काठमाडौं– चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन्।
शनिबार काठमाडौंमा सम्पन्न संघको १९औं महाधिवेशनमा निरौला विजयी भएका हुन्। निकटतम् प्रतिद्वन्द्वि रेजिना उप्रेतीले २०६ मत प्राप्त गर्दा निरौलाले २ सय ३५ मत प्राप्त गरे।
त्यसैगरी उपाध्यक्षमा कविता गेलाल, शिवहरि र महासचिवमा सबिन श्रेष्ठ निर्वाचित भएका छन्।
सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल निर्वाचित भएका छन् भने सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भइन्।
सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, खुश्बु खड्का, सरिता राजोपाध्याय, रोशन श्रेष्ठ, पुकार भट्टराई र समीर लामा निर्वाचित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।