बान्दा– डाक्टर भगवानको दोस्रो रुप हुन् भनेर हामीले सानैदेखि सुन्दै आइरहेका छौं। तर, कुनै बिरामीलाई डाक्टर आफैले आफ्नो रगत उपलब्ध गराएर ज्यान बचाएको खबर सायदै सुनेका हौंला।
उत्तर प्रदेशको बान्दा जिल्लास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक चिकित्सकले आफ्नै रगत दिएर बिरामीलाई जीवनदान दिएका छन्। हमिरपुर जिल्लाका २८ वर्षीय जितेन्द्र सिंह शिक्षा विभागमा कार्यरत छन्। उनी केही समयदेखि पोलियोजन्य बिरामीले अस्पताल भर्ना भएका थिए।
शनिबार उनको शरीरमा मात्र ५ युनिट रगत बाँकी थियो। जिल्ला चिकित्सालय बान्दाका डाक्टरले अस्पतालमा भर्ती जितेन्द्रको परिवारलाई तत्कालै ‘एबी नेगेटिभ’ समूहको रगतको व्यवस्था गर्न आदेश दिएका थिए। तर, ब्लड बैंकमा मात्र होइन, आफन्तसँग पनि यो समूहको रगत भेटिएन।
यसपछि चिन्तित जितेन्द्रको परिवारको खुसी त्यतिबेला फर्किएको थियो, जब स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नवीन चक आफै ब्लड बैंक पुगे र उनले बिरामीका लागि रगत प्रदान गरे। अहिले विरामीको अवस्थामा सुधार आएको बताइएको छ।एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।