काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपाले गृहसहित चार मन्त्रालय माग्ने निर्णय गरेको छ।
बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुन चार मन्त्रालय माग्ने निर्णय गरेको हो।
बैठक केही घन्टाका लागि स्थगित भएको छ। बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि पुन: बैठक बस्ने राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिए।पार्टीका शीर्ष नेतृत्व र कांग्रेसका नेताहरुसँग गएराति भएको सहमतिपछि बैठक बोलाइएको हो। आगामी निर्वाचनमा १० सिट चाहिने राप्रपाले दाबी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।