डीएसपी विष्ट
काठमाडौं– बालाजुमा सोमबार यातायात मजदुरले प्रहरीको गाडी नै जलाएको घटनापछि प्रहरी वृत्त बालाजुका प्रमुखको जिम्मेवारी खोसिएको छ। वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन बिष्टको जिम्मेवारी खोसिएको हो।
बिष्टलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी सिताराम रिजालले जानकारी दिए। विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ।
ट्राफिक नियम लगायत १० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका मजदुरहरुले सोमबार बालाजुको माछापोखरीमा प्रहरीका दुई वटा गाडी नै जलाएका थिए। दुई वटा गाडी जलाएपछि कमाण्ड कमजोर भएको भन्दै उनको जिम्मेवारी खोसिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।