काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको शब्दमा नयाँ गीत ‘पहराकी फूल’ सार्वजनिक भएको छ। गायक रुपकुमार राईको स्वरमा रहेको गीतमा शान्तिराम राईको संगीत रहेको छ।
गीतको म्युजिक भिडियो समेत बनाइएको छ। जहाँ युद्धकालीन अवस्थालाई चित्रण गरिएको छ। किरण चाम्लिङ राईको निर्देशन र कथा रहेको उक्त म्युजिक भिडियोमा दयाहाङ राई, बेदना राई र मनिता जाइका बान्तवाले अभिनय गरेका छन्।
बालकलाकारका रुपमा जेनिशा राई र ऐनी राईले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।