• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

‘ऐँठन’सँग विवेकका पाँच वर्ष

64x64
समर्पण श्री शनिबार, चैत ११, २०७९  ०७:१८
1140x725

पाँच वर्षमा के–के बदलिँदा रहेछन्?

लामो समयको लेखन साधनाबाट बाहिर निस्किएपछि विवेक ओझाले वरपर नियाले।

उपन्यास सुरु गर्दा पहिलो पटक विदेश गएका साथीले फर्किएर घर मात्र ठडाएनन्। पुनः दोस्रो उडान पनि भरिसकेछन्।

कोही साथीले व्यवसाय गरेर अलग्गै ब्राण्ड स्थापित गरिसकेछन्। 

‘धेरै कुरा बदलिसकेछन्। आफू भने एउटै उपन्यासमा लागियो,’ ‘ऐँठन’ले थिचेको कुरा विवेकले हाँसो– हाँसोमै सुनाए।

उसो त उनी यतिबेला पाँच वर्षपछि ढुक्कको श्वास फेरिरहेछन्। ठूलो भारी बिसाएर फेरिने सन्चो श्वासजस्तो। यसअघिसम्म उनको श्वास ‘ऐँठन’मा अल्झिएको थियो।

द्वन्द्वपीडितहरूको ऐँठन, जो अझै पनि टाउकोमा गोलीका छर्रा बोकेर हिँडिरहेका छन्। ‘जनयुद्ध’मा आफ्ना गुमाएकाहरूको ऐँठन, जो अझै पनि आँसुका कर्णाली काठमाडौंको माइतीघरमा बगाइरहेका छन्। 

विवेकलाई सधैंभरि लागिरह्यो, ‘मभित्रको सचेतताले प्रश्न उठाउनुपर्छ।’

nimb
nimb

त्यसकारण उनी ‘जनयुद्ध’लाई क्यानभास बनाएर उपन्यास लेखिरहेका थिए–‘ऐँठन’। 

शनिबारबाट पुस्तक पाठकका हातमा पर्नेछ, समीक्षा पाउनेछ। पढेपछि कसैले युद्धविरोधी भन्लान्, कसैले मानवतावादी दृष्टिकोणले लेखिएको कथा!

‘मलाई भने आफ्नो कुरा भन्नु थियो। बाँकी पाठकले केलाउनेछन्,’ विवेक भन्छन्।

लेखकको लेखन साधना र तपस्याबारे जान्ने उत्सुकताले अनामनगरको एक क्याफेमा विवेकसँगको भेट जुरायो। भेटमा उनले  ‘ऐँठन’ यात्राबारे रोचक सिलसिला सुनाए।  

०००

लेखकको ‘ऐँठन’ यात्राको प्रारम्भ २०७० सालबाटै हुन्छ। त्यतिबेला विवेकका हातमा कथा संग्रहका पाण्डुलिपि तयार थिए। तर, उनले कथासंग्रहलाई थन्क्याए। बरु ०७२ पछाडि लेखे– ‘ऐलानी।’

वादी महिलाको कथामाथि लेखिएको उपन्यासले चर्चासँगै विवादको पनि सामना गर्न पुग्यो। ‘ऐलानी’ प्रकाशित भएसँगै विवेकले सोचेका थिए, ‘अब दोस्रो पुस्तक निकाल्छु।’

थन्किएका कथाहरू थिए। तिनलाई सम्पादन गर्ने क्रममा उनी पाँचौ कथामा अडिए। त्यो युद्धमाथि लेखिएको स्वैरकाल्पनिक कथा थियो। कथामाथि उनको मोह जाग्यो। विवेकले त्यसलाई उपन्यासको आकारमा कल्पना गरे। त्यसपछि निर्क्योल, ‘कथा हैन, यसमाथि उपन्यास लेख्छु।’

उपन्यास लेख्नु सहज थिएन। त्यसका लागि थुप्रै घटना चाहिन्थे। अध्ययन र अनुसन्धान चाहिन्थे। पुनः कथालाई थन्क्याएर उनी आफ्नो गाउँ टीकापुर गए। घर जाँदा मष्तिष्कमा उपन्यासको धमिलो स्केच थियो। गाउँमा विवेकका एकजना साथी ठेक्कापट्टाका काम गर्थे। ती साथी कामकै सिलसिलामा ट्रकमा दार्चुला जाँदै थिए। उनी साथीसँगै ट्रक चढेर दार्चुला हानिए। त्यसपछि अछाम।

०५८ साल फागुनमा मंगलसेनको भिडन्तमा थुप्रै प्रहरीको मृत्यु भएको थियो। विवेकले तत्कालीन घटनास्थलमै पुगेर अध्ययन गरे। त्यो घटनामा मारिएकामध्ये एकजना उनकै गाउँका मानिस पनि थिए।

‘सानो छँदा अछामबाट टीकापुर ल्याइएको शव मलाई अझै याद छ। गालाको हड्डी बाहिर देखिएको थियो। परिवारले शव छुट्याउन पनि सकेका थिएनन्,’ उनी सम्झन्छन्।

त्यहाँको अध्ययन सकेर उनी सुर्खेतको सिमाना पुगे। त्यहाँ एकजना साथी नापी विभागका कर्मचारी थिए। कामको सिलसिलामा साथी जहाँ–जहाँ जान्थे, विवेक त्यहीँ–त्यहीँ पुग्थे। यसरी घुम्दै घुम्दै दाङ पुगे विवेक। जब दाङको शान्तिनगर भन्ने ठाउँ गए, आँखा अडियो।

