• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

मल उपलब्ध गराउन नसक्ने सरकारले अनुदान कटौती गर्दा किसान थप मारमा

64x64
ईश्वर बराल बिहीबार, चैत २, २०७९  ०८:३१
1140x725

काठमाडौं– किसानलाई समयमै आवश्यक मल उपलब्ध गराउन नसक्ने सरकारले रासायनिक मलमा दिँदै आएको अनुदानसमेत कटौती गरेपछि किसान थप मारमा पर्ने भएका छन्।

सरकारले एकातिर चालु आर्थिक वर्षभित्र आवश्यक पर्ने मलको सुनिश्चिता गर्न गर्न सकेको छैन भने अर्कोतिर अनुदानमा कटौती गरेपछि मूल्य थप आकासिने र कालोबजारी बढ्नेमा किसान चिन्तित छन्।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको फागुन २६ को मन्त्रिस्तरीय निर्णयानुसार रासयानिक मलमा दिँदै आएको अनुदान घटाउने निर्णय गरेको हो। उक्त मन्त्रालयको जिम्मेवारीमा स्वयम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्। प्रधानमन्त्री प्रचण्डकै निर्णयानुसार किसानलाई भार थप्दै राज्यको दायित्वबाट पछि हट्ने काम भएको हो।

यसअघि रासायनिक मलमा समग्रमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको सरकारले त्यसमा कटौती गर्दै समग्रमा ५९.०४ प्रतिशतमा कायम राखेको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेल मलमा दिँदै आएको अनुदानलाई ५० प्रतिशतसम्म झार्ने लक्ष्य रहेको बताउँछन्। त्यसले मूल्य थप आकासिन जान्छ।

मलमा मूल्य बढाएपछि किसानले युरियालाई २५ रुपैयाँ प्रतिकेजी, डीएपीलाई ५० रुपैयाँ प्रतिकेजी र पोटासलाई ४० रुपैयाँ प्रति केजी तिर्नुपर्ने हुन्छ। त्यसअघि किसानले युरियाका लागि १४ रुपैयाँ प्रतिकेजी, डीएपीका लागि ४३ रुपैयाँ प्रत केजी र पोटासका लागि ३१ रुपैयाँ प्रतिकेजी तिर्दै आएका थिए।

सरकार भन्छः अनुदानको मल सस्तो भएर कालो बजारी बढ्यो
यसअघि मलमा दिइँदै आएको अनुदानले मल आयातमा आवश्यकता अनुसारको व्यवस्थापन हुन नसकेको र अनुदानको मल सस्तो भएर कालोबजारी भएकाले अनुदान कटौती गर्नु परेको मन्त्रालयले दाबी गरेको छ।

‘यसअघि दिएको अनुदान दरले विनियोजित बजेटबाट आवश्यक परिमाणमा मल आयात व्यवस्थापन हुन सकेन,’ कृषि मन्त्रालयका प्रवक्ता सन्जेल भन्छन्, ‘अनुदानित मल आवश्यकताअनुसार उपलब्ध हुन नसक्दा कृषकहरुले कमशल तथा महँगो मल खरिद गर्नुपर्ने बाध्यता रहेको र अनुदानित मल सस्तो भएकोले कालोबजारी बढेको गुनासोसमेत सम्बोधन गर्न यस निर्णयले मद्दत पुग्नेछ।’

दायित्वबाट पन्छिँदै सरकार
कृषि र किसानमुखी सरकार दाबी गरिरहेको सरकार आफ्नो दायित्वबाट भने पन्छिँदै गएको छ। सरकारको पछिल्लो निर्णयले उत्पादन क्षेत्र र धेरै नागरिक आश्रित यो कृषि क्षेत्रमा सरकारले बहन गर्नुपर्ने दायित्वलाई कम गर्दै किसानलाई भार थप्ने काम भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सरकारले अनुदानमा धेरै रकम खर्च गर्नु परेकोले त्यसलाई कटौती गरेको उल्लेख गरेको छ। यस्तै, अन्तर्राष्ट्रिय स्तरमा मूल्यवृद्धि भएकाले मलको लागत धेरै पर्न जाने हुँदा उक्त बहन किसानलाई पनि साझा गर्न सरकारले उक्त निर्णय गरेको प्रवक्ता संजेल बताउँछन्। 

