काठमाडौं– विश्वप्रशिद्ध कम्पनी टेस्ला र ट्विटरका मालिक एलन मस्क शुक्रबार पुन: विश्वका धनीमध्येको पहिलो सूचीबाट तल झरेका छन्।
उनलाई पुन: पछाडि पार्दै लुई विटोनका सीईओ तथा फ्रान्सका कारोबारी बर्नार्ड अरनाल्ट विश्वका धनीमध्ये पहिलो नम्बरमा उक्लिएका छन्।
ब्लूमबर्ग बिलेनियर्स इन्डेक्सका अनुसार एलन मस्कको सम्पत्तिमा शुक्रबार बिहानसम्म ७ दशमलव ७१ बिलियन अमेरिकी डलरको कमी देखिएको छ।
यससँगै उनको नेटवर्थमा केही वृद्धि भए पनि शनिबारसम्म १८१ बिलियन डलरसम्म पुगेको छ। यता लक्जरी फेसन ब्रान्डका एलएमभीएचका मालिक बर्नार्ड अरनाल्डको नेटवर्थमा शुक्रबार २ दशमलव २८ बिलियन डलरको वृद्धि भएको पाइएको छ।
फोर्ब्सको रियल टाइम बिलेनियर्सको लिस्टका अनुसार मस्कको किल वेल्थ १९१ दशमलव ४ बिलियन डलर रहेको छ। यता अरनाल्डको कूल नेट वर्थ २१२ दशमलव ८ बिलियन डलरसम्म पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।