‘नाम शान्तिनगर भए पनि, अशान्त कथाहरू छन्। बिम्बात्मक रुपमा रमाइलो लाग्यो ठाउँ। लोकेसेन यहीँको सेट गर्ने निर्णय गरेँ,’ विवेक भन्छन्।

यसरी घुम्ने क्रममा उनले विविध पात्र भेटेका थिए। एउटा डाँडामा उकालो चढ्दै गर्दा विवेकले सेनाका रिटायर्ड अधिकारी भेट्टाए। ढुंगामा अडेस लागेर गफिँदै गर्दा रिटायर्ड सैनिकले हास्यास्पद कुरा सुनाए, ‘माओवादीले युद्ध जित्नुको कारण त्यहाँ विषकन्या पठाएको थियो।’

यसरी युद्धमाथि सिर्जना गरिएका मिथक पनि उनका लेखनका खुराक थिए। पूर्व–छापामार, पूर्व–सैनिक र युद्ध भोगका आममान्छेसँग भेटेपछि लेखन सामग्री बटुलेर उनी काठमाडौं फिरे। त्यसपछि बाँकी अध्ययन गरे। युद्धमाथि लेखिएका आख्यान र गैर–आख्यान पढे। युद्धका प्रवृत्ति केलाए। अनि बल्ल लेख्न सुरु गरे।

०००

‘युद्धकै कथा किन पछ्याए त विवेकले?’

अवचेतन मनमा जकडिएर बसेका केही घटना छन्, जुन अहिले पनि सम्झिरहन्छन् विवेक। आँखै अगाडि युद्ध नदेखे पनि कानले गोलीका भयानक आवाज बाल्यकालमा सुनेका छन्।

‘टीकापुरमा सत्तापक्षको मान्छे आउँदैछ भने माओवादी फेक फायर गर्थे। रातभर गोली चलिरहन्थे। माथि हेलिकोप्टर घुमिराख्थ्यो। हामी खाटमुनि लुक्थ्यौँ,’ उनी सम्झन्छन्। 

बाले भोगेका दुःख पनि विवेकका सम्झनामा मडारिइरहन्छन्। उनका शिक्षक बा पढाउन पहाड उक्लिएका थिए।

स्कुलमा बालाई कक्षाकोठाबाट निकालेर धान, गहुँ काट्न लगाइन्थ्यो। मानसिक यातना दिलाइन्थ्यो। ‘बाको पेन्सन हुन ४ वर्ष बाँकी थियो। यातना सहन नसकेर जागिर छाड्नुभयो। त्योभित्रको असर पनि मभित्र नजानिँदो थियो कि!,’ विवेक अनुमान गर्छन्।

त्यतिमात्र हैन, युद्धका रापले पोलेका लाखौं मान्छेको भोगाइले पनि आफूलाई युद्ध उपन्यास लेख्न झकझकाएको बताउँछन्, विवेक।

०००

साढे २ वर्षमा ‘ऐँठन’को पहिलो ड्राफ्ट सकियो। लेखनको दोब्बर सकस त्यसपछि सुरु भयो। दर्जनौं पटक पुनर्लेखन गरे 

कतिपय क्षण यस्ता थिए, ल्यापटपको अगाडि बसेर घण्टौँसम्म घोत्लिँदा पनि एक अक्षर लेख्न सकिन्न थियो। त्यो सकसलाई उनी शब्दले भन्न सक्दैनन्। तर, कुनै बेला सिन र डाइलग सपनामा पनि आए। त्यतिबेला बिहान २ बजे उठेर लेखे। 

लेखिमात्र रहनु सहज कुरा हैन। जीवनयानका कुरा महत्त्वपूर्ण हुन जान्छ। तर, परिवारले उनको लेखन हुटहुटीमा थप उत्साह दियो।

आफन्तहरूले सोध्थे, ‘के गर्छौ?’

भन्थे, ‘लेख्ने काम गर्छु।’

फेरि प्रतिप्रश्न गर्थे, ‘लेख्नेबाहेक अरु?’

त्यसको जवाफ दिनु साटो विवेक कमै भेटघाटमा निस्कन्थे। ‘ती कुराहरूलाई नजरअन्दाज गरेर म लेखिमात्र रहेँ,’ विवेक भन्छन्।

विवेक सायद अब यही परिणाको पर्खाइमा छन्।

००० 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
कविता : शोकमा गाईजात्रा छैन आज गाईजात्रा छैन, किन? शनिबार, भदौ १३, २०८३
‘बीपी र विद्रोहका ती दिन’ मार्फत धर्म गौतमले सुनाए राजनीतिक यात्राका अनुभव काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच नेपाली कांग्रेसका नेता धर्म गौतमको राजनीतिक संस्मरण ‘बीपी र विद्रोहका ती दिन’ लोकार्पण गरिएक... मंगलबार, भदौ २, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति नियुक्तिको विषय विवादित बनेको छ। प्रतिष्ठानको कुलपतिमा सरकारले विवादित साहित्यकार कुमार नगरकोटीलाई... शुक्रबार, साउन २९, २०८३
ताजा समाचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? शनिबार, भदौ १३, २०८३
सुरङमा फसेकाहरुको उद्धार प्रयास जारी, चिनियाँ विज्ञ टोलीदेखि पर्वतारोहीसम्म परिचालित शनिबार, भदौ १३, २०८३
त्रिशुली–३ 'ए' मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास शनिबार, भदौ १३, २०८३
त्रिशूली–३ ए सुरुङभित्रको उद्धार :  गृहमन्त्री भन्छन्– हामी सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएका छौं शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्