‘अन्तर्राष्ट्रिय स्तरमा रासायनिक मलको मूल्यमा वृद्धि हुनको साथै विनिमय दरमा भएको वृद्धिले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको लागत मूल्य अत्यधिक रुपले बढ्न गएको छ। मलको निरन्तर बढ्दो खरिद लागत, तर न्यून बिक्री मूल्यले गर्दा अनुदान रकममा नेपाल सरकारले धेरै नै बजेट खर्चिनुपर्ने अवस्था आएको छ,’ प्रवक्ता संजेल भन्छन्, ‘नेपाली बजारमा भारतबाट अनौपचारिक रुपमा आयात भएको मलको बिक्री मूल्य, अनुगमनका क्रममा कृषकहरुले दिएको सुझाव र नेपाल सरकारले यस आवमा विनियोजित तथा स्रोत सुनिश्चित गरेको जम्मा बजेटलाई मध्यनजर गर्दै अनुदानमा उपलब्ध गराउने रासायनिक मलको आयात विन्दुको लागि नयाँ मूल्य निर्धारण गरिएको हो।’

चालु आर्थिक वर्षमा पनि मलको अभाव उस्तै रहने 
रासायनिक मलको मुख्य आवश्यकता भनेको धानबाली लगाउने सिजन हो। त्यो भनेको चैत्रको अन्त्यपछि साउन–भाद्रसम्म हो। त्यसका लागि करिब ५ लाख २० हजार मेट्रिक टन आवश्यक पर्छ। हालसम्म जम्मा ३ लाख ३१ हजार ५०० मेट्रिक टन रासायनिक मलको खरिद व्यवस्था भइसकेको र त्यसमध्ये करिब २ लाख ३७ हजार ५०० मेट्रिक टन आयात भइसकेको र बाँकी ९४ हजार मेट्रिक टन आयातको क्रममा रहेको मन्त्रालयले बताएको छ।

आगामी मुख्य सिजनको धानबालीका लागि करिब ९० हजार मेट्रिक टन मल अपुग हुने मन्त्रालयको प्रारम्भिक आंकडा छ। प्रवक्ता संजेल आवश्यक रहेको उक्त मल ल्याउन प्रयासरत रहेको बताउँछन्। 

Xtrem

Xtrem

‘मुख्य बालीको रुपमा रहेको धानका लागि मलको अभाव नहोस् भनि पछिल्लोपटक फागुन १८ मा स्रोत सुनिश्चितता प्राप्त भएको ७ अर्ब ५० करोडबाट थप मल व्यवस्था गर्न मन्त्रालय प्रयासरत रहेको छ,’ प्रवक्ता संजेल बताउँछन्।

स्रोत खोजेर अनुदान बढाउनुमा सरकारले घटायोः पूर्व सचिव पोखरेल
कृषि मन्त्रालयका पूर्व सचिव डा सुरज पोखरेल स्रोत खोजेर अनुदान रकम बढाउनुपर्नेमा सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको बताउँछन्। खरिद प्रक्रियामा झमेला रहेकोले त्यसमा सुधार गरेर किसानहरुलाई थप सहजता बनाउनुपर्नेमा सरकारले त्यसमा ध्यान नपुर्‍याएको पोखेरलको टिप्पणी छ। 

‘मलको खरिद प्रक्रिया एकदमै झन्झटिलो रहेको छ। हामीले पहिला पनि प्रस्ताव गरेको हो कि मल पनि पेट्रोल डिजेल खरिद गरे जस्तै गरौं भनेर त्यसले आपूर्ति सजिलो बनाउँछ। यस्तै, मलमा बजेट नबढाउने तर अनुदानको मात्रा त्यति नै रहनाले किसानले पाउने अनुदानको दर स्थिर रहने वा घट्ने भयो। किनभने अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा वा डलरको भाउ बढ्दा किसानले पाउने अनुदानमा सुधार भएन,’ नेपाल लाइभसँग कुरा गर्दै पोखरेल भन्छन्, ‘अहिले सरकारले जुन लक्ष्य राखेर अनुदानमा कटौती गरेको छ यसले किसानलाई सोझै मारमा पार्छ। कृषि उपजमा लागत ज्यादा, प्राप्ति कम हुन्छ। कृषिलाई व्यवसायीक बनाउन सकिएको छैन यस्तो अवस्थामा मुल्य बढ्दा किसानलाई प्रत्यक्ष असर पर्ने नै भयो। सरकारले अरु स्रोत खोजेर भएपनि अनुदानमामा वृद्धि गर्नुपर्थ्यो।’

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  ०८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्