काठमाडौं– भारतीय टेलिभिजनका स्टार कमेडियन कपिल शर्माको फिल्म ‘ज्विगाटो’को व्यापार कमजोर भएको छ।
फिल्मले छैटौं दिनमा २५ लाख मात्रै कमाएको थियो। यसरी फिल्मले ६ दिनमा २ करोड ५१ लाख मात्रै कमाएको छ।
चलचित्रले पहिलो दिन मात्र ५० लाखको व्यापार गरेको थियो। नन्दिता दासको यो चलचित्र यसअघि केरलाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभल र बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको थियो।
‘ज्विगाटो’ को कथा एक फ्लोर म्यानेजरको जीवनमा आधारित छ, जसले कोरोना महामारीको बेला जागिर गुमाएका छन्। आर्थिक बाध्यताका कारण उनी डेलिभरी ब्वाईको काम गर्न बाध्य छन्। उनकी श्रीमतीले पनि मद्दत गर्नको लागि काम खोज्छिन्, उनीसँग नयाँ र रोचक अनुभव छन्।
फिल्ममा कपिल शर्मा मुख्य भूमिकामा छन्। देशका दुई ठूला फूड डेलिभरी एप्स जोमाटो र स्विगीको साझा प्रयोगबाट फिल्मको शीर्षक राखिएको छ। फिल्ममा कपिल शर्माको अपोजिटमा अभिनेत्री शाहना गोस्वामी देखिएकी छिन्।
‘किस किसको प्यार करूँ’ र ‘फिरंगी’ पछि कपिल शर्माको तेस्रो हिन्दी फिल्म ‘ज्वीगातो’ हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।