्टरमा भर्ना भएका प्रहरी अधिकृत थिए। 

तर, डीएसपी हुँदा एक/दुई नम्बरमै रहेकालाई आईजी सिंहले बढुवामै छुटाएका थिए। पहिलो नम्बरका गौतम मिश्र, अपिलराज बोहरालगायत बढुवामा छुटे। अझ उत्कृष्ट ठहरिएकी बसन्धुरा खड्का पनि बढुवामा छुट्दा पुछारमा रहेकाहरुले भने बढुवामा छलाङ मारेका थिए। खड्का २०६१ को ब्याचकी एक मात्र महिला अधिकृत हुन्।

विभिन्न ३ मितिमा डीएसपी बनेकाहरु आफ्नो ब्याचको पहिलो नम्बरमा हुँदा समेत छुट्दा उनै कोमल आईजी सिंह तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका पीएसओ कोमल शाहले भने छलाङ मारेका थिए। डीएसपीसम्म २५ नम्बरमा रहेका शाह एसपी बढुवामा छलाङ मार्दै आफ्नो ब्याचमा दोस्रो नम्बरमा आएका थिए। त्यतिबेला २०५८ कै ब्याचका राजेश थापा रामप्रसाद घर्तीमगर बढुवामा छुटेका थिए।

अर्कोतर्फ, इन्स्पेक्टरबाट डीएसपी बढुवा गर्नुपर्नेमा बढुवा नै नगरी राखेको भन्दै सिनियर इन्सपेक्टरहरुले चरम असन्तुष्टि समेत पोखेका छन्। तर यसबारे आईजी सिंह भने रिक्त पद थोरै तर प्रतिस्पर्धी धेरै भएकाले अहिले नै बढुवा गर्दा राम्रो सन्देश नजाने भन्दै बढुवा रोकेको दाबी गर्छन्। योसँगै प्रहरीका अन्य बढुवा पनि विवादरहित बन्न सकेनन्।

बुट र कपडा खरिद विवादको रेडारमा सिंह
खरिद प्रक्रियाको विवादबाट आईजी सिंह भने मुक्त हुन सकेनन्। बुट खरिददेखि म्यादी प्रहरीका लत्ताकपडा, प्रहरीका म्याट्रेसदेखि हतियार खरिदको विवाद आईजी सिंहको पालामा देखियो। डीएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर तिरेर करिब ६ करोड रुपैयाँ घोटाला गरिएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ। 

व्यापारी केशर प्रधानको बिजनेस ट्रेडर्स कम्पनीसँग २ हजार ६ सय ५० रुपैयाँका दरले १३ करोड ५० लाख रुपैयाँ बराबरका बुट खरिद गरिएको थियो। उक्त बुटहरु गुणस्तरहीन भएको भेटिएको थियो। उक्त खरिद प्रकरणमा करिब ६ करोड रुपैयाँ घोटाला गरिएको आरोप लागेको छ। 

त्यस्तै, सार्वजनिक खरिद नियमावली छल्दै म्याट्रेस खरिद गरेर भ्रष्टाचार गरिएको अर्को आरोप समेत लाग्यो। प्रहरीका विभिन्न कार्यालयलाई चाहिने म्याट्रेस एकमुस्ट खरिद नगरी सार्वजनिक खरिद नियमावली छल्दै १० लाखभन्दा कमको दरमा प्रहरी कार्यालयलाई नै खरिद गर्न लगाए जसरी हेडक्वार्टरबाटै खरिद गरेर भ्रष्टाचार गरिएको आरोप लाग्यो। 

देश आर्थिक संकटमा रहेका बेला सेटिङमा हतियार खरिद गर्न लागेको विषय समेत सार्वजनिक भएको थियो। चौतर्फी विरोध भएपछि हतियार खरिद प्रक्रियाबाट सरकार बाहिरिन बाध्य भएको थियो। त्यसैगरी म्यादी प्रहरीका लत्ता कपडा तथा निर्वाचनका लागि खरिदका गरिएका विभिन्न सामानहरुमा घोटाला भएको हुनसक्ने आशंकामा आईजी सिंह घेरिए।

सफल चुनावी कमाण्डर
आईजी सिंहकै कार्यकालमा देशमा दुई वटा चुनाव सम्पन्न भए। गत वैशाखमा स्थानीय तहको चुनाव र गत मंसिरमा संघ तथा प्रदेशको चुनाव सम्पन्न भयो। तुलनात्मक रुपमा चुनाव शान्तिपूर्ण नै भएको भन्दै विभिन्न संघ-संस्था तथा मानव अधिकार आयोगले समेत प्रहरीको भूमिकाको प्रशंसा नै गरे।

सीमित स्रोत साधनका बाबजुद पनि प्रहरीले अहाेरात्र खटिएर चुनाव शान्तिपूर्ण गराएको भन्दै गृहमन्त्रीदेखि प्रधानमन्त्री तथा निर्वाचन आयोग समेतले प्रहरीको भूमिकाकाे प्रशंसा गरे।

आईजी सिंहको पालामा भएका यी दुई चुनावमा छिटपुट घटना बाहेक कुनै ठूलो घटना हुन पाएन। चुनावी सुरक्षामा पनि आईजी सिंह सफल नै भएको देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  १४:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव भट्टराई सहित ६ जनाविरुद्ध विशेष अदालतमा... बिहीबार, मंसिर २५, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप ललितपुर महानगरपालिका–११ इखाँछेबाट पक्राउ परेका शाक्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो । बुधबार, मंसिर २४, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ ‘बहुविवाहको केस परेपछि उहाँ आफैँ हिजो साँझ आउनुभएको थियो, उहाँलाई पक्राउ गरेर म्याद थप गरिएको छ,’ एसपी क्षेत्रीले भने। बुधबार, मंसिर २४, २०८२
ताजा समाचारसबै
एनपीएल २: विराटनगरलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा बिहीबार, मंसिर २५, २०८२
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
जेनजीसँगको सम्झौतालाई सरकारले गर्‍यो अनुमोदन, राजपत्रमा प्रकाशित गरिने बिहीबार, मंसिर २५, २०८२
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य बिहीबार, मंसिर २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप बुधबार, मंसिर २४, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
बहुविवाहको आरोपमा डिएसपी नेपाल पक्राउ बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्