कर्नाटक– कर्नाटकमा लोकायुक्त पुलिसले भ्रष्टाचार मामलामा भाजपाका एक विधायक के मदाल विरुपकक्षाप्पाको घरमा छापा मारेर पैसा बरामद गरेको छ।
उनको घरबाट हालसम्म १० करोड बरामद भएको बीबीसी हिन्दीले जनाएको छ। विधायकसँगै उनको छोरालाई पनि उक्त अभियोगमा पक्राउ गरिएको छ।
विधायक मदालले कर्नाटक सोप्स एन्ड डिटरजेन्ट लिमिटेडको प्रमुख पदबाट राजीनामा दिएका छन्। यो एक प्रख्यात सरकारी कम्पनी हो। मदालको घर र दफ्तरमा बिहीबारदेखि छापा मारिएको थियो जुन शुक्रबारसम्म चल्यो।
कर्नाटक विधान सभा चुनाव दुई महिनापछि आउँदै छ। यस्तोमा भ्रष्टाचारको मुद्दा सार्वजनिक हुनुले भाजपालाई असर पर्ने देखिएको छ।
कांग्रेसले कर्नाटकमा भाजपाका लागि ४० प्रतिशत कमिशनको सरकार नामको अभियान चलाइरहेको छ। यसको सुरुआत तत्कालीन समयमा भएको थियो, जतिबेला कन्ट्रयाक्टर एशोसिएसनले प्रधानमन्त्रीलाई पत्र लेखेर कमिसन लिएको आरोप लगाएको थियो।
लोकायुक्त प्रहरी अधिकारीले आफ्नो परिचय गोप्य राख्दै चेयरम्यान र उनको छोरा प्रशान्तको घरबाट ६.१० करोड बरामद गरिएको जनाएका छन्।
त्यस्तै, नीजि दफ्तरबाट १.६२ करोड रुपैयाँ बरामद गरिएको छ। यो प्रकरणमा पाँच जना पक्राउ परेका छन्। जसमा प्रशान्त, उनका एकान्टेन्ट र अरु तीन जना पक्राउ परेका छन्। प्रशान्तले ४० लाख रुपैयाँ घुस लिएको सूचनापछि छापा मारिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।