काठमाडौं- यसअघि लोकप्रिय बनेको 'धनगढीको बसमा' गीतका सर्जकले त्यसको तेस्रो श्रृंखला पनि बजार ल्याएका छन्।
गीतमा छुट्टीमा घर आएका श्रीमान र श्रीमतीको कथा प्रस्तु गरिएको छ। भर्खर घर आएकोजस्तो लाग्ने तर छुट्टिने बेला भइसकेको र अब छुट्टिदा कम्तीमा तीन वर्षसम्म भेट्न नपाइने कुरा गीतमा गरिएको छ। जाने बेलामा मुसुक्क हाँसेर बिदा हौं भनिएको छ।
नेत्र अर्यालले लेखेको गीतमा अमृत सापकोटा, समीक्षा अधिकारी, पूजा देवकोटाको स्वर छ। गीतको भिडियोमा गोविन्द भट्टराई, मिस पवि, समीक्षा अधिकारी, कमला घिमिरे र बसन्त न्यौपानेको अभिनय छ। अयज रेग्मीले खिचेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन्।
यसअघि 'धनगढीको बसमा', 'धनगढीको बसमा २: लाहुरे झोलाको' गीत चर्चित बनेका थिए। यी दुवै गीत अर्यालले नै लेखेका थिए। जसमा अृमत र समीक्षाकै आवाज थियो। यी गीत युट्युबमा क्रमश: तीन करोड ४६ लाख र ६२ लाख ५ हजारभन्दा धेरै पटक हेरिएका छन्।
हेर्नुहोस् भिडियो :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।