काठमाडौं– रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गरेका छन्। यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो।
‘वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ,’ उनले भनेका छन्।
रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई सहर छोड्नसमेत आह्वान गरेको समाचारमा जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।