• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

‘ऐँठन’सँग विवेकका पाँच वर्ष

64x64
समर्पण श्री शनिबार, चैत ११, २०७९  ०७:१८
1140x725

पाँच वर्षमा के–के बदलिँदा रहेछन्?

लामो समयको लेखन साधनाबाट बाहिर निस्किएपछि विवेक ओझाले वरपर नियाले।

उपन्यास सुरु गर्दा पहिलो पटक विदेश गएका साथीले फर्किएर घर मात्र ठडाएनन्। पुनः दोस्रो उडान पनि भरिसकेछन्।

कोही साथीले व्यवसाय गरेर अलग्गै ब्राण्ड स्थापित गरिसकेछन्। 

‘धेरै कुरा बदलिसकेछन्। आफू भने एउटै उपन्यासमा लागियो,’ ‘ऐँठन’ले थिचेको कुरा विवेकले हाँसो– हाँसोमै सुनाए।

उसो त उनी यतिबेला पाँच वर्षपछि ढुक्कको श्वास फेरिरहेछन्। ठूलो भारी बिसाएर फेरिने सन्चो श्वासजस्तो। यसअघिसम्म उनको श्वास ‘ऐँठन’मा अल्झिएको थियो।

द्वन्द्वपीडितहरूको ऐँठन, जो अझै पनि टाउकोमा गोलीका छर्रा बोकेर हिँडिरहेका छन्। ‘जनयुद्ध’मा आफ्ना गुमाएकाहरूको ऐँठन, जो अझै पनि आँसुका कर्णाली काठमाडौंको माइतीघरमा बगाइरहेका छन्। 

विवेकलाई सधैंभरि लागिरह्यो, ‘मभित्रको सचेतताले प्रश्न उठाउनुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यसकारण उनी ‘जनयुद्ध’लाई क्यानभास बनाएर उपन्यास लेखिरहेका थिए–‘ऐँठन’। 

शनिबारबाट पुस्तक पाठकका हातमा पर्नेछ, समीक्षा पाउनेछ। पढेपछि कसैले युद्धविरोधी भन्लान्, कसैले मानवतावादी दृष्टिकोणले लेखिएको कथा!

‘मलाई भने आफ्नो कुरा भन्नु थियो। बाँकी पाठकले केलाउनेछन्,’ विवेक भन्छन्।

लेखकको लेखन साधना र तपस्याबारे जान्ने उत्सुकताले अनामनगरको एक क्याफेमा विवेकसँगको भेट जुरायो। भेटमा उनले  ‘ऐँठन’ यात्राबारे रोचक सिलसिला सुनाए।  

Xtrem

Xtrem

०००

लेखकको ‘ऐँठन’ यात्राको प्रारम्भ २०७० सालबाटै हुन्छ। त्यतिबेला विवेकका हातमा कथा संग्रहका पाण्डुलिपि तयार थिए। तर, उनले कथासंग्रहलाई थन्क्याए। बरु ०७२ पछाडि लेखे– ‘ऐलानी।’

वादी महिलाको कथामाथि लेखिएको उपन्यासले चर्चासँगै विवादको पनि सामना गर्न पुग्यो। ‘ऐलानी’ प्रकाशित भएसँगै विवेकले सोचेका थिए, ‘अब दोस्रो पुस्तक निकाल्छु।’

थन्किएका कथाहरू थिए। तिनलाई सम्पादन गर्ने क्रममा उनी पाँचौ कथामा अडिए। त्यो युद्धमाथि लेखिएको स्वैरकाल्पनिक कथा थियो। कथामाथि उनको मोह जाग्यो। विवेकले त्यसलाई उपन्यासको आकारमा कल्पना गरे। त्यसपछि निर्क्योल, ‘कथा हैन, यसमाथि उपन्यास लेख्छु।’

उपन्यास लेख्नु सहज थिएन। त्यसका लागि थुप्रै घटना चाहिन्थे। अध्ययन र अनुसन्धान चाहिन्थे। पुनः कथालाई थन्क्याएर उनी आफ्नो गाउँ टीकापुर गए। घर जाँदा मष्तिष्कमा उपन्यासको धमिलो स्केच थियो। गाउँमा विवेकका एकजना साथी ठेक्कापट्टाका काम गर्थे। ती साथी कामकै सिलसिलामा ट्रकमा दार्चुला जाँदै थिए। उनी साथीसँगै ट्रक चढेर दार्चुला हानिए। त्यसपछि अछाम।

०५८ साल फागुनमा मंगलसेनको भिडन्तमा थुप्रै प्रहरीको मृत्यु भएको थियो। विवेकले तत्कालीन घटनास्थलमै पुगेर अध्ययन गरे। त्यो घटनामा मारिएकामध्ये एकजना उनकै गाउँका मानिस पनि थिए।

‘सानो छँदा अछामबाट टीकापुर ल्याइएको शव मलाई अझै याद छ। गालाको हड्डी बाहिर देखिएको थियो। परिवारले शव छुट्याउन पनि सकेका थिएनन्,’ उनी सम्झन्छन्।

