काठमाडौं- टीसीएलले फागुन १५ देखि सीमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकहरूलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीको  उचित मूल्याकंनका साथ टीसीएलको एसीसँग साट्न सक्नेछन्।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकहरूले  ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेलमार्फत् आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। 
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ टीसीएल एसी खरिद गर्दा २५ प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ। 
नयाँ टीसीएल एसीहरूमा ५ वर्षको कम्प्रेसर वारेन्टी रहेको छ। नेपालभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।