अन्न बोकेका जहाजहरु, ब्ल्याक सागरमा (फाइल तस्बिर/आईस्टक)
युक्रेन– आपसमा युद्धरत रुस र युक्रनेबीच अनाज सम्झौता नवीकरण भएको छ। संयुक्त राष्ट्र संघको मध्यस्ततामा उक्त सम्झौता नवीकरण भएको हो।
उक्त सम्झौता कति समयका लागि हो भन्ने अझै यकिन भएको छैन। युक्रेनले कम्तीमा १२० दिन उक्त सम्झौता लागु हुनुपर्ने बताएको छ। रुसले भने ६० दिनसम्मका लागि रहेको जनाएको छ।
रुसले पश्चिमा देशरुहरुले उक्त सम्झौताको म्याद बढाउन चाहने हो भने आफूमाथि लगाएको प्रतिबन्ध हटाउनुपर्ने बताएको छ।
शनिबार टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले अनाज सम्झौता सकिनुअघि नै यसलाई अघि बढाइने घोषणा गरेका थिए।
उनले भनेका थिए, ‘विश्व खाद्य आपूर्तिका लागि यो सम्झौता महत्त्वपूर्ण हो। मलाई लाग्छ- संयुक्त राष्ट्र संघले त कोसिस गरिरहेको छ। युक्रेन र रुसले पनि कुनै कसर बाँकी छाडेका छैनन्।’
गत वर्ष टर्कीकै मध्यस्ततामा यी दुई देशबीच अनाज सम्झौता भएको थियो। यही सम्झौताले गर्दा युक्रेनमा फसेको हजारौं मेट्रिक टन गहुँ, खाद्यवस्तु र अन्य सामान कालासागरबाट अन्य देशसम्म पुगेको थियो। युक्रन संसारकै धेरै खाद्य उत्पादन गर्ने देशहरुमा पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।