त्यहाँको अध्ययन सकेर उनी सुर्खेतको सिमाना पुगे। त्यहाँ एकजना साथी नापी विभागका कर्मचारी थिए। कामको सिलसिलामा साथी जहाँ–जहाँ जान्थे, विवेक त्यहीँ–त्यहीँ पुग्थे। यसरी घुम्दै घुम्दै दाङ पुगे विवेक। जब दाङको शान्तिनगर भन्ने ठाउँ गए, आँखा अडियो।

‘नाम शान्तिनगर भए पनि, अशान्त कथाहरू छन्। बिम्बात्मक रुपमा रमाइलो लाग्यो ठाउँ। लोकेसेन यहीँको सेट गर्ने निर्णय गरेँ,’ विवेक भन्छन्।

यसरी घुम्ने क्रममा उनले विविध पात्र भेटेका थिए। एउटा डाँडामा उकालो चढ्दै गर्दा विवेकले सेनाका रिटायर्ड अधिकारी भेट्टाए। ढुंगामा अडेस लागेर गफिँदै गर्दा रिटायर्ड सैनिकले हास्यास्पद कुरा सुनाए, ‘माओवादीले युद्ध जित्नुको कारण त्यहाँ विषकन्या पठाएको थियो।’

यसरी युद्धमाथि सिर्जना गरिएका मिथक पनि उनका लेखनका खुराक थिए। पूर्व–छापामार, पूर्व–सैनिक र युद्ध भोगका आममान्छेसँग भेटेपछि लेखन सामग्री बटुलेर उनी काठमाडौं फिरे। त्यसपछि बाँकी अध्ययन गरे। युद्धमाथि लेखिएका आख्यान र गैर–आख्यान पढे। युद्धका प्रवृत्ति केलाए। अनि बल्ल लेख्न सुरु गरे।

०००

‘युद्धकै कथा किन पछ्याए त विवेकले?’

अवचेतन मनमा जकडिएर बसेका केही घटना छन्, जुन अहिले पनि सम्झिरहन्छन् विवेक। आँखै अगाडि युद्ध नदेखे पनि कानले गोलीका भयानक आवाज बाल्यकालमा सुनेका छन्।

‘टीकापुरमा सत्तापक्षको मान्छे आउँदैछ भने माओवादी फेक फायर गर्थे। रातभर गोली चलिरहन्थे। माथि हेलिकोप्टर घुमिराख्थ्यो। हामी खाटमुनि लुक्थ्यौँ,’ उनी सम्झन्छन्। 

बाले भोगेका दुःख पनि विवेकका सम्झनामा मडारिइरहन्छन्। उनका शिक्षक बा पढाउन पहाड उक्लिएका थिए।

स्कुलमा बालाई कक्षाकोठाबाट निकालेर धान, गहुँ काट्न लगाइन्थ्यो। मानसिक यातना दिलाइन्थ्यो। ‘बाको पेन्सन हुन ४ वर्ष बाँकी थियो। यातना सहन नसकेर जागिर छाड्नुभयो। त्योभित्रको असर पनि मभित्र नजानिँदो थियो कि!,’ विवेक अनुमान गर्छन्।

त्यतिमात्र हैन, युद्धका रापले पोलेका लाखौं मान्छेको भोगाइले पनि आफूलाई युद्ध उपन्यास लेख्न झकझकाएको बताउँछन्, विवेक।

०००

साढे २ वर्षमा ‘ऐँठन’को पहिलो ड्राफ्ट सकियो। लेखनको दोब्बर सकस त्यसपछि सुरु भयो। दर्जनौं पटक पुनर्लेखन गरे 

कतिपय क्षण यस्ता थिए, ल्यापटपको अगाडि बसेर घण्टौँसम्म घोत्लिँदा पनि एक अक्षर लेख्न सकिन्न थियो। त्यो सकसलाई उनी शब्दले भन्न सक्दैनन्। तर, कुनै बेला सिन र डाइलग सपनामा पनि आए। त्यतिबेला बिहान २ बजे उठेर लेखे। 

लेखिमात्र रहनु सहज कुरा हैन। जीवनयानका कुरा महत्त्वपूर्ण हुन जान्छ। तर, परिवारले उनको लेखन हुटहुटीमा थप उत्साह दियो।

आफन्तहरूले सोध्थे, ‘के गर्छौ?’

भन्थे, ‘लेख्ने काम गर्छु।’

फेरि प्रतिप्रश्न गर्थे, ‘लेख्नेबाहेक अरु?’

त्यसको जवाफ दिनु साटो विवेक कमै भेटघाटमा निस्कन्थे। ‘ती कुराहरूलाई नजरअन्दाज गरेर म लेखिमात्र रहेँ,’ विवेक भन्छन्।

विवेक सायद अब यही परिणाको पर्खाइमा छन्।

००० 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  ०७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्