काठमाडौं– प्रहरीको कमजोर कमाण्डका कारण बालाजुमा प्रहरीकै गाडीमाथि आगजनी र तोडफोडको भएको भन्दै प्रहरी वृत्त बालाजुका तत्कालीन डीएसपी रविन बिष्टमाथि कारबाही गरिएको छ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार डीएसपी बिष्टलाई तीन वर्षसम्म बढुवा रोक्का गरिएको हो।
‘डीएसपी बिष्टको गम्भीर कमजोरी भएको पाइएपछि तीन वर्षका लागि बढुवा रोक्का गरिएको छ’, हेडक्वार्टर स्रोतले नेपाल लाइभसँग भन्यो।
गत फागनु १ गते यातायात मजदुरले गरेको आन्दोलनको क्रममा प्रहरीकै भ्यानमाथि आगजनी भएको थियो। त्यसपछि डीएसपी बिष्टलाई जिम्मेवार मुक्त गरिएको थियो।
उक्त घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँको संयोजकत्ववमा ५ सदस्यीय समिति गठन गरेको थियो।
उक्त समितिले कारबाही गर्न सिफारिस गरेको थियो। सोही अनुसार डीएसपी बिष्टको तीन वर्षसम्म बढुवा रोक्का गरिएको हो।
सम्बन्धित समाचार :
बालाजु घटना: वृत्त प्रमुख डीएसपी विष्टको जिम्मेवारी खोसियो
बालाजु घटना: डीसपीद्वय विष्ट र बमलाई विभागीय कारबाही गर्न सिफारिस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।