मुम्बई- भारतीय अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएपछि सुरक्षा बढाइएको छ। यसका साथै ग्याङस्टार लरेन्स बिस्नोई र गोल्डी बरारका साथै एक अन्यबिरुद्ध एफआइआर दर्ज गरिएको छ।
समाचार एजेन्सी पीटीआईका अनुसार इमेल हिन्दीमा लेखिएको छ। त्यहाँ भनिएको छ, 'गोल्डी भाइ (गोल्डी बरार) सलमान खानसँग आमने-सामने बसेर कुराकानी गर्न चाहनुहुन्छ।'
प्रहरी अधिकारीको भनाइ उद्घृत गर्दै पीटीआईले लेखेको छ, 'लरेन्स बिस्नोई र गोल्डी बरारको अलवा रोहित नामको व्यक्तिविरुद्ध पनि एफआइआर दर्ता गरिएको छ।'
पञ्जावको बठिन्ठा जेलमा बन्द लरेन्स र गोल्डी पञ्जावी गायक सिद्धु मुसेवालाको हत्याका अभियुक्त हुन्।
म्यासेजमा लेखिएको थियो, 'बिस्नोईको अन्तर्वार्ता हेर्यौ होला। यदि देखेका छैनौ भने हेर्नुपर्छ। यदि यो मामला टुंग्याउन चाहन्छौ भने गोल्डी भाइसँग आमने-सामने बसेर कुरा गर्नुपर्छ।'
अहिलेसम्म समय रहेको बताउँदै अर्कोचोटी झट्का देखिने लेखिएको छ। उक्त धम्कीसँगै सलमानको सुरक्षा बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।