काठमाडौं- भारतीय अभिनेत्री तापसी पन्नुको नेकलेसको विषयमा विवाद भएको छ। एक फेसन शोमा उनले महालक्ष्मीको आकृति भएको नेकलेस पहिरिएकी थिइन्।
छातीको अग्रभाग धेरै खुला राखिएको बोल्ड ड्रेसमा उक्त नेकलेस पहिरिएपछि उनी विवादित बनेकी हुन्। हिन्दु देवी-देवताको अपमान गरिएको भन्दै उनको आलोचना भएको हो।
तापसीले ल्याक्मी फेसन विक २०२३ मा उक्त नेकलेस पहिरिएकी थिइन्। यस कार्यक्रममा उनी डिझाइनर मोनिशा जयसिंहकी शो स्टपर थिइन्।
उनले उक्त तस्बिर सार्वजनिक गर्दै लेखेकी थिइन्, 'यो रातो रङले मलाई कहिले छुट्कारा दिन्छ।' तापसीले त्यस्तो बोल्ड पहिरनमा उक्त नेकलेस लगाउन नहुने धेरैले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।