काठमाडौं- बलिउड अभिनेत्री दीपिका पादुकोण ओस्कर अवार्डमा कार्यक्रम प्रस्तुत गर्ने भएकी छिन्। सोमबार हुने ९५ ओस्करमा उनको नाम समेत कार्यक्रम प्रस्तोताको सूचीमा छ।
उनी हलिउड स्टारहरु रिज अहमेड, इमिली ब्लन्ट, ड्वाने जोनसन, जोइ सलडाना र माइकल बी जोर्डनसँग डब्ली थिएटर लस एन्जेलेसमा स्जेट साझा गर्नेछिन्।
३७ वर्षीया पादुकोणले सन् २०१७ मा ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केजबाट हलिउडमा डेब्यु गरेकी छिन्। यसअघि ओस्करले प्रियंका चोपडाले सन् २०१६ मा यो अवसर दिइसकेको छ।
पादुकोण अहिले बलिउडकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री हुन्। शाहरुख खानसँगै उनले अभिनय गरेको 'पठान'ले बलिउड बक्स अफिसमा हंगामा मच्चाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।