काठमाडौं– आगामी चैत १७ अर्थात ३१ मार्चमा रिलिज हुने फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक भएको छ।
निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरमा फिल्मका प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ।
फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा बनेको हो। ट्रेलरको सुरुवातमा काठमाडौंमा शिवजीको मूर्ति देखाइएको छ।
ट्रेलरमा प्रमुख तीन पात्रबीचको प्रेम र द्वन्द्वलाई प्रष्ट रुपमा देखाइएको छ। ट्रेलरले प्रेममा हुने विश्वास र धोकालाई पनि प्रस्तुत गरेको छ।
ट्रेलर बाघठाटा फिल्म फ्याक्ट्रीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेच्छा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ।
निर्देशक भण्डारीले फिल्मको फस्टलुक सार्वजनिक गर्दा फिल्मले त्रिकोणात्मक प्रेमकथा बोल्ने बताएका थिए। उनको कुरालाई शुक्रबार सार्वजनिक ट्रेलरले थप पुष्टि गरेको छ।
फिल्म ‘प्रेमा’ विवेक घिमिरे र गोविन्द सिंह भण्डारीले निर्माण गरेका हुन्।
सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेल(ध्क्ष्ऋब्)को डीओपी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।