काठमाण्डौं– गायक सुवास खत्री तथा गायिकाद्वय सुनिता बुढा क्षेत्री र समीक्षा अधिकारीको स्वरमा गीत ‘रुँदै हिड्नुपर्छ ’को भिडियो सार्वजनिक भएको छ।
गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ।
गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ। गीतमा विदेशमा सुनौला सपना बोकेर हिँडेका युवाहरूको पीडा र व्यथालाई समेटिएको छ।
विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नवीन धर्ति मगरले गरेका छन्। गीतको भिडियोलाई सुवास खत्रीको अफिसियल युट्युवमार्फत् बजारमा ल्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।