काठमाडौं– युद्धकै बीच रुस र युक्रेनबीच एउटा 'मिरर' सम्झौता भएको छ, जसअनुसार युक्रेनको काला सागर (ब्ल्याक सागर) हुँदै खाद्यान्न निर्यात हुन सक्नेछ।
यो सम्झौतापछि युद्धका बीच युक्रेनमा थन्किएको लाखौं टन खाद्यान्न निर्यात गर्न सकिनेछ।
सम्झौतालाई लिएर टर्कीले सबैभन्दा पहिले खुसी व्यक्त गरेको छ। टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआन यो सम्झौता दुई देशबीचको जारी युद्ध अन्त गर्नेमा यो सम्झौताले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा व्यक्त गरेका छन्।
गत फेब्रुअर २४ मा रुसले युक्रेनमाथि हमला गरेपछि धेरै देशमा खाद्यान्न संकट निम्तिरहेको छ। बढ्दो खाद्यान्न संकटलाई सम्बोधन गर्नेगरी दुई देश युद्धकै बीच सम्झौता गर्न तयार भएका हुन्।
रुसी र युक्रेनका अधिकारीहरुबीच टर्कीमा भएको यो सम्झौताअनुसार अब खाद्यान्नको ढुवानीमा रुसले कुनै वाधा पुर्याउने छैन।
यो सम्झौता अहिलेको लागि ४ महिनासम्म लागू हुनेछ। यसका लागि समन्वय र निगरानीको काम टर्कीको सहर इस्तानबुलमा गरिनेछ। यहाँ संयुक्त राष्ट्रसंघ, टर्की, रुस र युक्रेनका अधिकारीहरु काम गर्नेछन्।
सम्झौताअनुसार समुद्रको बाटोबाट खाद्यान्न ढुवानी गर्ने मालवाहक जहाजमाथि रुसले आक्रमण गर्ने छैन। रुसले ती बन्दरगाहमा पनि आक्रमण गर्नेछैन, जहाँबाट खाद्यान्नको सप्लाइ गरिनेछ।
यदि दुवै पक्षबीच थप समझदारी जुटेमा यो सम्झौता अझै अगाडि बढ्ने छ।
रुसले युक्रेनमाथि आक्रमण गरेयता विश्वका धेरै देशमा गहुँ र गहुँबाट बन्ने खाद्य पदार्थको संकट निम्तिएको थियो। यस्तै, खाने पकाउने तेलको पनि मूल्य बढेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।